पर्वत १६ जेठ
चितवनबाट १३ दिन अघि अपहरणमा परेको भनिएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठ धौलागिरिमा रहेको आशंका गरिएको छ । धौलागिरि अाचलभित्रै रहेको आशंकामा प्रहरीले खोजी अभियान तीब्र पारेको छ ।
बाग्लुङ प्रहरीले एक माओवादी जनसेनालाई आइतबार अनमिन प्रमाणिकरण गरेको हतियार सहित पक्राउ परेपछि झनै आशंका फैलिएको हो । प्रहरीले पर्वत र बाग्लुङको सिमानामा पर्ने मालढुंगामा हतियार सहित सल्यानको लक्ष्मीपुर-७ घर भै पँँचौ डिभीजनमा कार्यरत शेरबहादुर पुन मगरलाई पक्राउ गरेको हो । मगर माओबादी मगरात राज्य समितिका इन्चार्ज हेमन्तप्रकाश ओलीसुर्दशनको अंगरक्षक रहेको जनाइएको छ ।
प्रहरीले पोखरा बागलुङ्ग राजमार्गको प्रबेश क्षेत्रदेखि गाउँ गाउँमा समेत खोजी गरिरहेको छ । पर्वतका जिल्ल्ाा प्रहरी प्रमुख हरिराज वाग्लेले संभाबित स्थानमा प्रहरी परिचालन गरि दिनभर खोजी गरिरहेको जानकारी दिए । पर्वतको बनौ हुँदै लेकफँँट तर्फ लैजाँदै गरेको आशंकामा प्रहरीले दुबै तर्फबाट खोजी गरिरहेकेा छ । लेकफँँटबाट िहंडेको प्रहरी टोली र सदरमुकाम कुस्माबाट गएको प्रहरी टोली बनौ पुगिसेकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसैबीच आइतबार अकस्मात बसेको जिल्ला सुरक्षा समितिको बैठकले पर्वत जिल्लामा भित्रिने तथा बाहिने सवारी चेकजँँच गर्ने भएको छ । चेक जाँचका लागि प्रहरी परिचालन गरिने एक सुरक्षा निकायका प्रतिनिधिले जानकारी दिए ।
उता बाग्लुङ जिल्लामा समेत सोही हल्लाले बजार पिटेको थियो । यता एकीकृत नेकपा माओवादीका पर्वत सेक्रेटरी कृष्ण विकले भने उक्त कुरा भ्रामक भएको जनाएका छन् । डा।श्रेष्ठ आफुहरुको सम्पर्कमा नरहेको बताउदै माओवादीलाई झुट्टा आरोप लगाएको दावी गरे ।
May 30, 2010
May 27, 2010
PARBAT WELFARE SOCIETY BBQ AND GET TOGETHER
Dhan Chhetri
26 May, 2010
फार्नवोरो -:
26 May, 2010
फार्नवोरो -:
पर्वत वेलफेयर सोसाईटी यूकेले विविध सांस्कृतिक विविक्यू र भेटघाट कार्यक्रम सम्पन्नभयो । ओकफर्म कम्युनिटी स्कूल फार्नवोरोमा आयोजना भएको उक्त कार्यक्रममा बेलायतका लागिनेपाली राजदूत डा। सुरेश चन्द्र चालिसे ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ ।कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि र अध्यक्ष रसबहादुर गुरुङ्गले पानसमा बत्ति बालेरगर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अध्यक्ष गोविन्द गुरुङ्गले पर्वत जस्तो सुन्दरमनोरम जिल्लामा जन्म हुनु गर्वको कुरा रहेको बताउनुभएको थियो । उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा पर्वतेली कलाकारहरु रेखा सबिता रोजी सुदेशनाहरुकोनृत्यले सबैलाइ आफ्नो गाँउठाउँमा भएको भान दिएको थियो भने रश्मी पोखरेलको नृत्य र दिपकशिवाकोटीको गीतले माहोललाई झनै मनोरम बनाएको थियो । कार्यक्रममा व्यवस्थापन सचिव धनबहादुर क्षेत्री अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग सल्लाहाकारग्याम गुरुङ्ग सल्लाहाकार एवं एनआरएन यूके उपाध्यक्ष कुल आचार्य तमुधी यू।sे का अध्यक्षसुवास िसंह गुरुङ्ग एन।आर।एन यू।sे का अध्यक्ष सुर्य गुरुङ्ग तथा महामहिम राजदूत डा।