Dec 21, 2009

कांग्रेसका आधादर्जन कार्यकर्ता माओवादीको कालोसूचिमा

पर्वत ६ पुस
एकिकृत नेकपा माओवादीले तेश्रो चरणको आन्दोलनको दोश्रो दिन नेपाली कांग्रेस पर्वतका आधादर्जन कार्यकर्ताहरुको नाम कालोसूचिमा समाबेश गरी एक सभाबीच सार्वजनिक गरेको छ । माओवादीले शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने दुस्प्रयास गरेको भन्दै कांग्रेसका जिल्ला सदस्य रामचन्द्र जोशी सहित विभिन्न अन्य भातृसंगठनमा आवद्ध कार्यकर्ताहरुको नाम कालोसूचिमा समाबेश गरेको हो ।
सोमबार सभाषद् गुणाखर बस्यालको नेतृत्वमा सयौं कार्यकर्ताहरुको सहितको आन्दोलनकारी जमात कुश्माबजार परिक्रमापछि लोकतन्त्रचोकमा भएको कोणसभामा उक्त सूचि सार्वजनिक गरिएको थियो । कांग्रेस कार्यकर्ता युवराज जोशी दिपक पौडेल अच्युत तिवारी विष्णु पोखरेल विष्णु आचार्य लगायतको नाम कालोसूचिमा समाबेश गरिएको छ । 
संयुक्त जनआन्दोलन समिति पर्वतका सचिव यम विकले कालोसूचि सार्वजनिक गर्दै उल्लेखित व्यक्तिहरुले माओवादीले आह्वान गरेका कार्यक्रमलाई बेवास्ता गरेको र कार्यकर्तामाथि आक्रमण समेत गरेका कारण कालोसुचिमा समाबेश गरिएको बताउनु दिनुभयो ।
माओवादीले आइतबार सदरमुकाम कुश्माबजार स्थित नारायण उच्च माविका प्राचार्य बसन्तबहादुर सिके र शिक्षक गोविन्द पोखरेललाई बन्दको समयमा विद्यालय खोलेको भन्दै हात पात गरेका थिए । उता माओवादीले भने आफ्नो पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरुले ढुंगा बसा्रएको र सो क्रममा आफ्ना आधादर्जन कार्यकर्ता घाइते भएको जानकारी दिएको छ । 
सभामा बोल्दै पर्वत क्षेत्र नं। २ बाट निर्वाचित संविधासभा सभाषद् गुणाखर बस्यालले समग्र कांग्रेस र एमालेमध्ये केपी ओली गुठका कार्यकर्ताहरु आफ्नो विरुद्ध जाइलागेको आरोप लगाउनुभयो । 'कहिँकतै छन् भने ००७ सालका कांग्रेस र मदनभण्डारीको विचारमा हिड्ने एमालेहरु आन्दोलनका सहयोगी हु' उहाँले पर्वतमा ००७ सालका कांग्रेस नभएको समेत बताउनुभएको थियो ।

No comments:

Post a Comment