Dec 31, 2009

अपाङ्गलाई ल्यापटप सहयोग


पर्वत, १५ पुस

मोटरसाईकल दुर्घटनामा परि पूर्ण रुपमा असक्त वनेका एक युबालाई बेलायतमा बस्ने नेपालीले ल्यापटप सहयोग गरेका छन पर्वतको शिवालय ४ घर भई बेलायतमा बस्ने पुरन गिरी र नारायण गिरीले लायन्स क्लव अफ शिवालय कुश्मा मार्फत असक्त युवा युबराज शर्मालाई कम्प्युटर हस्तान्तरण गरेका हुन । पर्वतको आर्थर गाबिस घर भई शिवालय ४ मा बस्दै आएका २७ बर्षिय युवराज शर्मा २०६५ साल भाद्र १५ गते चितवनको भरतपुरमा मोटरसाईकल दुर्घटनामा पर्दा मेरुदण्ड पक्षघात भएको थियो ।

मेरुदण्डमा चोट पुगेपछि अशक्त अवस्थामा रहेका शर्माको घाँटी भन्दा तलको भाग चल्दैन । बन्द कोठाभित्र रहेका शर्मालाई बाहिरी संसार संग जोड्न सहयोग हुने भएको कारण सो ल्यापटप प्रदान गरिएको पुरन गिरीका पिता कलाधर गिरीले बताउनुभयो । ुएउटा सक्षम युबालाई जीवनमा केही गर्न सहयोग पुगोस भनेर छोराहरुले सहयोग गरेका हुन ।ु कम्प्युटर हस्तान्तरण गर्दै गिरीले भन्नुभयो । ब्यबस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका शर्मा स्थानिय चिनवनको मंगलापुर उच्चमाबिमा शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो । शरीरको कुनै पनि भाग नचल्ने भएपछि खाना खाने दिशापिसाब गराउने लगायतका कार्य सम्पादन गर्न अरुकै सहयोग लिनुपर्ने अवस्थामा रहेका शर्मालाई हातका औला बाहेक बाँकी हात चल्ने भएकाले औलामा एक प्रकारको डिभाईस लगाएर कम्प्युटर चलाउन सक्ने अबस्था रहेको छ । एउटा होनाहार युवा कोठामा साँगुरिएर बस्नु परेको अवस्थामा कम्प्युटर प्रबिधिको माध्यमबाट बाहिरी संसार संग नजिकिने अवसर प्राप्त हुने भएकोले उहाँलाई सहयोग गरिएको लायन्स क्लब अफ शिबालयका अध्यक्ष लेखनाथ उपाध्यायले बताउनुभयो ।लायन्स क्लब अफ शिवालयका अध्यक्ष लेखनाथ उपाधयायको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ शिवालयका प्रथम उपाध्यक्ष बसन्त कुमार कर्माचार्य संस्थापक अध्यक्ष काशी कुमार जोशी युवराज शर्माका दाजु दुर्गा प्रसाद शर्मा कम्प्युटर प्रदान गर्ने गिरीद्वयका बाबु कलाधार गिरी लगायतले वोल्नुभएको थियॊ । सो अवसमा वोल्ने वत्तुाहरुले अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने पुरन गिरी र नारायण गिरीलाई धन्यवाद दिएका थिए । शर्मालाई उपचारका लागि नेपालका सवै अस्पतालहरुमा लगेपनि निको हुन नसकेको परिवारले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट बृद्धाको मृत्यु

पर्वत १५ पुस
सदरमुकाम कुस्मास्थित बडागाउबाट डम्डारेखोलातर्फ जादै गरेको ग१त १५६९ नम्बरको ट्याक्टरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ । ठक्करबाट पर्वतको शालिजा-९ की ८२ बर्षिय कलामती पाइजा पुनको टेक्टरको ठक्करले बुधबार ज्यान गएको हो । पोखरा बागलुङ्ग राजमार्गमा पर्ने पर्वतको शिबालय - ९ डम्डारे खोला नजिक ठक्कर दिएकी बृद्धा पुनलाई उपचारकालागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । टेक्टर चालक प्रताप सुनार र टेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बृद्धाको मृत्यु भएपछि मृतकका आफन्तले चालकलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै दिनभर पोखरा-बागलुङ्ग राजमार्गको कुस्मा खण्ड बन्द गराएका थिए । मृतकका आफन्तलाई उचित क्षतिपुर्ती दिने सहमति पछि साँझबाट अबरुद्ध राजमार्ग सुचारु भएको छ ।

Dec 27, 2009

निर्माण सम्पन्न नहुँदै अग्लो पुलमा हेर्न आउनेको भीड



 पर्वत  पुस
निर्माण सम्पन्न हुने क्रममा रहेको मुलुककै अग्लो झोलुङ्ग पुलमा निर्माण कार्य सम्पन्न नहुँदै हेर्न आउनेको भीड लाग्ने गरेको छ । पर्वतको सदरमुकाम कुश्माबजारलाई मोदीखोला पारी रहेको कटुवाचौपारी जोड्ने गरी बनाउन लागिएको पुलमा हेर्न आउनेका संख्या बढ्दै गएको हो । 
क्रल एकसय ३५ मिटर अग्लो र तीनसय ४४ मिटर लम्बाई पुल मुलुककै दोश्रो लामो पुल पनि हो । करिव ९५ प्रतिशत काम सम्पन्न भइसकेको समितिले जनाएको छ । अहिले पुल अवलोकनका लागि छिमेकी कास्की बाग्लुङ म्याग्दी पाल्पा लगायतका आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने कतिपय बाह्य पर्यटकहरुको पनि आकर्षण बढ्दै गएको छ । कालिगण्डकी नदीमा र् याफ्टिङका लागि आउने पर्यटकहरुलाई उक्त पुलले समेत आकर्षण थपेको समितिका अध्यक्ष शिवशर्मा पौडेलले जानकारी दिनुभयो । 
ठेकेदारको लापाबार्हीका कारण समयमा निर्माण सम्पन्न नभएपनि पौष महिना भित्र निर्माणकार्य सम्पन्न गरेर माघ महिनामा साचालनमा ल्याउने उपभोक्ता समितिको दाबी छ । एक बर्ष भित्र सम्पन्न गर्ने गरी ०६४ माघबाट निर्माण कार्य शुरु भएपनि ठेकेदारको बेवास्ताका कारण झण्डै एकबर्ष ढिला हुन पुगेको हो । ुठेकेदारको गैह्र जिम्मेवारी पनले गर्दा समयमै पुरा गर्न सकिएन ।ु अध्यक्ष पौडेलले भने 'अब भने पुल बनिसक्योु उहाँले भन्नुभयो । 
सदरमुकाम कुस्माबजारको बडागाउँ डिलबाट कटुवाचौपारीको छेउखन्ना मोदीखोलाको गहिरो खोचलाई पार गर्न पूलको निर्माण भैरहेको छ । पुल निर्माणमा सरकारको झोलुङ्गे पुल बिभागको करिब दुई करोड लाग्ने अनुमान गरिएको छ । पुल निर्माण संगै ज्ञादी शंकरपोखरीकाका बासिन्दाले उत्पादन गरेको तरकारी र दुध १० मिनेटमा नै कुस्मा ल्याउन सकिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 
पुल निर्माण संगै कटुवाचौपारी पिपलटारी शंकरपोखरी थापाठाना कार्किनेटा खौलालाँकुरी ठुलीपोखरी मुडिकुवा लगायतका एक दर्जन गाबिसबासीहरु प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । पुल निर्माणसंगै सदरमुकाम कुस्माको ब्यापारिक कारोबारमा बृद्धि हुने अपेक्षा राखिएको छ । पुलबाट साहसीक खेल बिाजम्प पनि साचालन गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताउनुभयो । ुखेलका लागि पर्यटन विकास समिति गठन गरेर तयारी गर्न आग्रह गरिएको छु उहाँको भनाई थियो ।