सुरेश चन्द्र चालिसे ज्यू ले मन्तव्य दिनुभएको थियो । लन्डन म्याराथुनमा सफल धावक उपाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग संस्थाका सल्लाहाकारहरुविशिष्ट व्यक्तित्व एवं प्रमुख अतिथी राजदूत चालिसेलाई अध्यक्ष रसबहादुर गुरुङ्गलेखादा ओढाई सम्मान गरिएको अध्यक्ष्यता रसबहादुर गरुङ्गले गर्नुभएको थियो भने संचालनसचिव यज्ञ क्षेत्रीले गर्नुभएको थियो ।औपचारिक कार्यक्रम पश्चात् वि।वि।s्यू तथा नाचगानमा सबै पर्वतेली तथा पाहुँनाहरु साँझअबेरसम्म कम्मर मर्काई-मर्काई नाचगान गरी रमाईलो गर्दै मनोराजन लिएका थिए
May 26, 2010
छ सय बर्ष पछि कुलपुजा
पर्वत ११ जेठ
दाजुभाई भेट हुन पनि कति समय लाग्छ दश या बीस बर्ष । तर पर्वतको सदरमुकाम कुस्माबजारमा बसोबास गर्ने नेवार समुदायले आज ६ सय बर्ष पछि सामुहिक कुल पुजा गरेका छन् ।
नेवार समुह मान गोत्र कौवा खलकका दाजुभाईहरुले पुर्खा खोज्ने क्रममा अहिले मात्रै कुल भेटेकाले सामुहिक कुल पुजा गरेका हुन् ।
उनीहरुको पुख्यौली काभ्रेको बनेपा रहेकाले अहिले सम्म भेट भएको थिएन । बनेपाबाट बागलुङ्गको कुईदाङ्ग हुँदै कुस्मा आएको सो समुदायका सदस्यहरु कुस्मा पछि अन्यत्र फैलिएका प्रमाण फेला परेको कुलपुजा आयोजक समितिका संयोजक गोबिन्द श्रेष्ठले जानकारी दिनुभयो ।
पुजामा काठमाण्डौ फलेबास बागलुङ्ग नारायणगढ सम्मका ४ सय आफन्तहरु भेला भै पुजा गरेको प्रचार संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो । पुजामा बाजागाजा र र् याली समेत आयोजना गरिएको थियो । उनीहरुले कुल मन्दिर समेत निर्माण गरेका छन । सो अबसरमा कुल खोज्न सहयोग गर्ने शिबालय -५ का शिब श्रेष्ठ र शिबालय -६ का शिबकुमार श्रेष्ठ तथा जग्गादाता नैनाकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
७० बर्षिय ठगप्रसादको बलात्कार प्रयास विफल
पर्वत, ११ जेठ
बलात्कार प्रयासमा परेकी यहाकी एक युवती समाजबाट न्याय नपाएपछि मानसिक तनाबमा परेकी छन । समाज नै पिडकको संरक्षण र प्रहरी प्रशासन समक्ष गए ज्यानै लिने धम्की आएपछि पर्वतको बालाकोट ६ निगाली घर भएकी साबित्रि अधिकारी तनाबमा परेकी हुन । भोर्ले-२ स्थित माइतघरमा बृद्ध आमा मात्रै भएका कारण परिवारसंगै माइतघरमा बस्दै आएकी उनलाई श्रीमानको फोन आएको बहानामा स्थानीय ठगप्रसाद सापकोटाले आफ्नो घरमा बोलाएर गत जेठ ५ गते बलात्कार प्रयास गरेका थिए ।
गुहार माग्दै सापकोटालाई घरभित्रको भुईमा लडाएर बलात्कारबाट बचेकी उनले समाजबाट न्याय नपाएपछि र पटक पटक प्रहरीमा गए ज्यान लिने धम्कीपछि आफु मानसिक तनाबमा परेको बताइन । ुसमाजले घटनालाई गाउमै मिलाउनुपर्छ भनेपछि मैले प्रहरी प्रशासनमा उजुरी नदिने निष्कर्षमा पुगे तर आज मंगलबार ६ दिन बितिसक्दा पनि मलाई समाजले न्याय दिएनु अधिकारीले रुदै मंगलबार टेलीफोनबाट भनिन्-ुउसठगप्रसादलाई उल्टै गाउँबाट भगाउने काम भयो । प्रहरी प्रशासनमा उजुरी दिए ज्यान मार्ने धम्की आउन थालेका छन ।ु
उनले समाजले अन्याय गरेपछि आफु समाजमा बसेर बाच्न सक्ने अवस्था नभएको पनि बताइन । ुपिडकलाई संरक्षण र पीडितलाई अन्याय गर्ने समाजमा म कसरी बाच्नेु उनले प्रश्न गर्दै भनिन् । घटनालाई पाच दिनभित्र गाउमै मिलाउने जिम्मा स्थानीय जनकल्याण आमा समुहले लिएपनि ६ दिन बित्न लाग्दापनि बेवास्ता गर्नुका साथै तनाब गराउने काम गरेको उनको भनाई थियो ।
