Dec 7, 2009

यात्रा पन्चासेको, नेता छोडेर लेकका समाचार


पत्रकारको जात नै कस्तो अप्जसे गरेपनि सुख छैन नगरेपनि सुख छैन । सँधैभरी पत्रकारलाई औपचारिक कार्यक्रममा खानाखाने समयपछि बोलाएर दर्जनौं बक्ताहरुको फुस्रा मन्तव्यपछि खाजा खाने समय अगाडि बल्ल छाड्ने गरेका राजनीतिक दलहरु हामीप्रति आक्रोशले चुर परेकै होलान् यतिबेला । कहिले सत्रुत्व त कहिले मित्रभाव दर्शाउने राजनीतिक दलका नेता कार्यकर्ता आफुले बोलाएको र खोजेको समयमा पत्रकारको उपस्थिति नपाउँदा पक्कैपनि सोझो मनले सोचेका थिएनन् हामीलाई ।
१९ मंसिरको दिन जुनदिन म संगै पर्वतलाई कार्यक्षेत्र बनाएर विभिन्न साचारमाध्याममा काम गर्ने आधादर्जन सहपाठी लगायत कास्की र स्याङजाका पत्रकारहरुको पन्चासे क्षेत्र अवलोकनका लागि संयुक्त साचारकर्मी यात्रा तय भएको थियो । अपसोच ! सोही दिन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता प्रदिप ज्ञवाली छुट्टाछुट्टै कार्यक्रमका लागि जिल्ला भित्रिने दिन जुरेछ । हामीलाई पन्चासे अवलोकन यात्राको लागि एक साता अगाडि नै खबर आइसकेको थियो हामी सोही अनुसार तयारीमा जुटेका थियौ तर सँधै भरी फोनको भरमा कार्यक्रममा डाक्ने गरेका राजनीतिक दलहरु अचानक कार्यक्रमको अघिल्लो दिन मात्रै धमाधम फोन गर्ने होडमा लागे अनि हामीलाई के थाहा त ुतपाईहरु त भोलि पाचासे जाने रहेछ नि हाम्रो नेता ज्यु आउँदै हुनुहुन्थ्योु एमाले सम्बद्ध एक कार्यकर्ताले फोनमार्फत भने ुतै त सर पहिल्यै खबर पाउनुपाएको भए त यात्रालाई मिलाउन पनि सकिन्थ्यो होला निु मैले उनलाई सहानुभूति दर्शाएँ । उता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रमको निम्तोलाई पनि अघिल्लो दिनमा नै विट मारिसकेका थियौ हामीले । फेरि यो संकालु मनमा डरको पनि आभास भैरहेको थियो 'कतै नेताहरुको समाचार नपठाएको भन्दै सम्पादक ज्युको भनाई खानुपर्ने त होइन' तर यसको विकल्प पनि यो मनमा तत्कालै उब्जियो 'नेताहरुको भाषण लेखेर मात्रै हामीले पत्रकारिता क्षेत्रमा छलाङ मार्न सक्दै' सम्पादक ज्युले भनेका यी वाक्यांश मेरा मनबाट समस्याको समाधानका रुपमा तत्कालै आए । अनि हामी शुभ प्रभातको यात्रा तय गर् यौ नेता छाडेर लेकका समाचार संकलन तिर ।
०००
