Dec 12, 2009

जिल्ल्ााकै नमुना प्राविमा कम्प्युटर शिक्षा
सन्तोष थापा/ पर्वत २७ मंसिर
स्रोत केन्द्र स्तरीय जुनसुकै प्रतिस्पर्धामा पनि उत्कृष्ठ शैक्षिक सामाग्री प्रदर्शन गरेर नमुना प्रावि बन्न सफल पर्वतको एक प्राथमिक विद्यालयले कम्प्युटर शिक्षा थालनी गरेको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्राविधिक शिक्षा दिने उद्देश्यले चित्रे गाविसको पाचकोशी प्राविमा कम्प्युटर शिक्षा दिन थालिएको हो । 
चन्दा र भैलो खेलेको रकमवाट स्थापना भएको उक्त विद्यालयलॆ विद्यार्थीहरुलाई विगत एक वर्षदेखि कम्प्युटर शिक्षा दिन थालेको हो । विगत २० वर्ष अगाडि स्थापना भएको सो विद्यालय शैक्षिक भौतीक तथा व्यवस्थापनका हिसावले स्रोत केन्द्र अन्तर्गतका २९ विद्यालय मध्ये नमुना मानिएको छ । 
स्थानीय दलवहादुर गुरुङले २ रोपनी जग्गा दिएर शुरु गरिएको सो विद्यालयमा अहिले गाउँका ८२ जना विद्यार्थीले पठन पाठन गर्दै आएका छन् । विद्यालयमा कम्प्युटर शिक्षा सँगै अंग्रेजी माद्याममा पढाई शुरु गरिएको छ । 
विद्यालयले रुम टु रिडको सहयोगमा पुस्तकालयमा पनि स्थापना गरेको छ । पुस्तकालयमा दुई हजार भन्दा वढि विभिन्न विधाका पुस्तकहरु राखिएको र विद्यार्थी तथा स्थानीय अभिभावक युवाहरुले दैनिक अध्ययन गर्ने गरेका छन् । पुस्तकालयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका समेत दैनिकहरुमा आउने गरेको शिक्षक मधुसुदन अधिकारीले जानकारी दिए । 
जिल्ला शिक्षा कार्यालयको सहयोग र स्थानीयवासीहरुको सकि्रयतामा भैलो खेलेर भवन स्थापना गरिएको प्राविमा सुविधायुक्त कक्षाकोठा आरामदायी फर्निचर छुट्टाछुट्टै ट्वाईलेट वाथरुमको सुविधा खेलकुद तथा मनोराजनका सामाग्रीहरु पनि पर्याप्त मात्रामा उपलव्ध रहेका छन् । कम्प्युटर शिक्षा साचालन भएपछि बालबालिकाहरु अन्य खेलकुद तर्फभन्दा कम्प्युटरमा नै समय विताउने गरेको शिक्षक अधिकारीको भनाई छ ुबालबालिकाहरुले खेलकुदको समयलाई कम्प्युटरमा नै खर्चने गरेका छन्ु उनले भने । 
चित्रे १ मा रहेको उक्त विद्यालयको व्यवस्थापनका लागि गाउँबाट विदेशिएका नागरिकहरुले सहयोग गरिरहेका छन् । गाविसका रहेका ३० भन्दा बढी घरधुरी मध्ये प्रत्येक घरबाट एकजना बाह्य मुलुकमा रोजगारीका लागि गएको र उनीहरुको सहयोगले थप व्यवस्थापनका लागि सहज भएको प्रधानध्यापक शुशीला गुरुङले बताईन् । ुअभिभावकहरुको पर्याप्त सहयोगले नै विद्यालय नमुना बनेको होु उनले भनिन् । 

No comments:

Post a Comment