ुठगप्रसादले आफ्नो घरमा थुनिसकेपछि जसरी पनि इज्जत लुटीसक्यो त्यसैले त उसकै घरमा जानुपर्छ भनेर दैनिक जसो मलाई मानसिक तनाब गराउने काम समाजले गराएको छु उनले भनिन्-ुम आमा श्रीमान दुई÷दुई वटा श्रीमान छाडेर ७० बर्षको दुई÷दुई वटा श्रीमति भएको बृद्धसंग कसरी जाने ु उनले धम्की र समाजले गरेको अन्यायले बौलाउने अवस्थामा पुगेको भन्दै सदरमुकाममा रहेका साचारकर्मीलाई टेलीफोन गरेर साचारमाध्यममार्फत न्याय दिलाइन र आफ्नो सुरक्षाको माग गरेकी छन ।

May 24, 2010
तीन घण्टाकी सुत्केरी परिक्षाहलमा
पर्वत १० जेठ
पर्वतको दुर्लुङ्ग गाविस १ की सरस्वती शर्माले वच्चा जन्मेको तीन घण्टापछि कक्षा १२ को परिक्षामा सम्मिलित भएकी छिन् । पर्वतको सदरमुकाममा साचालित गुप्तेश्वर बहुमुखी क्याम्पस परिक्षा केन्द्रमा शैक्षणिक मुल्यांकन विषयको परिक्षामा उनी सहभागी भएकी हुन् ।
उनले सोमबार विहान ४ बजे जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा शिशुलाई जन्म दिएकी थिइन् । सुत्केरी शर्मा तथा नबजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको जिल्ला अस्पताल पर्वत्ाले जनाएको छ । शिशु अस्पतालमा नै राखेर शर्मालाई छुट्टै स्थानमा राखेर परिक्षामा सहभागी गराइएको थियो ।

May 22, 2010
जनता झुक्याउन निजी अस्पतालमा युनिटीको बोर्ड
पर्वत
युनिटी लाइफ इन्टरनेशनलका साचालकहरुले पर्वतको निजी अस्पतालमा शेयर किन्ने आश्वासन दिएर नाम परिर्वतन गराएर सहयोग नगरेको खुलासा भएको छ ।
दक्षिण पर्वतको हुवास स्थिति युनिटी लाइफ हस्पिटल ब्यक्तिको निजी अस्पताल भएपनि नाम मात्रै युनिटीको राखिएको त्यसका साचालकहरुले खुलासा गरेका छन । युनिटी साचालकहरुले पर्वतमा पनि अस्पताल रहेको प्रचार गर्दै आएपनि अहिले सम्म एक रुपैया पनि सहयोग नगरेर आफुँलाई ठगी गरेको प्रबन्ध निर्देशक सुनिल बस्यालले बताउनुभयो ।
प्रबन्ध निर्देशक बस्यालका अनुसार उनीहरुले तीन बर्ष पहिले देखि साचालमा आएको पैायुकालिका जनस्वास्थ्य अस्पतालको ५० प्रतिशत शेयर किन्ने आश्वासनमा नाम परिर्वतन गरिएपनि रकम सहयोग गरेका छैन । युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्री स्वयम उपस्थित भएर १५ लाख दिने आश्वासन दिएकाले गएको मंसीर अस्पतालको नाम परिर्वतन गरि युनिटी लाइफ अस्पतालको नाममा बोर्ड परिर्वतन गरिएको थियो । ुहामी सहयोग गर्छौ जनतालाई थाहा दिन बोर्ड परिर्वतन गरिहाल्नुस भनेकाले परिर्वतन गरे ।ु प्रबन्ध निर्देशक बस्यालले भन्नुभयो - ुअहिले युनिटीका नाममा भएकाले बन्द गर्न आदेश आएको छ मैले रकम पाएकै छैन ।ु
पहिले गिरीराज गौतम गोबिन्द ज्ञवाली र सुनिल बस्यालले अस्पताल साचालनमा ल्याएका थिए । गौतमले आफ्नो शेयर फिर्ता गरिसकेको बताउाुनभयो । पछि बन्द हुने अबस्थामा पुगेको अस्पतालमा युनिटीका प्रबन्ध निर्देशक क्षेत्रीको आश्वासनमा नयाँ एक्सरे मेसिन बेर्ड घर र अरु सामाग्री ऋण खोजेर किन्दा १२ लाख खर्च भएपनि अहिले सम्म रकम नदिदा आफुँलाई डुबाएको बस्यालले गुनासो गर्नुभयो । रकम नपाएकाले अस्पतालको स्वामित्व र अभिलेख भने परिर्वतन नगरिएको उहाँले बताउनुभयो । युनिटीका सदस्यहरुलाई निशुल्क उपचार समेत दिएकाले आफुँलाई थप घाटा पुगेको बस्यालले बताउनुभयो । ुबन्द गर्ने मनस्थितिमा रहेका बेला सहयोग गर्ने आश्वासनमा बोर्ड परिर्वतन गरे अहिले मलाई वल्लो घाट न पल्लो तिर बनाए ।ु बस्यालले भन्नुभयो । अहिले युनिटीको अबस्था थाहा पाएपछि ऋण दिनेहरु घरमै माग्न आउन थालेकाले थप समस्या परेको छ ।