चिसोको मौसम त्यसमा पनि नेपालकै धेरै पानी पर्ने ठाउँ कास्कीको लुम्लेलाई आधारभूमि बनाएर बाटो पार गर्नुथियो हाम्रो यात्रा । म लगायत अन्य मित्रहरु दुर्गा ओम घायल लक्ष्मण विमल र महिला पत्रकार माया सँगैका सहयात्री थियौं । लामो समय पैदलयात्रा गर्नुपर्ने र बाटोमा अनेकौ समस्याको सामना गर्नुपर्ने चुनौति हामीमा थियो हामीलाई अर्को पनि जानकारी थियो जुन कि अन्य जिल्लाबाट समेत महिला पत्रकारहरु जादैनन् भन्ने । ुबाटो लामो छ राती सम्म हिड्नुपर्छ माया तिमी जान सक्छौं ु सोही कुराको पुष्टि गर्दै साथी दुर्गाले सहयात्री बन्ने होडमा लागेकी मायालाई घुमाईफिराई अनुरोध गरे ुम पुरुष भन्दा के कम छु र तीन दिनको बाटो भोकै भएपनि हिड्छु उनी ज्वाप लगाउन सिपालु थिइन् । उनले महिला आरक्षणका कुरा दर्शाउन थालिन् हामी सहमत भयौं । यात्राको प्रारम्भ भयो यात्रा गर्ने अवसर जुराएको थियो माछापुच्छ्रे विकास संघ कास्कीले । हामी करिव आधा घण्टाको सवारी यात्रापछि कास्कीको लुम्लेकाँडे भन्ने स्थानमा पुग्यौं । किन कि स्याङजा कास्की र पर्वतका सवै साचारकर्मीहरुको मिलनबिन्दु त्यही तोकिएको थियो त्यस ठाउँमा पुग्दा साथीहरुको उपस्थिति भैनसकेको भएपछि हामी लुम्लेकाँडेको चिसोसँगै चियागफमा भुल्ने प्रयास गर् यौं केही छिन् सोही समयमा अचानक मोबाइलमा घण्टी बज्यो ुहामी त जाममा पर् यौं नि साथी हो अझै दुई घण्टा नखुल्ने रेु कास्की र स्याङजाको नेतृत्व गरेर आएका एक सहकर्मीले जानकारी गराए । चिया बाँकी नै थियो चियाका सुर्कीसँगै देश र राष्ट्रियताका बहस गर्न थाले मित्रहरु । कहिले नेपाल बन्द कहिले राजमार्ग बन्द त कहिले धर्ना-जुलुस ुउफ देशको स्थितिु धिक्कार्दै थिए सँगैका मित्र ओम घायल ।
ुहामी हिड्दै गरौँु चियाको अन्तिम घुड्कीसँगै एक जना मित्रको अचानक प्रस्ताव आउँछ ुजाडो छ कुर्नु भन्दा हिड्नुनै बेश हुन्छु हामी खुट्टालाई अगाडि लम्कायौं । गन्तव्य थियो पाचासे तर हामी गन्तव्यविहिन जस्तै थियौ पर्वतबाट सोझो बाटो हिड्दा पाँच घण्टाको यात्रा तय गरे पुग्नेमा घुमाउरो बाटो हिड्नु हाम्रो विवसता थियो । यात्रा निरन्तर चलिरह्यो संगैका मित्र लक्ष्मणको मोबाइलमा घण्टी बज्यो त्यो फोन उनले काम गर्ने साचारमाध्यामको थियो विद्युतीय साचारमाध्याममा काम गर्ने उनी अलि ठट्यौला पाराका थिए हुनपनि विस बाइसे उमेरमा पत्रकारिता क्षेत्रमा अल्झिएको जोवन । उनले मोबाइलको ुस्पिकर आउटु गरेर बोले ुकहाँ छौं तिमी जिल्लामा तेत्रा नेताहरु आकाछन्ु बढो कडाईका साथ निर्देशन आयो उनलाई ुखोइ समाचार पठाको ु उनले माफ माग्नु सिवाय विकल्प केही थिएन । म मनमनै घोरिएर सोचेँ आँफु भित्रको अन्तर्कथा अनि अन्तरमनका पानाहरु पल्टाई पल्टाई खोजेँ भविष्यका मार्गहरु । ुके यसरी नै चलिरहला त जीवन ु आफै प्रश्न गर्थेँ मन सँगै उत्तर र समाधानको भिख माग्थेँ ।
