Dec 27, 2009

बन्द सफल पार्न अर्को जिल्लाका कार्यकर्ता

पर्वत, ११ पुस
राष्ट्रिय जनमोर्चाले आइतबार आयोजना गरेको गण्डकी धौलागिरि बन्द सफल पार्न पर्वतमा अन्य जिल्लाका कार्यकर्ताहरु भित्राएको छ । जिल्लामा कि्रयाशिल कार्यकर्ताहरु कम भएपछि शनिबार देखिनै छिमेकी जिल्ला बाग्लुङबाट कार्यकर्ताहरु भित्राएर बन्द आह्वान गरेको छ । 
आइतबार राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय समितिले संघीयताको विरोध गर्दै शैक्षिक संस्था यातयात बजार र उद्योग कलकारखाना बन्दको आह्वान गरेका छ । विशेष स्रोतका अनुसार बन्दका लागि बाग्लुङ बाट एकदर्जन कार्यकर्ताहरु पर्वत आएको जानकारी प्राप्त भएपनि उता राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बालकृष्ण पौडेलले भने जिल्ला भित्रकै कार्यकर्ताहरु भएको दाबी गर्नुभएको छ । 
राष्ट्रिय जनमोर्चाले तेश्रोचरणको अन्तिम कार्यक्रम अन्तर्गत धौलागिरि गण्डकी बन्दको आह्वान गरेको हो । यसैवीच आन्दोलन सफल पार्न आज साँझ मसाल जुलुस सँगै कुश्माबजार परिक्रममा समेत गरेको छ । जुलुसमा दर्जनौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
राष्ट्रिय जनमोर्चाले विगत देखिनै देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डतालाई कायम गर्न आन्दोलित बन्दै आएको छ । 

No comments:

Post a Comment