रोजगारका लागि एउटै गाविसका ५ सय युवा खाडीमा

पर्वत १० पुस
रोजगारीको अभावमा पर्वतको बाजुङ गाविसका ५ सय युवाहरु खाडी मुलुकमा गएका छन् । बाजुङ गाविसका १ देखि ९ वडाका अधिकाँश न्युन गरिब परिवारका युवाहरु रोजगारिका लागि मलेसिया कतार दुवै साउदी लगायतका देशमा गएका हुन् । 
गाउँमा रोजगारिको कुनै अवसर नभएपछि उच्च व्याजदरमा ऋण लिएर युवाहरु वैदेशिक रोजगारका लागि खाडि देश गएका छन् । रोजगारीको लागि जाने अधिकाँश युवाहरु २० देखी ३० वर्ष उमेरका रहेका छन् । लाखौं रुपैया ऋण लिएर एकै घरका चार जना सम्म खाडी देश गएका छन् । ुखेतवारी थोरै छ खाने बाटो केही भएन स्थानीय धनबाहदुर विकले भन्नुभयो ुआर्थिक अवस्था कमजोर भएकोले चारै जना छोराहरुलाई चार लाख रुपैंया ऋण काढेर कतार पठाएको छु । ु सवै छोराहरु कतार गएको तीन बर्ष विति सक्न लाग्दा पनि अझै दुई लाख ऋण तिर्न बाँकि रहको विकले गुनासो गर्नुभयो । 
गाउँका झण्डै ५० प्रतिशत सर्बसाधरणहरुको एक वर्ष सम्म खान पुग्ने खेतवारी नभएपछि युवाहरु विदेशीने क्रम वढेको स्थानीय भक्तवहादुर कुँव्ारले वताउनुभयो । ुयुवाहरु रोजगारीको शिलशिलामा विदेशिएपछि गाउँनै शुन्य भएको छु कुँवरले बताउनुभयो ुगाउँलेलाई आपतविपत पर्दा युवाहरु नभएपछि अप्ठ्यारो पर्ने गरेको छु उहाँले भन्नुभयो ।

बन्द सफल पार्न अर्को जिल्लाका कार्यकर्ता

पर्वत, ११ पुस
राष्ट्रिय जनमोर्चाले आइतबार आयोजना गरेको गण्डकी धौलागिरि बन्द सफल पार्न पर्वतमा अन्य जिल्लाका कार्यकर्ताहरु भित्राएको छ । जिल्लामा कि्रयाशिल कार्यकर्ताहरु कम भएपछि शनिबार देखिनै छिमेकी जिल्ला बाग्लुङबाट कार्यकर्ताहरु भित्राएर बन्द आह्वान गरेको छ । 
आइतबार राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय समितिले संघीयताको विरोध गर्दै शैक्षिक संस्था यातयात बजार र उद्योग कलकारखाना बन्दको आह्वान गरेका छ । विशेष स्रोतका अनुसार बन्दका लागि बाग्लुङ बाट एकदर्जन कार्यकर्ताहरु पर्वत आएको जानकारी प्राप्त भएपनि उता राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बालकृष्ण पौडेलले भने जिल्ला भित्रकै कार्यकर्ताहरु भएको दाबी गर्नुभएको छ । 
राष्ट्रिय जनमोर्चाले तेश्रोचरणको अन्तिम कार्यक्रम अन्तर्गत धौलागिरि गण्डकी बन्दको आह्वान गरेको हो । यसैवीच आन्दोलन सफल पार्न आज साँझ मसाल जुलुस सँगै कुश्माबजार परिक्रममा समेत गरेको छ । जुलुसमा दर्जनौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
राष्ट्रिय जनमोर्चाले विगत देखिनै देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डतालाई कायम गर्न आन्दोलित बन्दै आएको छ । 

Dec 25, 2009

मदिरा सेवन गरेका युवाहरुको आक्रमणबाट आधादर्जन घाइते

पर्वत १० पुस
पर्वतको लुंखुदेउरालीमा मदिरा सेवन गरेका युवाहरुको आक्रमणबाट दुई शिक्षक सहित आधादर्जन घाइते भएका छ्न । 
स्थानीय महेन्द्रज्योति उच्च माविमा आयोजित स्रोत केन्द्रस्तरीय भलिबल प्रतियोगितामा भाग लिन आएका युवाहरुले मदिरा सेवन गरेर आक्रमण गरेपछि विद्यालयका शिक्षक गोपालप्रसाद शर्मा टुकप्रसाद शर्मा र इन्प्रेड नेपालका कर्मचारी थमप्रसाद पौडेल गम्भिर घाइते भएका हुन् भने अन्य चार जना सामान्य घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई उपचारका लागि शुक्रबार विहान पोखरा तर्फ लगिएको छ ।
प्रतियोगितामा सहभागी हुन आएका छिमेकी पाखापानी गाविसको जनविकास माविका विद्यार्थीहरुले उनीहरुमाथि हमला गरेका थिए । पर्वत सदरमुकाम कुश्मा बजारबाट लुंखुदेउराली गाविसमा विद्युत साचालनका लागि विद्युत ट्रान्समिटर लैजादै गरेको ट्रकमा उनीहरुले ढुंगा मुढा गरेका र सोही विषयमा सम्झाइबुझाई गर्दा उनीहरुमाथि युवाहरुले ढुंगामुढा प्रहार गरेर घाइते बनाएको स्थानीयबासीहरुले जानकारी दिएका छन् । 
घटनामा संलग्न तीन युवाहरुलाई स्थानीय लुंखु प्रहरी चौकीले पक्राउ गरेको छ । १० जनाको समुहमा रहेका युवाहरुमध्ये अन्य भने फरार अवस्थामा छन् । फरार युवाहरुको खोजि कार्य भईरहेको प्रहरी जानकारी दिएको छ ।

