
पर्यटक तान्न घरघरमा ुहोम स्टेु सुविधा
सन्तोष थापा÷पर्वत २७ मंसिर
तपाई पाचासे यात्राको तयारीमा हुनुहुन्छ यदि जाँदै हुनुहुन्छ भने गास बास र कपासको चिन्ता नलिनुस् तपाईलाई यिनै सेवासुविधा दिलाउन पाचासे वरपरका बासिन्दाहरु आतुर बनिरहेका छन् । पर्वतको चित्रे र कास्कीको भदौरेका बासिन्दाहरु तपाईको स्वागतका लागि ुहोम स्टेु सुविधासहित तयार रहेका छन् ।
विगतमा यिनै सेवा सुविधा उपलब्धि नभएपछि पाचासेमा पर्यटकको संख्यामा बृद्धि हुन नसकेपछि अहिले प्रभावित क्षेत्रका बासिन्दाहरु पर्यटक आकर्षण गर्ने होडमा लागिपरेका छन् । स्थानीयबासीहरु लागिपरेपछि पर्वत कास्की र स्याङजा गरी तीन जिल्लाको संगममा २५ सय १७ मिटर उचाईमा रहेको पाचासे क्षेत्र ग्रामिण पर्यटनको नमुना बन्न थालेको छ ।
पाचासे र वरपरका गाउँमा ग्रामिण पर्यटनका लागि पुर्बाधारको बिकास गरिएकाले नयँँ गन्तब्य बन्न लागेको हो । पदयात्राका लागि ख्याति कमाएको प्राकृतिक र जैबिक बिबीधताले भरिपुर्ण पाचासे क्षेत्रमा पर्ने पर्वतको आर्थर र चित्रे गाबिस तथा कास्कीको भदौरे गाबिसमा पर्यटकका लागि ुहोमस्टेु सुबिधा शुरु भएको छ ।
पाचासेको विकासमा कि्रयाशिल माछापुच्छ्र्रे विकास संघ र पाचासे धार्मिक एवं पर्यटकीय क्षेत्र विकास समितिको पहलमा स्थानीय गुरुङ्ग समुदायको बाहुल्यता भएका बस्तीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि घरमै बसेर खाने साँस्कृतिक र मौलिक पहिचान झल्कने लोकसंस्कृति देखाउने ब्यबस्थ्ा समेत मिलाईएको छ । पाचासे अवलोकनका लागि आउने पाहुनाहरुलाई हामीले आवश्यकता अनुसारको मनोराजन दिलाएर खुशी पार्ने गरेको पाचासे पशुपालन समुहकी सचिव हितमाया गुरुङले बताइन् ुगुरुङ भाषाका गीत गाएर नाचेर अतिथिको स्वागत गर्छौु गुरुङले भनिन् । उनीहरुले स्थानीयस्तरको परिकार उपलब्ध गराउने उनले बताइन् ।
चित्रेका एक दर्जन भदौरेका दुई दर्जन र आर्थर गाबिसमा त्यति नै संख्यामा घरहरुमा आन्तरिक तथा वाह्य पर्यटकका लागि सुविधायुक्त वातावरण तयार गरिएको छ । पाचासे क्षेत्रको एक गाउँमा बास बसेपछि दिनभर पाचासेको पदयात्रा सकेर साझ अर्को गाउमा पुगेर बिश्राम लिन सक्ने ब्यबस्था मिलाइएको पाचासे क्षेत्र बिकास समितिका अध्यक्ष गोपाल गुरुङ्गले बताए ।
तस्विरः पर्यटकका लागि होमस्टे निर्माण भएका कास्कीको भदौरे देउराली गाउँ ।
No comments:
Post a Comment