०००
कतै जंगल त कतै खर्क कतै उकाली त कतै ओराली कतै घाम त कतै छाँया प्रकृतिले हाम्रो लागि दिएका यी परिदृश्यसँग रुमलिँदै यात्रा गन्तव्य तिर लम्किँदै थियो । हिड्दा हिड्दा हामी छ घण्टाको बाटो पार गरिसकेछौं पिडा भित्रको हाँसो र छेउटुप्पा विनाका गफ हाम्रा खुराक बनेका थिए अन्य साथीहरुले गरेका छलफल र कुराकानीमा धाँजो हालेर हाँसोका रुपमा उडाइदिन्थे साथी लक्ष्मण । मलाई लाग्थ्यो लामो यात्रामा यसैमा थियो मज्जा । मौसम प्रतिकुलता सँगै हाम्रो अघिपछि तुवालो र कुइरोले छेकिरहेको थियो खेदिरहेको थियो । हिमाली दृश्य आफ्नो क्यामरामा कैद गरेर रोजीरोटी सोझाउने सोचमा रहेका पत्रकारहरुलाई कुइरो नै सत्रु बनेर पछ्याइरहेको थियो । सँधै भरी सदरमुकाममा बसेर होरे अरेका समाचार लेखेका पत्रकारलाई तुवालो र कुइरोले जिस्काइरहेको भान हुन्थ्यो । त्यो यात्रा जति छोटियो त्यति नै चुनौती थपिँइरहेका हुन्थे हामीमा । बल्ल तल्ल करिब सात घण्टाको पैदलपछि हामी एकै ठाउँमा मिसिएर परिचित हुन सफल भयौं । काँडे हुने भनिएको हाम्रो मिलनविन्दु भदौरे तमादीमा परिणत भयो ।
०००
कास्की जिल्लाको भदौरे । जुन ठाउँमा पुगेपछि हामी फुलमालाका ऋणी बन्यौ १३ जनाको साचारकर्मी टोली सहित २० जनाको जमात थियो हाम्रो । सवै सहयात्रीहरु फुलमालामा रमाइरहेका बेला म मा सोचाई पर् यो ुसमाज संस्कृति अनि परम्परा । यी शब्दहरु कस्ले निर्माण गर् यो र समाजमा कसरी लागु भएका होलान् ु गुरुङबस्तीमा पाहुनाको रुपमा स्वागत भई फुलमालाले पहिरिएपछि म एकोहोरिएँ लगत्तै मनलाई अन्तै भुलाउने प्रयास गरें । गन्तव्यसम्मका मार्गदर्शक भनेका हाम्रो लागि माछापुच्छे्र विकास संघका जिम्मेवार पदाधिकारीहरु नै थिए । यात्राको सेड्युलमा सामान्य परिचयात्मक कार्यक्रमपछि हाम्रो खाना खाने समय तोकिएको थियो । उकाली र ओरालीले गर्दा होला सवै साथीहरु आहाराको प्रतिक्षालाई लम्बाउने चाहनामा थिएनन् । गुरुङ समुदाय न हो पानी भन्दा पहिला नारेपा कोदोको रक्सी ले स्वागत भयो हामी संगैका कति मित्रहरुलाई आफ्नो चाहना अनुसारका परिकारहरु भन्न नपरी धमाधम टकारिँदा हौसिन्छिन् रौसिन्छन् । कतिपय साथीहरु तिनै रौसिएकाहरुलाई कुरा नै कुरामा उडाइरहेका हुन्थे । ुकालिज बनकुखुरा को मासु सँगै नारेपाको सुर्की ।