Dec 23, 2009

पर्वतका कर्मचारी माओवादी विरुद्ध आन्दोलित

पर्वत ८ पुस
एकिकृत नेकपा माओबादीका कार्यकर्ताले आमहड्तालको अबज्ञा गरेको भन्दै कार्यालयमा काम गरिरहेका अवस्थामा कर्मचारीहरुमाथि कुटपिट गरेपछि पर्वतका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु माओवादीको विरुद्धमा आन्दोलित बनेका छन् । माओवादीले नागरिक सर्वोच्चताका लागि तेश्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत घोषणा गरेको तीन दिन आमहड्तालको दोश्रो दिन गत सोमबार मालपोत कार्यालयका पाँच कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीहरुले अन्य जिल्ला शिक्षा कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालयमा समेत पसेर काम गरिरहेको अवस्थामा कर्मचारी माथि धम्कीपूर्ण व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । माओवादी कार्यकर्ताबाट मालपोत कार्यालयका लेखापाल कृष्ण शर्मा नासु धर्मदत्त शर्मा खरिदार मातृकाप्रसाद रिमाल कम्प्युटर अपरेटर राजिव शर्मा र कार्यालय सहायक कृष्ण गौतम माथि हातपात गरेका थिए ।नेपाल निजामति कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन द्वारा संयुक्त रुपमा आयोजित उक्त धर्ना कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठनले भने सहभागिता जनाएको थिएन । कर्मचारीहरुले दोषीमाथि कडा कारवाहीको माग गर्दै जिल्लाका सबै सरकारी कार्यालयमा काम बन्द गरि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत कर्मचारीले बुधबार दुई घण्टा जिल्ल्ाा प्रशासनमा धर्ना समेत दिएका छन् भने विहिबार १० बजे देखि १२ बजेसम्म कमल बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । ुयो समयसम्म दोषीमाथि कार्बाही नभए हामी थप संघर्षका कार्यक्रम घोषणा गर्ने छौंु कर्मचारी संगठनका अध्यक्ष रामजीप्रसाद पौडेलले बताए । उनीहरुले राजनैतिक दल र कर्मचारीका पेशागत संगठनले समाधान ननिकाले सम्म काममा नफर्कने भन्दै समस्या समाधानका लागि पहल गरिदिन प्रुमख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । कर्मचारीको सुरक्षाकॊ प्रत्याभुति नभएसम्म आन्दोलन नरोकिने नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष परशुराम पुरीले बताए ।

Dec 21, 2009

पर्वत सदरमुकाम तनावग्रस्त

 आमहड्तालको अबज्ञा गरेको भन्दै सरकारी कार्यालय बन्द गराउन हिडेका तीन जना एकिकृत माओबादीका कार्यकर्ता गिरफ्तार भएका छन । जिल्ला शिक्षा कार्यालय भित्र पसी कर्मचारीलाई हातपात गरेको भन्दै माओबादी कार्यकर्ता गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेमा इलाका सेक्रेटरी रामप्रसाद शर्मा ध्रुब कार्की र सन्तोष नेपाली रहेका छन । 
यसैगरी बन्द अबज्ञा गरी काम गरेको आरोपमा नेपाल बैंक लिमिटेड पर्वतका प्रबन्धक लिलाराज ढकाल जिल्ल्ाा मालपोत कार्यालयमा पाँच जना र जिल्ला शिक्षा कार्यालय पर्वतमा एक जनालाई बन्द आब्हान कार्यकर्ताले हातपात गरेका छन । घटनापछि पर्वतको सदरमुकाम कुस्माबजार तनाबग्रस्त बनेको छ । 

कांग्रेसका आधादर्जन कार्यकर्ता माओवादीको कालोसूचिमा

पर्वत ६ पुस
एकिकृत नेकपा माओवादीले तेश्रो चरणको आन्दोलनको दोश्रो दिन नेपाली कांग्रेस पर्वतका आधादर्जन कार्यकर्ताहरुको नाम कालोसूचिमा समाबेश गरी एक सभाबीच सार्वजनिक गरेको छ । माओवादीले शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने दुस्प्रयास गरेको भन्दै कांग्रेसका जिल्ला सदस्य रामचन्द्र जोशी सहित विभिन्न अन्य भातृसंगठनमा आवद्ध कार्यकर्ताहरुको नाम कालोसूचिमा समाबेश गरेको हो ।
सोमबार सभाषद् गुणाखर बस्यालको नेतृत्वमा सयौं कार्यकर्ताहरुको सहितको आन्दोलनकारी जमात कुश्माबजार परिक्रमापछि लोकतन्त्रचोकमा भएको कोणसभामा उक्त सूचि सार्वजनिक गरिएको थियो । कांग्रेस कार्यकर्ता युवराज जोशी दिपक पौडेल अच्युत तिवारी विष्णु पोखरेल विष्णु आचार्य लगायतको नाम कालोसूचिमा समाबेश गरिएको छ । 
संयुक्त जनआन्दोलन समिति पर्वतका सचिव यम विकले कालोसूचि सार्वजनिक गर्दै उल्लेखित व्यक्तिहरुले माओवादीले आह्वान गरेका कार्यक्रमलाई बेवास्ता गरेको र कार्यकर्तामाथि आक्रमण समेत गरेका कारण कालोसुचिमा समाबेश गरिएको बताउनु दिनुभयो ।
माओवादीले आइतबार सदरमुकाम कुश्माबजार स्थित नारायण उच्च माविका प्राचार्य बसन्तबहादुर सिके र शिक्षक गोविन्द पोखरेललाई बन्दको समयमा विद्यालय खोलेको भन्दै हात पात गरेका थिए । उता माओवादीले भने आफ्नो पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरुले ढुंगा बसा्रएको र सो क्रममा आफ्ना आधादर्जन कार्यकर्ता घाइते भएको जानकारी दिएको छ । 
सभामा बोल्दै पर्वत क्षेत्र नं। २ बाट निर्वाचित संविधासभा सभाषद् गुणाखर बस्यालले समग्र कांग्रेस र एमालेमध्ये केपी ओली गुठका कार्यकर्ताहरु आफ्नो विरुद्ध जाइलागेको आरोप लगाउनुभयो । 'कहिँकतै छन् भने ००७ सालका कांग्रेस र मदनभण्डारीको विचारमा हिड्ने एमालेहरु आन्दोलनका सहयोगी हु' उहाँले पर्वतमा ००७ सालका कांग्रेस नभएको समेत बताउनुभएको थियो ।

