Mar 23, 2010

किन्ने हो लालिगुँरास !

सदरमुकाम केन्द्रीत कलमलाई ग्रामिण सचारको खुराक बोकाउने उद्देश्यका साथ मानसपटालमा कुनै एक गाउँको बृत्तचित्र उतारेर दुरदराजका आवाजहरुलाई बटुल्न समाचारको खोजीमा सदरमुकामबाट निस्कियो बल्लतल्ल । समय र परिस्थितिले साथ नदिएपछि नितान्त एक्लो यात्रा तय गरेको थिएँ मैले । सदरमुकामबाट चारकोष परको गाउँ कार्किनेटालाई गन्तव्य बनाएर । बाटोमा हिड्दा जे भेटिन्थे तिनै मेरो कलम र कापीको सहारा बनेका थिए अनि जे देखिन्थे मेरो निदेर्ाष क्यामेराका खुराक बनेका थिए ।
गर्मीको मौसम घना जंगलबीच भित्रभित्रैको बाटो । त्यही पनि मोटरविहिन मोटरबाटोमा पाइलाहरु डुलाउँदै वनपाखामा लटरम्म मौसम र प्रकृति अनुसारका वनस्पतिहरु वनभित्र चराचुरुङ्गीका चिरचिर-चुरचुर आवाजहरु मेरो यात्राका सहयात्री बनेका थिए ।
यतिबेला पहाडी भेगका बनपाखाहरु ढकमक्क लालिगुँरासले ढाकिएका छन् । उराठ लाग्दा तिनै डाँडापाखाहरु अहिले मोहनी लाग्दा मनमोहक बनेका छन् । हिड्दै गर्दा घना बनको छेउमा भेटिए साना तीन गुँरास व्यापारीहरु । ुदाई गुँरास किन्ने हो !ु अगाडि लालिगुँरासका थुंगाहरु ओगटेर बसेका मध्येका एउटाले फ्याट्टै सोध्यो ुएउटाको पाँच रुपैंया हो दाई मेरो किन्नोस्ु अर्कोले भन्दै थियो । क्यामरामा पहिल्यै लालिगुँरासका अनगिन्ति गुच्छाहरु कैद गरिसकेको थिएँ मैले । मलाई लालिगुँरास किन्नुमा जरुरत थिएन तै पनि उनीहरुको अभिलाषालाई इन्कार गर्न सकिँन । व्यापारी थिए १२ बर्षिय विनोद १० बर्षिय यामे र त्यस्तै उमेरका अर्का सुनिल । अर्का दिनेश नामका गुँरास व्यापारी कलिला हातहरुले फक्रेका लालिगुँरासका थुंगाहरु भाँच्दै थिए पट्पट् । बर्षसोध्दा १२ बसन्त भन्दा माथिका कुनै थिएनन् । बाटोमा गुराँस बेच्नुपर्ने के उनीहरुको विवसता नै हो त म जिज्ञासु भएँ ुकिन गुराँस बेचेर बसेको बाबु ु मैले सोधेँ ुविदाको दिन परेकोले गुराँस बेचेर बसेको हो दाइ ।ु छेवैका विनोदले उठेर फ्याट्ट जवाफ फर्काए । यसरी नै विदाका दिन गुराँस बेचेर आफुले कापी कलम किनेको गतहप्ताको उदाहरण समेत उनले दर्शाए । मलाई जानकार भयो उनीहरुले बेच्ने गरेका लालिगुँरास अरु कसैले पनि किनिदिने रहेछन् । मैले पनि उनीहरुको मन राखिदिएँ केही गुँरासका थुंगाहरु खरिद गरिदिएर फुरुङ्र्ग भए उनीहरु । विकि्रमा लालिगुँरास व्यापार केटाकेटीको ।
उनीहरुको खुशीले केही हदसम्म साथ दियो मलाई । मैले मन मनै कुरा खेलाएँ । राष्ट्रिय फुल लालिगँुरास भनेर महँगा विद्यालयमा पढ्ने शहरबजारका केटाकेटीहरुलाई थाहा छैन होला त्यो फुल कस्तो हुन्छ भनेर । तर विद्यालय शिक्षाको पहुँचसम्म पुग्न नसकेका ग्रामिण भेगका बालबालिकाहरु तिनै गुराँसको व्यापार गरेर रमाइरहेका छन् । मुस्कुराउँदो लालिगुँराससँगै उस्तै उस्तै देखिन्थे गाउँका ती केटाकेटी ।
निश्चित गन्तव्यमा नपुग्दै केटाकेटीसंगको बसाईको केही बेरमा राष्ट्रिय शोकको खबरले मेरो पाइला एककदम पछि हट्यो । रमाइला क्षणहरुका शब्द कोरेको कापीको पाना नपल्टाउँदै मानसपटालमा रङ्गीचङ्गी लालिगुँरासका भावहरु भरिपुर्ण हुन नपाउँदै त्यही पानामा अर्को शोकको खबर उतार्न आतुर भयो कलम ुराजनेता गिरिजाप्रसाद कोइरालाको निधन ! म फर्किएँ फेरि उही श्रमको खेतीमा । जीवनमा जस्तोसुकै शोक भोक दुःख कष्ट आइपरेपनि आखिर रोकिएन कहिल्यै यो कलमको गति ।
सन्तोष थापा÷पर्वत
stcparbat@gmail.com