ु विरामीले खोजेको पनि पानी बैद्यले बताएको पनि पानी भने झैं छुट्टै भिन्नै आनन्दमा रमाइरहेका छन् मित्रहरु । आफुलाई चोखिनिष्ट देखाउने साथीहरुले नारेपा पिउँदै गरेका साथीहरुलाई झस्काउँथे पनि । ुफोटो खिचेर फेसबुकमा हाल्नुपर्छु उनीहरु धाक दिन्थे । फेसबुकको नशा बसेका कतिसाथीहरु तसर्िन्थे पनि । ुकोल तै ु मोही छ गुरुङ समुदायको छेउछाउमा हुर्केर सदरमुकामलाई कर्मभूमि बनाएका दुर्गा नामका मित्रले खानाखाने क्रममा बीचबाट गुरुङमहिलाहरु समक्ष आग्रह पेश गरे । उनको आग्रहपछि गिलासमा मोही टकारियो । खानापछि त्यस गाउँलाई विदाई हात हल्लाउँदै हामी गन्तव्य तर्फ लम्कियौं ।
कुहिरो भित्रको सौन्दर्यताले हामीलाई अलिकति असन्तुष्टि पैदा गरेको थियो । किनकी सँधै भरी हिमालका चुचुराहरु ताक्ने क्यामराहरु चिसोले ओस्सिएर झोलामा थन्किएका थिए भने कति सहयात्रीहरुले निश्चित गन्तब्यका लागि व्याट्री जोगाउनका लागि थन्काएका थिए । मौसमले उचित साथ नदिएकोमा प्रकृतिसँग गुनासो गर्दै थिए केही मित्रहरु त्यहीबेला पाचासेको संरक्षणमा लागि परेका अर्जुन पौडेलले बीचबाटै उत्तर दिए ुमौसमले तपाईहरुलाई अर्कोपटकका लागि प्रतिक्षा गरिरहेको छु समुहमा नै हाँसो फैलियो । यात्राकै क्रममा हामी पाचासेको फेदीमा रहेको भदौरे २ देउरालीमा पुग्यौ । त्यहाँका महिलाहरुले आफ्नो संस्कृतिको संरक्षणका लागि गरेको पहल हाम्रो निम्ति केही खुराक बन्नेवाला थियो । स्थानीय गुरुङ महिलाहरुले आपुनो संस्कृतिका लोपोन्मुख सामानहरु संग्राहलयमा राखेका रहेछन् । संग्राहलयको अवलोकनपछि हामी अब निश्चित गन्तव्यमा सोझिने छौं । त्यहाँ पुग्न हामीलाई झण्डै तीन घण्टाको पैदल उकालो तय भइसकेको थियो । अब त पाहुनाका रुपमा गाउँलेहरुले स्वागत गरेर गलाभरी लगाइदिएका माला समेत भारी हुन पो लागिसकेछन् । सहयात्रीहरुले एकाएक गलाबाट माला झिकेर रुखमा झुण्डाउन थाले हामी पर्वते साचारकर्मी तिनै मालाको सदुपयोगमा लाग्यौ अनि मालैमालाले झाडी भित्रको खर्कमा कोर्यौ ुसाचारकर्मीु भनेर । साथीहरुका क्यामराले त्यो दृश्यलाई पन्छाउन सकेन । एकाएक क्यामरामा लिइहाले मित्रहरु । यात्रा गन्तव्यतिर उन्मुख बनिरहेको छ । बाटोमा दाउरा र घाँसका भारीसँगै युवायुवतीहरु उकाली ओराली गरेको देख्दा गाउँघरमा छँदाका विगतका दिनहरु मानसपटलमा उत्रिए । गाउँघरको उकाली ओरालीकै कारणले होला मलाई उकालीओरालीका गोरेटो त्यति कठिन लाग्दैनन् शहरबजारमा बसेर भुंडी बढाएकाहरु अलि असहज नै देखिन्थे । उकालीमा तिनीहरुका लागि हामीनै मार्गदर्शक बन्यौं । संगैका मित्र लक्ष्मणले भैंसी चराउन जाँदा घरगाउँमा उकाली ओराली गर्दाको क्षणमा पातबजाएको क्षणलाई विसे्रका रहेनछन् त्यसै त उकाली अनि बनको बाटो तै पनि साथीले खोजेजस्तो पात भेटाउन सकेनन् उनले झ्यानोको पात भएपनि मुखमा च्यापीहाले अनि गाउन थाले उही गाउँले देउरालीको सम्झनामा