Dec 20, 2009

वाँसघारीवाट खसेर मृत्यु

पर्वत ५ पुस
पर्वत जिल्लाको शंकरपोखरी गाविस -५ स्थित पुर्कोटका एक ५५ वर्षिय व्यक्तिको वाँसको झ्याङ्गबाट खसेर आइतवार विहान मृत्यु भएको छ । 
मृत्यु हुनेमा स्थानीय मोहलाल खत्री रहेका छन् । गाईबस्तुलाई घाँस काट्न रुखमा चढेका खत्री खसेर घाईते भएपछि उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको मृतकका दाजु यज्ञवहादुर खत्रीले फोनमार्फत जानकारी दिएका छन् । 
खत्रीका अनुसार घाइते मोहलाललाई सदरमुकाम तर्फ लैजांदै गर्दा मुडिकुवा गाविसमा अवस्थित शारदा निमाविको प्राङ्गणमा उनको मृत्यु भएको थियो । उक्त घटनाका विषयमा प्रहरी अबेरसम्म बेखबर थियो ।

शिक्षक कुटिएको मानवअधिकारकर्मीहरुको विरोध

पर्वत ५ पुस
एकीकृत नेकपा माओवादीले आव्हान गरेको हड्तालका क्रममा बन्दकर्ताको कुटपिटबाट पर्वतको सदरमुकाम कुस्माबजार स्थित नारायण उच्चमाबिका दुई शिक्षक कुटिएका छन् । शिक्षक माथि भएको कुटपिटको विरोधमा पर्वतमा कि्रयाशिल विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुले विरोध जनाएका छन् । 
आइतबार विहान सदरमुकाम कुश्माबजार स्थित नारायण उच्च माविका प्राचार्य तथा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष वसन्तवहादुर सिके र सोही बिद्यालयका शिक्षक तथा नेपाल पत्रकार महासंघ पर्वतका कार्यसमिति सदस्य गोविन्द पोखरेल माथि माओवादी कार्यकर्ताले कुटपिट गरेका थिए । सो को विरोधमा नागरिक साजाल पर्वत नेपालपत्रकार महासंघ पर्वत मोदीकाली साप्ताहिक मानवअधिकार तथा शान्ति समाज पर्वत नेपाल बार एशोसिएसन इन्सेक प्रतिनिधिको कार्यालय पर्वत मानवअधिकार तथा जनसरोकार समिति पर्वत र गैरसरकारी संस्था महासंघ पर्वतले संयुक्त विज्ञप्ति जारी गरी घटना प्रति विरोध जनाएका छन् । 
बन्दको नाममा माओवादीले नागरिकहरुलाई स्वतन्त्ररुपमा हिडडुल गर्ने व्यापार व्यावसाय गर्ने अधिकारबाट बिाचत बनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति मार्फत उनीहरुले घटनामा संलग्न दोषीलाई कार्बाही गर्न समेत सरकारसमक्ष माग गरेका छन् ।
घाईते शिक्षक पोखरेललाई उपचारका लागि पर्वत जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने सिके को अवस्था सामान्य रहेको छ । वन्द गर्न आग्रह गर्दै हिडीरहेको जुलुसले विद्यालयमा पठनपाठन भैरहेको देखेपछि बिबाद भएको थियो । हड्तालका दिन विद्यालय नखोल्न प्राचार्य सिके समक्ष अनुरोध गर्दा शिक्षक पोख्रेलले मानवअधिकारकर्मीको धाक देखाएर चर्का कुरा गरेपछि कार्यकर्ताहरु आक्रोशित बनेको माओवादी जिल्ला सेक्रेटरी कृष्ण विकले जानकारी दिनुभयो । उहाँले कार्यकर्ताहरुले सामान्यरुपमा हातपात गरेको स्वीकार्नुभयो ।

Dec 17, 2009

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

पर्वत १ पुस
चितुवाको आक्रमणबाट पर्वतमा एक बालिकाको मृत्यु भएको छ । बुधबार जिल्लाको शंकरपोखरी गाविस ३ सिम्खेतका रामप्रसाद अधिकारीकी १४ बर्षिय छोरी सुनिता अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 
घरको पिढीमा बसिरहेको अवस्थामा साँझ साढे ६ बजेको समयमा चितुवाले सुनितालाई आक्रमण गरी मारेको थियो । सुनिताका काका हरि अधिकारीले उनलाई बचाउन चितुवाको पछि लाग्दा चितुवाले घरबाट दुईसय मिटर तल मारेर छाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालयबाट चितुवा नियन्त्रणमा लिनका लागि हतियार सहितको सुरक्षाकर्मी टोली घटनास्थलतर्फ पठाएको प्रहरी निरिक्षक कमानिसंह खड्काले जानकारी दिए ।
पर्वतको सुदुरउत्तरी गाविस थापाठाना कार्किनेटा शंकरपोखरी खौलालांकुरी मुडिकुवा लगायतका गाविसमा विगत दुई महिनादेखि चितुवाले आतंक फैलाउँदै आएको छ । गत मंसिर ४ गते चितुवाकै आक्रमणबाट कार्कीनेटा ५ का शिवप्रसाद पौडेलका छोरा सुजन पौडेलको मृत्यु भएको थियो । 
गाउँलेहरु त्रसित बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चितुवालाई मार्न आदेश दिएको थियो । केही दिन पहिला पाङ्गराङ्ग गाविसमा वाख्ा्रा खाँदै गरेको अवस्थामा स्थानीयवासी र प्रहरीले घरेलु हतियार प्रयोग गरी एउटा चितुवा मारेका थिए । 

Dec 16, 2009

पर्वत जेसिजको अध्यक्षमा कर्माचार्य

 पर्वत २८ मंसिर 
पर्वत जेसिजको १३ औ अधिबेशनबाट अध्यक्ष पदमा प्रकाश कर्माचार्य निर्बीरोध निर्बाचित हुनुभएको छ । पर्वत जेसिज अध्यक्षीय क्लबको अध्यक्षमा भने निर्मल बिश्वकर्मा निर्बाचित हुनु भएको छ । 
नबनिर्बाचित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा बद्रीनारायण पौडेल र गणेश खत्री महासचिबमा बैभबदिप श्रेष्ठ सहसचिबमा राजन जोशी कोषाध्यक्षमा दिपेन्द्र केसी सहकोषाध्यक्षमा दिपक केसी निर्बाचित भएका छन । 
त्यसैगरी तालिम निर्देशकमा रामु शर्मा शाखा सम्पादकमा शिबप्रसाद सुबेदी उपाध्यक्षमा मदन गुरुङ्ग जीवन पुन र अशोक गुरुङ्ग निर्देशकमा माया अधिकारी र निरज श्रेष्ठ आर्थिक अभिबृद्धि संयोजकमा बिनोद कर्माचार्य सदस्यता अभिबृद्धि संयोजकमा सचिना श्रेष्ठ महिला कार्यक्रम संयोजकमा सरुमाया पौडेल खेलकुद संयोजकमा युबराज पुन र प्रकरण निर्देशकमा दामोदर पौडेल निर्बाचित हुनुभएको छ । 
यस अघि अधिबेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पूर्व उपाध्यक्ष वसन्तकुमार कर्माचार्य अधिवेशनका निर्देशक विष्णुप्रसाद नेवार मानार्थ सदस्य वसन्तवहादुर सिके नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायल लगायतले वोल्नुभएको थियो । 
वर्ष २००९का अध्यक्ष अर्जुनप्रसाद चापागाईको अध्यक्षतामा सम्प्ान्न कार्यक्रमको स्वागत कार्यकारी उपाध्यक्ष मातृकाप्रसाद लामिछाने र संचालन महासचिव राजन जोशीले गर्नुभएको थियो ।