जिल्ला प्रशासन कार्यालय कार्यालयले अस्पतालको बिबरण सहित प्रशासनमा उपस्थित हुन प्रहरी मार्फत साचालकलाई खबर पठाएको छ । ुयुनिटीको बोर्ड राखेर अस्पताल चलेकाले त्यसको सम्पति र लगानीबारे जानकारी सहित उपस्थित गराउन प्रहरी मार्फत आदेश गरिसकेका छौ ।ु सहयाक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको आदेश पछि इलाका प्रहरी कार्यालयले साचालक संग बिबरण माग गरिसकेको प्रहरी निरीक्षक कमानिसंह खड्काले जानकारी दिनुभयो । ुअहिले सम्म बोर्ड मात्रै युनिटीको भएको तर स्वामित्व पैयु कालिका अस्पताल प्रालिको नाममा राखिएको देखियो ।ु उहाँले भन्नुभयो । युनिटीको ठगि धन्दाको पर्दाफास भएपछि बिरामी आउन छाडेकाले एक दुई जनालाई कुरेर बस्नुको बिकल्प नरहेको प्रबन्ध निर्देशक बस्यालले बताउनुभयो ।
पानी खोज्न बिद्यार्थी र गाउँले खोला इनार चाहर्दै
पर्वत
लामो समयको खडेरीका कारण मुल सुकेपछि पर्वतको पिपलटारी गाबिस थुम गाउँमा पानी खोज्न स्कुले बिद्यार्थी र गाउँलेहरु खोला र इनारमा धाउन बाध्य भएका छन ।
चिन्ने खोलामा रहेको खानेपानी योजनको मुल सुकेपछि स्थानिय जनक माबि बिद्यार्थी र पिपलटारी गाबिसका दुई वडाका एक सय घरधुरीका बासिन्दाहरु एक घण्टा टाढा पानी लिन जान बा ध्य भएका हुन ।
जापानीज जुनियर रेडक्रस सर्कलको सहयोगमा जनक माबि जुनियर रेडक्रस सर्कलले योजना निर्माण गरेको थियो । पिपलटारी गाबिस -५ चिन्नेखोलामा रहेको मुहान सुकेपछि धारामा एक बुँद पनि पानी नआएको गुनासो स्थानियबासीको छ ।
धारामा पानी नै नआएपछि थुमडाडामा रहेको बिद्यालयबाट बिद्यार्थीहरु पानी १५ मिनेट तल झर्दै आएकाले पठनपाठन प्रभाबित भएको छ । गाउँलेहरु ब्याडको डिल भन्ने मुलमा पानी लिन जान थालेको बिद्यालयका प्रधानाध्यापक दिवाकर शर्माले जानकारी दिनुभयो । बोत्तलमा पानी नबोकी आउने बिद्यार्थीहरु झनै समस्यामा पर्न थालेका छन । ुपढाई छाडेर तिर्खा मेट्न बिद्यार्थी गाउँलेका घरमा जाँदा समस्या भएको छ ।ु उहाँले भन्नुभयो । बिद्यालयमा साढे चार सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन ।
योजनाबाट बिद्यालयमा र गाउँमा १५ धारा निर्माण गरिएको थियो । पानीको मुहान माथिबाट अन्य योजनाहरुका लागि पानी लैजादा थप समस्या भएको योजना उपभोक्ता समितिका अध्यक्ष बिष्णु शर्माले जानकारी दिनुभयो । जनश्रमदान सहित ७ लाख ४६ हजारमा योजना निर्माण सम्पन्न भएकेा थियो । अर्को गाउँका लागि बनाइएका दुई वटा इन्टेक त प्रयोगमा नै हुन सकेका छैनन । अहिले गाउँलेले नयाँ पानीकेा स्रोत खोज्नुपर्ने अबस्था आएको छ । ुपानीको अर्को स्रोत नखोज्ने हो भने समस्या ज्युँका त्युँ रहने भयो ।ु अध्यक्ष तिवारीले भन्नुभयो ।
पानीको योजना बनाउने बेला मुलको राम्रो पहिचान गर्न नसकेकाले समस्या भएको जुरेशका पुर्ब अध्यक्ष प्रदिप लामिछानेले बताउनुभयो । ुयोजना छनौट बैज्ञानिक हुन सकेन ।ु उहाँले भन्नुभयो ।
अज्ञात रोगका कारण पशु मर्न थाले
गणेश पौडेल
पर्वतको राम्जा देउराली गाबिसममा अज्ञात रॊगका कारण गाउँमा रहेका गाई भैसी गोरु बाख्रा लगायतका पशुहरु मर्न थालेका छन् । कुनै प्रकारको लक्षण बिना नै पशुहरु तुरुन्तै मर्न थालेपछि गाउँका सबै किसानहरु चिन्तित बनेका छन् । गत दुई बर्ष पछि गाउँमा यस्तो खालको रोगको प्रकोप पुन देखिएको स्थानीयबासीहरु बताउँछन् ।
