Dec 31, 2009

अपाङ्गलाई ल्यापटप सहयोग


पर्वत, १५ पुस

मोटरसाईकल दुर्घटनामा परि पूर्ण रुपमा असक्त वनेका एक युबालाई बेलायतमा बस्ने नेपालीले ल्यापटप सहयोग गरेका छन पर्वतको शिवालय ४ घर भई बेलायतमा बस्ने पुरन गिरी र नारायण गिरीले लायन्स क्लव अफ शिवालय कुश्मा मार्फत असक्त युवा युबराज शर्मालाई कम्प्युटर हस्तान्तरण गरेका हुन । पर्वतको आर्थर गाबिस घर भई शिवालय ४ मा बस्दै आएका २७ बर्षिय युवराज शर्मा २०६५ साल भाद्र १५ गते चितवनको भरतपुरमा मोटरसाईकल दुर्घटनामा पर्दा मेरुदण्ड पक्षघात भएको थियो ।

मेरुदण्डमा चोट पुगेपछि अशक्त अवस्थामा रहेका शर्माको घाँटी भन्दा तलको भाग चल्दैन । बन्द कोठाभित्र रहेका शर्मालाई बाहिरी संसार संग जोड्न सहयोग हुने भएको कारण सो ल्यापटप प्रदान गरिएको पुरन गिरीका पिता कलाधर गिरीले बताउनुभयो । ुएउटा सक्षम युबालाई जीवनमा केही गर्न सहयोग पुगोस भनेर छोराहरुले सहयोग गरेका हुन ।ु कम्प्युटर हस्तान्तरण गर्दै गिरीले भन्नुभयो । ब्यबस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका शर्मा स्थानिय चिनवनको मंगलापुर उच्चमाबिमा शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो । शरीरको कुनै पनि भाग नचल्ने भएपछि खाना खाने दिशापिसाब गराउने लगायतका कार्य सम्पादन गर्न अरुकै सहयोग लिनुपर्ने अवस्थामा रहेका शर्मालाई हातका औला बाहेक बाँकी हात चल्ने भएकाले औलामा एक प्रकारको डिभाईस लगाएर कम्प्युटर चलाउन सक्ने अबस्था रहेको छ । एउटा होनाहार युवा कोठामा साँगुरिएर बस्नु परेको अवस्थामा कम्प्युटर प्रबिधिको माध्यमबाट बाहिरी संसार संग नजिकिने अवसर प्राप्त हुने भएकोले उहाँलाई सहयोग गरिएको लायन्स क्लब अफ शिबालयका अध्यक्ष लेखनाथ उपाध्यायले बताउनुभयो ।लायन्स क्लब अफ शिवालयका अध्यक्ष लेखनाथ उपाधयायको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ शिवालयका प्रथम उपाध्यक्ष बसन्त कुमार कर्माचार्य संस्थापक अध्यक्ष काशी कुमार जोशी युवराज शर्माका दाजु दुर्गा प्रसाद शर्मा कम्प्युटर प्रदान गर्ने गिरीद्वयका बाबु कलाधार गिरी लगायतले वोल्नुभएको थियॊ । सो अवसमा वोल्ने वत्तुाहरुले अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने पुरन गिरी र नारायण गिरीलाई धन्यवाद दिएका थिए । शर्मालाई उपचारका लागि नेपालका सवै अस्पतालहरुमा लगेपनि निको हुन नसकेको परिवारले जनाएको छ ।

No comments:

Post a Comment