सालको पात सालैको टपरी

सन्तोष थापा/पर्वत १ पुस
पुराना पुस्ताहरुले सिर्जना गरेको कार्यलाई आधुनिकताले ढाकछोप गर्दै गएपछि दुनाटपरीको चलनचल्ती समेत हराउँदै गएको अवस्थामा यहाँका महिलाहरुले भने व्यावसायिक रुपमा उद्योग साचालन गरेर सालको पातबाट दुनाटपरी निर्माण कार्य शुरु गरेका छन् । 
गाउँ गाउँमा घरेलु उद्योगहरुको स्थापना क्रम बढ्दै गइरहेका बेला पर्वतको पकुवा गाविसमा हालैमात्र टपरी उद्योग साचालनमा आएको छ । बनजंगलमा झरेर सडेर गएको बनस्पतिहरुको उपयोग र प्रर्बद्धनसँगै उक्त गाविसमा दुनाटपरी उद्योग साचालनमा आएको हो । 
विगत केही बर्ष अघिसम्म महिलाहरुले दुनाटपरी बनाएर पुजाआजामा थाल र कचौराको रुपमा प्रयोग गरिदै आएपनि पछिल्लो समयमा बजारीय सामाग्रीहरुका कारण दुनाटपरीको चलन हराउँदै गएको थियो । पकुवा ७ का महिलाहरुले स्थानीय उत्पादनको उपयोग गरौं भन्ने मुख्य लक्ष्यका साथ बजारीय सामाग्रीको न्युनिकरणका लागि आफ्नै सकि्रयतामा गाउँमा टपरी उद्योग साचालनमा ल्याएका हुन् । 
महिलाहरुले दुनाटपरी उद्योग खोलेपछि आम्दानी बढ्ने विश्वासमा छन् । लघु उद्यम बिकास कार्यक्रम तथा स्थानीय गैर सरकारी संस्था सेवा नेपालको सहयोगमा ४० हजार रुपैयाँमा मेशिन खरिद गरिएको छ । महिलाले भोज भतेरहरुमा धेरै टपरीहरु चाहिने र बनाउन झण्झटिलो भएको कारण यसको माग बढ्ने बिश्वास लिएका छन् । ुहामीले फुस्रदको समय उपयोग गरेर राम्रै आम्दानी गर्ने बिश्वास लिएका छौ ।’ स्थानीय महिला उद्यमी मीनकुमारी मल्लले भनिन् ।
पुजाआजा बिबाह र ब्रतबन्ध जस्ता कार्यमा भाँडाकुँडाको प्रयोगगर्दा त्यसको सफाईका लागि महिलाहरुले नै सास्ती खेप्नुपरेको र टपरी बनाउन थालेपछि महिलाहरु उक्त झण्झटबाट समेत मुक्त हुने उनीहरुको आशय छ । ुभोजभतेर लाउँदा प्रयोगमा आएका भाँडाहरु सफाईका लागि महिलाहरुलाई नै अघिसारिन्थ्यो’ अर्की उद्यमी गुमाकुमारी शर्माले भनिन् 'दुनाटपरीको प्रयोग बढेपछि महिलाहरुले त्यो कुराबाट मुक्ति पाउनेछन्’ उनले भनिन् ।
उत्पादित टपरीको गाउँमा मात्र नभएर शहरका तारे होटलमा समेत माग भएकाले उद्योग सफल हुने बिश्वास उनीहरुको छ ।'हामीले बनाएका दुना टपरीहरु बिकि्रमा समस्या देखेका छैनौ ।’ शर्माले भनिन् । उनीहरुले उत्पादित टपरीलाई घरेलु सामाग्री विकि्रका लागि सदरमुकाम कुश्मा पोखरा लगायतका ठाउँहरुमा खोलिएका विकि्र केन्द्रबाट बिक्री गर्ने योजना बनाएका छन् । 
टपरी बनाउनको लागि आवश्यक पर्ने पात स्थानीय कपासे सालघारी सामुदायीक बनबाट निशुल्क उपलब्ध गराउने भएको छ । यो जिल्लाको दोस्रो ठुलो सालघारी बन हो । महिलाहरुलाई प्रोत्साहित गर्नको लागि पात निशुल्क रुपमा दिने योजना बनाएको कपासे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जगत बम मल्लले बताए । 
सालको पातबाट बनेका टपरीको माग बजारमा समेत बढेकाले महिलाको लागि उद्यम स्थापना गर्न सहयोग पुर् याइएकॊ सेवा पर्बतका कार्यक्रम संयोजक युधिष्ठिर शर्माले बताए । 'यो उद्यमले विपन्न महिलाहरुको आर्थिक अवस्था उकास्न सहयोग पुर् याउने छ ।’ उनले भने । 