रोगका कारण बिशेष गरेर गाई भैसीका बाच्छाबाच्छी पाडापडी तथा बाख्राहरु मर्ने गरेका गाउँलेहरुले बताए । गाउँमा यस्तो खालको रोग दुई बर्ष पहिला देखिएको र सो रोगको कारण पाडापाडी र बाख्राहरु सखाप भएका थिए । गाउँमा पुन सोही प्रकारको रोगले बस्तुभाउहरु मर्नथालेपछि पशुबिहिन हुने खतराले गाउँलेहरु थप चिन्तित बनेकाछन् ।
रोगका कारण हालसम्म राम्जा देउराली गाबिस राँपुका पाँचबटा पशु मरि सकेका र रोगको लक्षण अन्य पशुहरुमा पनि देखिएको स्थानीय चिन्तामणी गौतमले जानकारी दिनुभयो । पशुहरु मर्ने क्रम जारी रहेको र जिल्लाबाट रोकथामको लागि कुनै प्रयास नभएको गौतमले बताउनुभयो । पशुहरु मरेपछि पशु सेवाकेन्द्र राम्जाबाट सामान्य कर्मचारी पठाएको र रोग नियन्त्रण गर्न कुनै चासो नदिएको गाउँलेहरुको आरोप छ । गाउँलाई बिशेषक्षेत्र घोषणा गरेर उपचारको उचित व्यवस्था गर्न नसकेमा अन्य गाउँमा पनि रोग फैलिन सक्ने भएकोले तत्काल उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको भएपनि कसैले चासो नदिएको गौतमले बताउनुभयो ।
सामान्य अवस्थामा घाँस खाईराखेका पशुहरु सुरुमा समान्य रुपमा झोक्राउने र् यालिने पछि मर्ने गरेको स्थानीय बिष्णुप्रसाद गौतमले बताउनुभयो । गत दुई बर्ष अगाडी पनि यस्तै रोगले गाउँभरी नै पाडापाडी सकिएका थिए अहिले फेरी यस्तै भयो गौतमले भन्नुभयो-ुहिजो साँझ सामान्य रुपमा घाँस खाएको पाडो भोलीपल्ट मर् यो समयमा उपचार नगर्ने हो भने गाउँमै पशुहरु सकिन्छन् ।ु रोगका कारण स्थानीय बिष्णु प्रसाद गौतमको १ पाडो धनपती गौतमको १ पाडो र १ बाख्रो र खडेश्वरी गौतमको १ बाख्रो मरेको गौतमले बताउनुभयो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख राजेन्द्र बहादुर बस्नेतले भने आँफु जिल्ला बाहिर भएको र रोगको बारेमा जानकारी नआएको बताउनुभयो । रोगको अवस्था बुझ्नको लागि सेवा केन्द्रबाट कर्मचारी खटाउने र नमुना संकलन गरि परिक्षण गर्न पठाएपछि मात्र रोगको बारेमा भन्न सकिने जानकारी दिनुभयो ।
उता जिल्ला पशुसेवा कार्यालय पर्वतमा सम्पर्क गर्दा निमित्त कार्यालय प्रमुख बिष्णु बहादुर पाण्डेले रोगका कारण मरेका र रोगको लक्षण देखिएका पशुहरुको नमुना संकलन गरेर ल्याउन सेवा केन्द्रलाई निर्देशन दिएको बताउनुभयो । पाण्डेका पशुहरुमा फुड पोईजन र पालुवा घाँसको कारण यस्तो समस्या भएको बताउनुभयो ।
May 21, 2010
गजल
सन्तोष थापा
खोले सिस्नु खान पाए यो मन अर्कै हुन्थ्योईश्वरले गरिवलाई चाए यो मन अर्कै हुन्थ्यो ॥
आपतकालिन अवस्थामा भौतारिन्छ यो मन
उनले साथ दिन आए यो मन अर्कै हुन्थ्यो ॥
यो दुनिया महंगीको मारमा सँधै भरी
खोले सिस्नु सँगै खाए यो मन अर्कै हुन्थ्यो ॥
पसिनाको मुल्य जस्तै हामी दुईको माया
अजम्बरी माया लाए यो मन अर्कै हुन्थ्यो ॥
झुपडीविहिन गरिब जस्तै बेसहारा जिन्दगी
विरहको गीत गाए यो मन अर्कै हुन्थ्यो ॥
अपलोडर कुश्मापर्वत डटकम
गजल
कृष्णप्रसाद पोखरेल 'गाजल’
कालो केश कालै भेषमा कति राम्री देखिएकीमर्काइ हिडदा खेरी चेसमा कति राम्री देखिएकी ।
एसो हेर्दा नक्कली छ तर साह्रै राम्री रैछे
हिड्दा मैले देुको लेसमा कति राम्री देखिएकी ॥