डाँडैको देवी देउराली
माया हो पात बजाउँदै चढे है उकाली
मै बस्छु सम्झि झल्झली ॥

उनले बजाएको पातको सुरिलो धुनलाई मोबाइलमा कैद गर्न अन्य केही मित्रहरु अगाडि अगाडि त_िम्सएका हुन्थे म पनि कम थिइन त्यही खस्रोपातबाट निस्किएको मधुर स्वरसँगै म आफ्ना ओठहरु बजार्ने प्रयास गरेँ गन्तव्य नजिकिँदै छ । हाम्रो विसौनीका लागि उकालीमा चौतारीहरु स्वागतापेक्षी रुपमा तम्तयार रहेका छन् ुकतिबेला आइपुगिन्छ हो सरु पोखरेली मित्र सन्तोषले यात्रा संयोजन गरेका सहयात्री रामशरण सेढाई तिर मुन्टो बटार्दै सोधे ुआइपुगियो अब धेरै छैनु उनले सहानुभुति दर्शाए । यात्रा रोकिएन गन्तव्य चुम्न चलिरह्यो निरन्तर यात्रा ।
०००
रातको नौ बजिसकेछ अब त आइपुग्न लाग्यो २५ सय मिटरको उचाईमा रहेको हाम्रो गन्तव्य करिब-करिब नजिकिँदै थियो । स्याङजा पर्वत र कास्की गरी यी तीन जिल्लालाई कार्यक्षेत्र बनाएर घनीघोटी गरेका सहयात्रीहरुको जन्मभूमि सोध्ने नै हो भने १२ जिल्लाका थियौं कोही पुर्व कोही पश्चिम त कोही सुदुरपश्चिम सम्मका । रातको समय कतिपय साथीहरु चिसोका कारण लड्बढिइरहेका थिए तैपनि सवैले साथ दिएपछि असहज कसैलाई भएन हामी बल्ल तल्ल आइपुग्योै गन्तव्य जहाँ थियो पर्वत कास्की र स्याङजा जिल्लाको संगममा पर्ने २५ सय १७ मिटरको उचाईमा रहेको पाचासे लेक ।
जाडोले कठ्याङग्रीएको शरिरलाई आगोमा तताउने मौका मिल्यो सवै जना आगोले राप्पिएर केही बेरको मनोराजनपछि हामी २५ सय १७ मिटरको उचाईमा रहेको पाचासे भ्यु टावरबाट विकसित बजारहरुको झिलिमिली हेर्ने प्रयास गर् योै्र तर हाम्रो प्रयासले हण्डर खायो कारण थियो साता दिनदेखिको हुस्सु र कुइरो । सोही हुस्सुका कारण पाचासेमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा आएको खराबीका कारण गत आइतबार पर्वत जिल्ला स~ाचार विच्छेद भएको थियो । हामी लेकाली रायो साग संगै गुरुडा चामलको भातले भोको पेटलाई उकासेर विश्राम तर्फ लाग्यौ । हामीहरुका लागि चार कोठे पाहुना घर रेडि नै थियो । उक्त घरमा २० देखि २५ जना सम्मको समुह सजिलै बस्न मिल्ने रहेछ । आफुहरुले पनि पहिलोपटक सोको अनुभव गर्न पाएको पाचासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङ पुष्टि पार्दै थिए । हाम्रो लागि ओड्ने ओछ्याउनेका लागि कुनै आपत्ति थिएन । एउटै बेडमा चारवटा कम्मलले समेत नछेक्ने चिसो सिरेठो भित्र छिरिरहेको थियो । ओडिरहेको कम्मललाई टाउका तिर तान्दा खुट्टाबाट र खुट्टातिर लैजाँदा टाउकाबाट डस्न खोज्थ्यो त्यो पापी चिसोले ।