Dec 14, 2009

सेनाबिरुद्ध सर्वसाधारण सडक र प्रशासनमा


सन्तोष थापा/पर्वत २९ मंसिर
पर्वत जिल्लाको देबिस्थान गाबिसमा रहेको माझीगाउँ चौरमा नेपाली सेनाको नयाँ भैरबी दल गुल्मलाई स्थानान्तरण गर्ने तयारी भएपछि स्थानियबासीले सेनाको बिरोध गर्दै सोमबार सडक र प्रशासनमा आबाज बुलन्द पारेका छन् ।
सदरमुकाम कुश्माबजारको गोदाममा रहेको नयाँ भैरवीदल गुल्मलाई स्थान्तरण गरी उक्त चौरमा लैजाने प्रकि्रया शुरु भएपछि स्थानीयबासीहरुले सोको विरोध गरेका हुन् । खेलमैदानको रुपमा बिकास गरिदै लगेको उक्तचौरमा सेना राख्दा खेलकुद गतिबिधि ठप्प हुने र गौचरण समेत नासिने भएपछि देबिस्थान -८ का बासिन्दाले नाराजुलुस गर्दै बिरोध प्रर्दशन गरेका हुन् । 
माओवादीको तर्फबाट पर्वत क्षेत्र नं २ बाट संविधानसभा सभाषद्मा निर्वाचित गुणाखर बस्यालले आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सेनाले सोही चौरमा चार दिन देखि अभ्यास तालिम गरेपछि सेनाको क्याम्प राखिएको भन्दै तत्काल हटाउन गाउँलेले जिल्ला प्रशासन कार्यालय पर्वतमा धर्ना समेत दिएका छन् । 
नयँँ भैरबीदल गुल्मका गुल्मपति दिरेन्द्र मल्लका अनुसार चार दिने बढुवा तालिम को अभ्यासका लागि मात्र खेल मैदानमा सेना पुगेको बताउनुभएको छ । मंगलबार तालिम सकि सेना फर्कने तयारी गरेको उहाँले बताउनुभयो । 
माझीगाउँ चौर जिल्लाको एक मात्र खेलमैदान र फराकिलो क्षेत्रफल भएको स्थान हो । सदरमुकाम कुस्माबजारको बडागाउमा खेलकुद बिकास समितिको नाममा रहेको ८३ रोपनी खेल मैदानमा एक दशक पहिले शसस्त्र प्रहरीको चण्डिका गण राखिएपछि बैकल्पिक रुपमा यसलाई खेल मैदान बनाउन शुरु भएको थियो । करिब साढे ७२ रोपनीमा फैलिएको यो चौरमा एथलेटिक्स फुटबल जस्ता जिल्लास्तरीय प्रतियोगिताहरु आयोजना हुँदै आएका थिए । 
स्थानियबासीले खेलकुद मैदानमा सेनाको गुल्म स्थानान्तरण गर्ने निणर्य तत्काल फिर्ता गर्न माग गरेका छन । सेना बस्दा चौरको छेउमा रहेका एक सय घरपरिवारको घर नै नाकाबन्दीमा पर्ने गाई भैसी समेत फुकाउने ठाउँ नहुने खेलकुद मैदान निर्माण समितिका सचिब नारायण श्रेष्ठले भन्नुभयो । ुहामीले कुनै पनि हालतमा सेना राख्न दिदैनौ त्यसका लागि जुनसुकै मुल्य चुकाउन पनि तयार छौ ।ु उहाँको जिकिर थियो । 
सेनाको गुल्म स्थानान्तरणको बिरोधमा उत्रिएका स्थानियबासीले खेलकुद मैदान बनाउन भने गत बर्ष सहमति दिएका थिए । स्थानिबासीको सहमति पछि जिल्ला खेलकुद बिकास समितिले साढे तीन लाखको लागतमा मैदान सम्म्याउने काम समेत गरेको बिगठीत समितिका अध्यक्ष देबेन्दराज पाण्डेले बताउनुभयो । २०१८ साल देखि ब्यक्तिको नाममा दर्ता भएको उक्त चौर सन्धि सर्पन भएको भन्दै स्थानियबासीले अदालतमा मुद्दा चलाएका थिए । बिभिन्न तहका अदालतको प्रकृया पुरा गर्दै २०५९ सालमा सर्बोच्च अदालतले सन्धिसर्पन नै कायम हुने फैसला गरेपछि बिबाद टुंगिएको थियो ।

Dec 12, 2009

पर्वत जेसीजको अधिवेशन शुरु

सामाजिक कार्यमा कि्रयाशिल युवाहरुको संस्था जेसीज पर्वतको १३ औ जिल्ला अधिवेशन तथा १४ औ वार्षिक साधारण सभा शनिवारदेखि शुरु भएको छ । 
अधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेले गर्नुभएको हो । उद्घाटन सत्रमा वोल्दै वक्ताहरुले युवाहरुले सामाजिक विकृती उत्मुलनमा एकजुट भएर लाग्नुापर्ने विचार व्यक्त गरेका छन् । युवाहरु विधिको शासनभित्र रहेर समाजमा स्वास्थ्य शिक्षा सरसफाई लगायत युवाहरुको क्षमता र नेतृत्व विकासमा सहयोग गर्नतर्फ अग्रसर हुन सुझाव दिएका छन् । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पूर्व उपाध्यक्ष वसन्तकुमार कर्माचार्य अधिवेशनका निर्देशक विष्णुप्रसाद नेवार मानार्थ सदस्य वसन्तवहादुर सिके नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायल लगायतले वोल्नुभएको थियो । 
वर्ष २००९का अध्यक्ष अर्जुनप्रसाद चापागाईको अध्यक्षतामा सम्प्ान्न कार्यक्रमको स्वागत कार्यकारी उपाध्यक्ष मातृकाप्रसाद लामिछाने र संचालन महासचिव राजन जोशीले गर्नुभएको थियो । अधिवेशनको २०१० का लागि नेतृत्व चयनका लागि वन्दसत्र संचालन भएको कार्यक्रम संयोजक प्रेमकुमार गुरुङ्गले जानाकारी दिनुभएको छ । 

