Dec 17, 2009

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

पर्वत १ पुस
चितुवाको आक्रमणबाट पर्वतमा एक बालिकाको मृत्यु भएको छ । बुधबार जिल्लाको शंकरपोखरी गाविस ३ सिम्खेतका रामप्रसाद अधिकारीकी १४ बर्षिय छोरी सुनिता अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 
घरको पिढीमा बसिरहेको अवस्थामा साँझ साढे ६ बजेको समयमा चितुवाले सुनितालाई आक्रमण गरी मारेको थियो । सुनिताका काका हरि अधिकारीले उनलाई बचाउन चितुवाको पछि लाग्दा चितुवाले घरबाट दुईसय मिटर तल मारेर छाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालयबाट चितुवा नियन्त्रणमा लिनका लागि हतियार सहितको सुरक्षाकर्मी टोली घटनास्थलतर्फ पठाएको प्रहरी निरिक्षक कमानिसंह खड्काले जानकारी दिए ।
पर्वतको सुदुरउत्तरी गाविस थापाठाना कार्किनेटा शंकरपोखरी खौलालांकुरी मुडिकुवा लगायतका गाविसमा विगत दुई महिनादेखि चितुवाले आतंक फैलाउँदै आएको छ । गत मंसिर ४ गते चितुवाकै आक्रमणबाट कार्कीनेटा ५ का शिवप्रसाद पौडेलका छोरा सुजन पौडेलको मृत्यु भएको थियो । 
गाउँलेहरु त्रसित बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चितुवालाई मार्न आदेश दिएको थियो । केही दिन पहिला पाङ्गराङ्ग गाविसमा वाख्ा्रा खाँदै गरेको अवस्थामा स्थानीयवासी र प्रहरीले घरेलु हतियार प्रयोग गरी एउटा चितुवा मारेका थिए । 

No comments:

Post a Comment