Dec 12, 2009

पर्वत जेसीजको अधिवेशन शुरु

सामाजिक कार्यमा कि्रयाशिल युवाहरुको संस्था जेसीज पर्वतको १३ औ जिल्ला अधिवेशन तथा १४ औ वार्षिक साधारण सभा शनिवारदेखि शुरु भएको छ । 
अधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेले गर्नुभएको हो । उद्घाटन सत्रमा वोल्दै वक्ताहरुले युवाहरुले सामाजिक विकृती उत्मुलनमा एकजुट भएर लाग्नुापर्ने विचार व्यक्त गरेका छन् । युवाहरु विधिको शासनभित्र रहेर समाजमा स्वास्थ्य शिक्षा सरसफाई लगायत युवाहरुको क्षमता र नेतृत्व विकासमा सहयोग गर्नतर्फ अग्रसर हुन सुझाव दिएका छन् । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पूर्व उपाध्यक्ष वसन्तकुमार कर्माचार्य अधिवेशनका निर्देशक विष्णुप्रसाद नेवार मानार्थ सदस्य वसन्तवहादुर सिके नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायल लगायतले वोल्नुभएको थियो । 
वर्ष २००९का अध्यक्ष अर्जुनप्रसाद चापागाईको अध्यक्षतामा सम्प्ान्न कार्यक्रमको स्वागत कार्यकारी उपाध्यक्ष मातृकाप्रसाद लामिछाने र संचालन महासचिव राजन जोशीले गर्नुभएको थियो । अधिवेशनको २०१० का लागि नेतृत्व चयनका लागि वन्दसत्र संचालन भएको कार्यक्रम संयोजक प्रेमकुमार गुरुङ्गले जानाकारी दिनुभएको छ । 

No comments:

Post a Comment