पर्वतमा पन्ध्र वर्षपछि विद्यालय सुपरिवेक्षण शुरु

सन्तोष थापा/ पर्वत २७ मंसिर
पर्वतमा १५ बर्षपछि विद्यालय सुपरिवेक्षण कार्य शुरु गरिएको छ । शिक्षा कार्यालयको प्रत्यक्ष निगरानी नहुँदा शैक्षिक स्थितिमा ह्रास आएको अवस्थामा पर्वतमा लामो समयपछि अनुगमन गर्न थालिएको हो । 
विस्तारै गाउँगाउका विद्यालयमा शैक्षिक स्थिति विग्रदै गएपछि १५ वर्षपछि जिल्ला शिक्षा अधिकारी सहितको टोली अनुगमन अभियानमा लागेको हो । डेढ दशक सम्म दुर्गम गाउँमा पुगेर कक्षा अबलोकन र बिद्यालयको अनुगमन नगरेका जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु यतिबेला गाउँ पुगेर शैक्षिक र भौतिक स्थितिको अध्यन गरेका हुन् । 
जिल्ला शिक्षा कार्यालय पर्वतले दिएको जानकारी अनुसार कार्तिक महिनाबाट शुरु भएको अभियान अहिले मध्य क्षेत्रमा आइपुगेको छ । जिल्लाका ५५ गाबिसमा रहेका तीनसय ३६ बिद्यालय मध्ये अहिलेसम्म करिब एकसय बिद्यालयमा अनुगमन सकिएको छ । बिद्यालयका निरीक्षकहरुले अहिलेसम्म कक्षा अबलोकन गरेका थिएनन् । 
उत्तरको लेकफाँट गाबिसमा रहेको हिमालय प्राबिमा १६ बर्षपछि जिशिअ र निरीक्षक पुगेका छन् । अहिले मध्य भागका पकुवा ठुलीपोखरी पिपलटारी शंकरपोखरी थापाठाना गाबिसमा बिद्यालय निरीक्षणको काम भैरहेको छ । बिद्यालयमा निरीक्षण अभियान शुरु भएपछि धेरै सुधार भेटिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट ले बताए ुअहिले सम्म फलोअप भएको छैनु उनले भने ु हामी पुगेपछि बिद्यालय ब्यबस्थापन समितिको बैठक बसेर सुधारका लागि प्रयास भैरहेको जानकारी आएको छ ।ु 
अभियान पछि स्रोत ब्यक्तिहरुले पनि महिनामा कम्तीमा सात दिन बिद्यालयमा कक्षा अबलोकन गर्नै पर्ने ब्यबस्था गरिएको छ । बिद्यालयमा देखिएका सुधारहरुलाई अन्यत्र बिद्यालयमा पनि लागु गर्न पहल भैरहेको उनले बताए । ुबिद्यालयमा पुग्ने कक्षा अबलोकन गर्ने र बिद्यालयमा देखिएका उपलब्धि र कमजोरीहरुलाई नजिकैबाट नियाल्ने काम भएको छ ।ु उनले भने । 
कार्यालयले सबै गाबिस र बिद्यालयमा पुग्ने अभियान शुरु गरेको छ । गाउँमा रहेका सरकारी बिद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट अनुगमन नहुँदा शैक्षिक गुणस्तर देखि बिद्यालयको स्तर सम्म खस्केको बेला अनुगमन प्रभाबकारी देखिएको छ ।

पर्यटक तान्न घरघरमा 'होम स्टेु' सुविधा


पर्यटक तान्न घरघरमा ुहोम स्टेु सुविधा 
सन्तोष थापा÷पर्वत २७ मंसिर 
तपाई पाचासे यात्राको तयारीमा हुनुहुन्छ यदि जाँदै हुनुहुन्छ भने गास बास र कपासको चिन्ता नलिनुस् तपाईलाई यिनै सेवासुविधा दिलाउन पाचासे वरपरका बासिन्दाहरु आतुर बनिरहेका छन् । पर्वतको चित्रे र कास्कीको भदौरेका बासिन्दाहरु तपाईको स्वागतका लागि ुहोम स्टेु सुविधासहित तयार रहेका छन् । 
विगतमा यिनै सेवा सुविधा उपलब्धि नभएपछि पाचासेमा पर्यटकको संख्यामा बृद्धि हुन नसकेपछि अहिले प्रभावित क्षेत्रका बासिन्दाहरु पर्यटक आकर्षण गर्ने होडमा लागिपरेका छन् । स्थानीयबासीहरु लागिपरेपछि पर्वत कास्की र स्याङजा गरी तीन जिल्लाको संगममा २५ सय १७ मिटर उचाईमा रहेको पाचासे क्षेत्र ग्रामिण पर्यटनको नमुना बन्न थालेको छ । 
पाचासे र वरपरका गाउँमा ग्रामिण पर्यटनका लागि पुर्बाधारको बिकास गरिएकाले नयँँ गन्तब्य बन्न लागेको हो । पदयात्राका लागि ख्याति कमाएको प्राकृतिक र जैबिक बिबीधताले भरिपुर्ण पाचासे क्षेत्रमा पर्ने पर्वतको आर्थर र चित्रे गाबिस तथा कास्कीको भदौरे गाबिसमा पर्यटकका लागि ुहोमस्टेु सुबिधा शुरु भएको छ । 
पाचासेको विकासमा कि्रयाशिल माछापुच्छ्र्रे विकास संघ र पाचासे धार्मिक एवं पर्यटकीय क्षेत्र विकास समितिको पहलमा स्थानीय गुरुङ्ग समुदायको बाहुल्यता भएका बस्तीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि घरमै बसेर खाने साँस्कृतिक र मौलिक पहिचान झल्कने लोकसंस्कृति देखाउने ब्यबस्थ्ा समेत मिलाईएको छ । पाचासे अवलोकनका लागि आउने पाहुनाहरुलाई हामीले आवश्यकता अनुसारको मनोराजन दिलाएर खुशी पार्ने गरेको पाचासे पशुपालन समुहकी सचिव हितमाया गुरुङले बताइन् ुगुरुङ भाषाका गीत गाएर नाचेर अतिथिको स्वागत गर्छौु गुरुङले भनिन् । उनीहरुले स्थानीयस्तरको परिकार उपलब्ध गराउने उनले बताइन् ।
चित्रेका एक दर्जन भदौरेका दुई दर्जन र आर्थर गाबिसमा त्यति नै संख्यामा घरहरुमा आन्तरिक तथा वाह्य पर्यटकका लागि सुविधायुक्त वातावरण तयार गरिएको छ । पाचासे क्षेत्रको एक गाउँमा बास बसेपछि दिनभर पाचासेको पदयात्रा सकेर साझ अर्को गाउमा पुगेर बिश्राम लिन सक्ने ब्यबस्था मिलाइएको पाचासे क्षेत्र बिकास समितिका अध्यक्ष गोपाल गुरुङ्गले बताए । 
तस्विरः पर्यटकका लागि होमस्टे निर्माण भएका कास्कीको भदौरे देउराली गाउँ ।

स्वयंसेविकालाई अपाङ्ग व्यवस्थापन सम्बन्धि सचेतना

पर्वत २७ मंसिर

पर्वतको सुदुरदक्षिणका तीन गाविसमा कार्यरत स्वयंसेविकाहरुलाई अपाङ्गता सम्बन्धि सचेतना कार्यक्रम साचालन भई सम्पन्न भएको छ । अपाङ्गबाल अस्पताल पुनस्थार्पना केन्द्र बनेपा बाग्लुङको सहयोगमा इन्प्रेड नेपाल र अपाङ्गउत्थान समाज पर्वतको संयोजनमा शुक्रबार भएको उक्त कार्यक्रममा फलामखानी लुंखु र पाखापानीका २७ जना महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । 

स्वयंसेविकाहरुले सामाजिक रुपमा सचेतना जगाउन सहयोग पुर् याउने मुल उद्देश्यले उनीहरुलाई अपाङ्ग व्यवस्थापन सम्बन्धि सचेतना जगाएको अपाङ्ग बाल पुनस्र्थापना केन्द्र बाग्लुङका लक्ष्मण थापाले जानकारी दिए । सामाजिक रुपमा अपाङ्गहरु अपहेलित बनेका र त्यस्ता कार्यलाई निरुत्साहित गर्न सहयोग पुर् याउन स्वयंसेविकालाई सचेतना जगाएको उनले बताए ।