भित्री मन कस्तो पोछ कुन्नी थाहा छैन
मैले हेर्दा त्यो फेसमा कति राम्री देखिएकी ।
पापी रैछे निष्ठुरीत पछि मैले थाहा पाएँ
मननै रैन्छ मात्र वेशमा कति राम्री देखिएकी ॥
कालो केश कालै भेषमा कति राम्री देखिएकी
मर्काइ हिडदा खेरी चेसमा कति राम्री देखिएकी ।
चुवा पर्वत हाल युएई
गजल
लक्ष्मीपूजा शर्मा
पर्दैन भो बाँच्न अव ठाडो शिर झुकाएरखहरेको झरनालाई खडेरी झँै सुकाएर
भौतारिँदै चिच्याएर सडकमा पागल बनी
कति दिन बस्ने होर बास्ताविकता लुकाएर
कलकलाउँदा मुनाहरु उखेलेर फ्याँकेपिछ
शान्ति मिलोस् त्यो मनमा यो मुटुलाई दुखाएर
सोच विचार गति कन पाइला चाल्नु सदा सदा
नहिड्नु है जिन्दगीमा आफ्नो इज्जत चुकाएर
सदा तिम्रो जिन्दगीमा हाँसो खुशी छाइरहोस्
पाए हुन्छ जिन्दगीमा तिम्ले दिल फुकाएर
खुर्कोट ६ पर्वत
गीत
शान्तिनारायण श्रेष्ठ
सम्झनाको तिर्खा मेरो कैले मेटिएला
कुवा पानी धमिलो छ सङलो पानी कलको
कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को
झल्को लाग्ने बानीबाट कैले चेतिएला
सम्झनाको तिर्खा मेरो कैले मेटिएला
घाँस दाउरा काट्न जान्थ्यौँ हामी वन पाखा
पाखा भरि गुिाजइन्थ्यो उनकै गीतको भाखा
त्यही भाखा कहाँ पुग्यो होला यतिबेला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला
गुप्तेश्वर गुफाभित्र जोगी बस्यो ध्यान
त्यस्तै ध्यानमा हामी बसे आउँथ्यो कि ज्ञान
ज्ञान आए स्वर्ग जाने बाटो भेटिएला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ॥
हावाहुरीले विद्यालय सँगै दर्जनौं घरका छाना उडायो एक शिक्षक सहित ६ विद्यार्थी घाइते
सन्तोष थापा/पर्वत ६ जेठ
विहिबार दिउँसो बर्षा सँगै चलेको हावाहुरीले पर्वतको भुकदेउराली गाविसको एक विद्यालयसँगै एक दर्जन घरका छाना उडाएको छ । हुरीले भुक देउराली १ सेरावेसीमा अवस्थित नवज्योति माविको छाना उडाउँदा एक शिक्षक सहित ६ विद्यार्थी घाइते भएका छन् ।
दिउँसो करिव ३ बजेको समयमा विद्यालयमा पढाई भइरहेको समयमा हावाहुरी चलेको थियेा । हुरीले विद्यालयको ६ कोठे भवनको टिनको छाना उडाउँदा शिक्षक योगेश्वर तिमिल्सेना सहित ६ विद्यार्थी घाइते भएका हुन् । घाइते विद्यार्थी मध्ये कक्षा ८ मा अध्ययनरत सागर अधिकारी अचेत भई एक घण्टा पछि मात्र होस खुलेको थियो । घाइतेहरु विद्यालयमा नै प्राथमिक उपचार पश्चात् घर फर्केका थिए ।
विद्यालयको छानो उडाउँदा चार लाख बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर केसीले जानकारी दिनुभयो । छानो उडाएपछि शुक्रबारको पढाई स्थगित गरिएको केसीले जानकारी दिनुभयो । शुक्रबार विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक ढाकिएको उहाँले बताउनुभयो ।
सोही गाविसका देवदत्त पौडेलको घरको छाना उडाउँदा करिव ९० मुरी अन्नपात नष्ट भएको शिक्षक केसीले जानकारी दिनुभयो । हावाहुरीका कारण उक्त क्षेत्रका वेतेनी देउपुर डिमुवा कास्कीको सल्यान लगायतका स्थानका एकदर्जन भन्दा बढी घरका छानाहरु उडाएको देउपुरबाट जीवनधर शर्माले जानकारी दिनुभएको छ ।
May 14, 2010
कांग्रेस पर्वतमा कार्यकर्ताको ताला
सन्तोष थापा/ पर्वत ३१ बैशाख
कि्रयाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । क्षेत्र नं। १ का २६ गाविस मध्ये केही गाविसमा फाराम वितरण नगरेको र कुृनैमा कम वितरण गरेको भन्दै क्षेत्र नं। १ का कार्यकर्ताहरुले शुक्रबार तालाबन्दी गरेका हुन् ।