भोलिपल्ट विहानै हामी प्रसिद्ध सिद्धबाबाको मन्दिरमा दर्शनका लागि जाने निर्णय गर् यौ सवैजनाको सहमतिपछि हामी त्यसतर्फ गयौ केही छिन् भ्यु टावरबाट समेत अवलोकन गर्ने प्रयास गर् यौ तर समस्या त्यही थियो तैपनि सामान्य कुरा बुझाउन आग्रह गर्दा अध्यक्ष गुरुङले पाचासेको भुमिका बाँध्दै भन्न थाले ुयस ठाउँबाट पर्वत कास्की स्याङजा बाग्लुङ र पाल्पा गरी पाँच जिल्लाका सदरमुकाम देखिँदा रहेछन् यस ठाउँबाट देखिने जिल्लाको मात्रै त उनले हिसाव गनेै्र सकेनन् सवै भन्दा धेरै हिमाल देखिने ठाउँपनि पाचासे नै भएको उनले दाबी गरे नेपालमा पाल्पाको श्रीनगरडाँडा भनेर चिनिएपनि पाचासेबाट अझै धेरै देखिने उनको भनाई थियो एकसय १२ प्रजातिका लोपोन्मुख सुनगाभा यस क्षेत्रमा पाइदा रहेछन् च्यावनप्रासका लागि चाहिने तत्व एकै ठाउँमा मात्रै पाइने स्थान पाचासे पर्यटन विकासका लागि ६३ करोडको १८ बर्षे पाचासे ग्रामिण विकास गुरुयोजना तयार स्रोत विनाको दुई सय मिटर परिधि र १० मिटर गहिराईको ताल यस क्षेत्रका मुख्य आकर्षण रहेछन्ु यस्तै यावत लम्बेतान कुरा फुकाउन शुरु गरे उनले ।
०००
यात्रा छोटिँदै थियो । यात्रामा निस्कने क्रममा दुईघण्टे जाममा परेका सहयात्रीहरु भोलिपल्ट पुन नेपालबन्दको आहारा बन्नेवाला थिए । त्यसैले यात्रा झनै हतारको बन्दै गएको थियो । हामी पाचासेलाई प्रचारमा ल्याएर सहयोग गर्ने बचनबद्धताका साथ विस्तारै बाहिरियौं । हामी विहानी खानाको लागि पर्वतको चित्रेमा झर्नुपर्ने थियो । यात्रामा जाँदा कास्कीको भदौरेमा भागाबसेको समुह दोश्रो दिन पर्वतको चित्रेमा झरेर पाहुना बन्यो । पहिलो दिनको भन्दा फरक थियो त्यहाँ । किन कि समाज र संस्कृतिमा एकरुपता थिएन । भदौरेमा गुरुङ समुदायका मात्रै मानिसहरु थिए भने त्यहाँ अन्य जातजाति पनि थिए । त्यहाँको स्वागत ग्रहण पश्चात् हामी बाटो ततायौ । कास्कीको भदौरे हुँदै तीन जिल्लाको संगममा पुगेको यात्रा पर्वतको चित्रे तिलाहार हुँदै फर्कियो । हामी सहयात्रीहरु पर्वतको डिमुवाबजारमा झरेपछि बाँडियौँ स्याङजा र कास्कीका सहयात्रीहरुलाई छुट्टिका हातहरु हल्लाउँदै हामी फर्किर्यौ । विपरित दिशातर्फ जाने साथीहरुको गन्तव्य कहाँ हुने हो त्यो त थाहा छैन तर हामी फर्कियौं उही श्रमशिविरमा ।
सन्तोष थापा/पर्वत 
stcparbat@gmail.com

No comments:

Post a Comment