जिल्ला सभापति नवराज गुरुङ र क्षेत्र नं। १ का सभापति लेखबहादुर गुरुङले मातहतका कार्यकर्ताहरुको सहमति विना नै फाराम वितरणमा लापरबाही गरेको भन्दै कार्यकर्ताहरुले सोको विरोधमा तालाबन्दी गरेका थिए ।
दुर्लुङ र देउपुरमा करिव ९० थान आवेदन फाराम उपलब्ध नगराएको राम्जा र शालिजामा माग अनुसारका फारम वितरण नगरेको त्यस्तै सदरमुकाम अवस्थित शिवालयको कि्रयाशिल सदस्यता फाराम नबुझेको जिल्ला सहसभापति लालकाजी गुरुङ बताउनुभयो । ुनविकरण र नयाँ सदस्यताका फाराम नै नबुझि केन्द्रमा बुझाउन लगेु गुरुङले भन्नुभयो ुसहमति विना नै गरेको कार्यलाई केन्द्रले बैधानिकता दियो भने संघर्षमा जानेछौं ।ु
वितरण गरिएका फाराम संकलन गरी क्षेत्रीय समितिको बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था भएपनि जिल्ला सभापति र क्षेत्रीय सभापति सहितको टोलीले विधि र प्रकि्रयाविपरित फाराम पेशका लागि केन्द्रमा लगॆको क्षेत्रीय सहसभापति दुर्गाबहादुर खत्रीले गुनासो गर्नुभयो । सभापति लगायतको समुहले फाराम पेश गर्न केन्द्रीय कार्यालयमा पुगेको जानकारी दिँदै आफुहरुले उक्त फाराम स्वीकृत नगर्न पत्राचार समेत गरिएको खत्रीले बताउनुभयो । ुविधि र प्रकि्रयालाई मिचेर गरेको कार्य अमान्य छ ु खत्रीले भन्नुभयो ुत्यसैले कार्यालयमा तालाबन्दी गरेका हौँकेन्द्रको सुनुवाई नभएमा अरु संघर्षका कार्यक्रम गरिनेछ ।ु
पर्वत कांग्रेसको क्षेत्र नं। १ मा विगतदेखिनै विवाद हुँदै आएपनि क्षेत्र नं। २ मा भने निर्विवाद रुपमा सदस्यता फाराम पेश भइसकेको छ । उता जिल्ला सभापति गुरुङले माग भई आएका गाविसका लागि फाराम माग गरेको बताउनुभयो । सोही कार्यका लागि आफु केन्द्रीय कार्यालय आएको फोन मार्फत जानकारी दिनुभयो । दुर्लुङ गाविसमा भने क्षेत्र नं। २ तर्फ फाराम फेरवदल हुन गएकाले फाराम वितरण हुन नसकेको उहाँले बताउनुभयो । ुहामी फाराम माग गरेर छिट्टै वितरण गर्दै छौंु उहाँले भन्नुभयो ।
चट्याङबाट ८ घाइते
पर्वत ३१ बैशाख
विहिबार दिउँसो पर्वतको छुट्ाछुट्टै स्थानमा परेको चट्याङ्गबाट ८ जना घाइते भएका छन् । दिउँसो करिव ४ बजेतिर परेको चट्याङ्गबाट पर्वतको दुर्लुङ गाविसमा एक बालक सहित ६ घाइते भएका छन् भने देउराली गाविसमा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा क्रमश दुर्लुङ्ग ८ का २ बर्षिय डेनिस विक २२ बर्षिय राधिका विक बर्ष २० कि कल्पना विक ३० बर्षिय पार्वती विक १२ बर्षिय सुर्य विक। र २० बर्षिय विष्णु नेपाली रहेका छन् । घर नजिकैको बारीमा परेको चट्याङ्गको छर्राले घरमा बसिरहेको अवस्थामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
त्यस्तैसाँझ घर नजिकै परेको चट्याङ्गबाट देउराली गाविस ९ का १२ बर्षिय विनोद विक र १६ बर्षिय अमृता विक घाइते भएका छन् । घाइते मध्ये विनोद विकको टाउकोमा गम्भिर चोट परेकेा छ भने अन्य घाइतेहरु सामान्य रहेका छन् । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
May 7, 2010
पर्वत सदरमुकाम दिनभर तनावग्रस्त पर्वतमा साँझ साढे आठ देखि विहान साढे चार बजेसम्म कफ्र्यु झडपमा एक प्रहरी सहित १९ घाईते ९ माओवादी कार्यकर्ता हतियारसहित पक्राउ
एकिकृत नेकपामाओबादीले आव्हान गरेको अनिश्चितकालिन हड्तालका कारण पर्वत सदरमुकाम विहिबार पुर्ण तनावग्रस्त वनेको छ । तनावकै कारण जिल्ला प्रशासन कार्यालय पर्वतले विहिबार साँझ साढे आठ बजेदेखि शुक्रबार विहान साढे ४ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।
माओवादी बाहेकका अनय सदरमुकाम कुश्माबजारबासीहरु आमहड्तालको प्रतिकारमा उत्रिएर माओवादी कार्यकर्ता तथा पार्टी कार्यालय तोडफेाड समेत गरेका थिए ।दुवै पक्षबीच भएको झडपका क्रममा १९ जना कार्यकर्ताहरु घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचारपश्चात घर फर्किसकेका छन् । जसमध्ये माओवादी पक्षका १५ जना कार्यकर्ताहरु घाईते भएका थिए ।
घाईते हुनेमा माओबादीका जिल्ला सदस्य यम बिक सहित एक दर्जन माओबादी कार्यकर्ता घाइते भएका छन् भने तिन जना स्थानियबासी पनि घाइते भएका थिए । घाईतेहरुमा स्थानीय युवा राजेश खाम्चा मगर चन्द्रबहादुृर नेपाली दिपक सुनार गोबिन्द सुनार तिला गिरी सोम पुन गंगाबहादुर नेपाली राजेश सुनार सोम पुन राजेश सुनार रामबहादुर सुनार आनन्द पुन थमबहादुर परियार रामकृष्ण बिक र महेन्द्र नेपाली रहेका छन् ।
माओवादी प्रदर्शनका क्रममा कार्यकर्ताहरुले घरेलुहतियार समेत प्रदर्शन गरेपछि प्रहरीले नौ जना कार्यकर्ता पक्राउ गरेको थियो । माओबादीले निकालेको जुलुस मैत्रीचोकबाट शिबालयचोक तर्फ लाग्दै गर्दा २ थान तरबार र एक थान फलामको पाइप सहित प्रहरीले भबिन्द्र किराती याम पुन दिपक पुन बिरेन्द्र पुन गोबिन्द गुरुङ्ग बिजय पुन महेन्द्र पुन र बिक्रम पुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हतियार नियन्त्रणमा लिने क्रममा प्रहरी जवान काजीराम श्रेष्ठ घाइते भएका थिए । उनको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जबानको टाउकोमा आठ ओटा टाँगा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाकै विषयलाई लिएर एकीकृत नेकपा माओवादीले साँझ पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनका माओवादी जिल्ला सहइन्चार्ज तथा संविधानसभा सभाषद् गुणाखर बस्यालले शान्तिपुर्ण आन्दोलन गरिरहेका वेला उत्तेजित पार्ने खालका कि्रयाकलापहरु भएपनि आफुँहरु शान्तिपुर्ण आन्दोलनको पक्षमा रहेको बताएको थियो । प्रशासन र प्रहरीले समेत असहयोग गरेको गुनासो गर्दै बस्यालले आफुहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिनुभएकेा थिो । माओवादीले प्रतिकार गर्ने क्षमता हुँदाहुँदै पनि आफुँहरुले संयमता अपनाएको उहाँको भनाई थियो ।
उता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एक विज्ञप्ती प्रकाशीत गरी अपराधी र प्रतिकि्रयावादी शक्तिहरुको चलखेललाई निस्तेज पार्न सम्प्ाुर्ण कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरिएको छ । जिल्ला सभापति नवराज गुरुङ्गद्धारा जारी विज्ञप्तीमा सहमति र समझदारीवाट जिल्ला उत्पन्न विषम परिस्थितिलाई न्युनिकरण गर्न राजनैतिक पार्टी शान्ति सुरक्षाका अङ्गहरु प्रशासन उद्योगपति पत्रकार तथा नागरीक समाजलाई आग्रह गरिएको छ ।
प्रशासनले आज बेलुका साढे ८ बजेदेखि सदरमुकाम कुश्माबजारको बडागाउँचौर देखि जिल्ला प्रहरी कार्यालय सम्म र शिवालय १ को खरेहा देखि दक्षिण पश्चिमको सम्पूर्ण बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।

Subscribe to:
Posts (Atom)