कार्यक्रममा पुनस्र्थापना केन्द्र बनेपा बाग्लुङका लक्ष्मण थापा र जीवन केसीले सहजीकरण गर्नुभएको अपाङ्ग उत्थान समाजका सामाजिक परिचालक यज्ञ पौडेलले जानकारी दिए ।

जिल्ल्ााकै नमुना प्राविमा कम्प्युटर शिक्षा
सन्तोष थापा/ पर्वत २७ मंसिर
स्रोत केन्द्र स्तरीय जुनसुकै प्रतिस्पर्धामा पनि उत्कृष्ठ शैक्षिक सामाग्री प्रदर्शन गरेर नमुना प्रावि बन्न सफल पर्वतको एक प्राथमिक विद्यालयले कम्प्युटर शिक्षा थालनी गरेको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्राविधिक शिक्षा दिने उद्देश्यले चित्रे गाविसको पाचकोशी प्राविमा कम्प्युटर शिक्षा दिन थालिएको हो । 
चन्दा र भैलो खेलेको रकमवाट स्थापना भएको उक्त विद्यालयलॆ विद्यार्थीहरुलाई विगत एक वर्षदेखि कम्प्युटर शिक्षा दिन थालेको हो । विगत २० वर्ष अगाडि स्थापना भएको सो विद्यालय शैक्षिक भौतीक तथा व्यवस्थापनका हिसावले स्रोत केन्द्र अन्तर्गतका २९ विद्यालय मध्ये नमुना मानिएको छ । 
स्थानीय दलवहादुर गुरुङले २ रोपनी जग्गा दिएर शुरु गरिएको सो विद्यालयमा अहिले गाउँका ८२ जना विद्यार्थीले पठन पाठन गर्दै आएका छन् । विद्यालयमा कम्प्युटर शिक्षा सँगै अंग्रेजी माद्याममा पढाई शुरु गरिएको छ । 
विद्यालयले रुम टु रिडको सहयोगमा पुस्तकालयमा पनि स्थापना गरेको छ । पुस्तकालयमा दुई हजार भन्दा वढि विभिन्न विधाका पुस्तकहरु राखिएको र विद्यार्थी तथा स्थानीय अभिभावक युवाहरुले दैनिक अध्ययन गर्ने गरेका छन् । पुस्तकालयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका समेत दैनिकहरुमा आउने गरेको शिक्षक मधुसुदन अधिकारीले जानकारी दिए । 
जिल्ला शिक्षा कार्यालयको सहयोग र स्थानीयवासीहरुको सकि्रयतामा भैलो खेलेर भवन स्थापना गरिएको प्राविमा सुविधायुक्त कक्षाकोठा आरामदायी फर्निचर छुट्टाछुट्टै ट्वाईलेट वाथरुमको सुविधा खेलकुद तथा मनोराजनका सामाग्रीहरु पनि पर्याप्त मात्रामा उपलव्ध रहेका छन् । कम्प्युटर शिक्षा साचालन भएपछि बालबालिकाहरु अन्य खेलकुद तर्फभन्दा कम्प्युटरमा नै समय विताउने गरेको शिक्षक अधिकारीको भनाई छ ुबालबालिकाहरुले खेलकुदको समयलाई कम्प्युटरमा नै खर्चने गरेका छन्ु उनले भने । 
चित्रे १ मा रहेको उक्त विद्यालयको व्यवस्थापनका लागि गाउँबाट विदेशिएका नागरिकहरुले सहयोग गरिरहेका छन् । गाविसका रहेका ३० भन्दा बढी घरधुरी मध्ये प्रत्येक घरबाट एकजना बाह्य मुलुकमा रोजगारीका लागि गएको र उनीहरुको सहयोगले थप व्यवस्थापनका लागि सहज भएको प्रधानध्यापक शुशीला गुरुङले बताईन् । ुअभिभावकहरुको पर्याप्त सहयोगले नै विद्यालय नमुना बनेको होु उनले भनिन् । 

Dec 7, 2009

यात्रा पन्चासेको, नेता छोडेर लेकका समाचार


पत्रकारको जात नै कस्तो अप्जसे गरेपनि सुख छैन नगरेपनि सुख छैन । सँधैभरी पत्रकारलाई औपचारिक कार्यक्रममा खानाखाने समयपछि बोलाएर दर्जनौं बक्ताहरुको फुस्रा मन्तव्यपछि खाजा खाने समय अगाडि बल्ल छाड्ने गरेका राजनीतिक दलहरु हामीप्रति आक्रोशले चुर परेकै होलान् यतिबेला । कहिले सत्रुत्व त कहिले मित्रभाव दर्शाउने राजनीतिक दलका नेता कार्यकर्ता आफुले बोलाएको र खोजेको समयमा पत्रकारको उपस्थिति नपाउँदा पक्कैपनि सोझो मनले सोचेका थिएनन् हामीलाई ।
१९ मंसिरको दिन जुनदिन म संगै पर्वतलाई कार्यक्षेत्र बनाएर विभिन्न साचारमाध्याममा काम गर्ने आधादर्जन सहपाठी लगायत कास्की र स्याङजाका पत्रकारहरुको पन्चासे क्षेत्र अवलोकनका लागि संयुक्त साचारकर्मी यात्रा तय भएको थियो । अपसोच ! सोही दिन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता प्रदिप ज्ञवाली छुट्टाछुट्टै कार्यक्रमका लागि जिल्ला भित्रिने दिन जुरेछ । हामीलाई पन्चासे अवलोकन यात्राको लागि एक साता अगाडि नै खबर आइसकेको थियो हामी सोही अनुसार तयारीमा जुटेका थियौ तर सँधै भरी फोनको भरमा कार्यक्रममा डाक्ने गरेका राजनीतिक दलहरु अचानक कार्यक्रमको अघिल्लो दिन मात्रै धमाधम फोन गर्ने होडमा लागे अनि हामीलाई के थाहा त ुतपाईहरु त भोलि पाचासे जाने रहेछ नि हाम्रो नेता ज्यु आउँदै हुनुहुन्थ्योु एमाले सम्बद्ध एक कार्यकर्ताले फोनमार्फत भने ुतै त सर पहिल्यै खबर पाउनुपाएको भए त यात्रालाई मिलाउन पनि सकिन्थ्यो होला निु मैले उनलाई सहानुभूति दर्शाएँ । उता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रमको निम्तोलाई पनि अघिल्लो दिनमा नै विट मारिसकेका थियौ हामीले । फेरि यो संकालु मनमा डरको पनि आभास भैरहेको थियो 'कतै नेताहरुको समाचार नपठाएको भन्दै सम्पादक ज्युको भनाई खानुपर्ने त होइन' तर यसको विकल्प पनि यो मनमा तत्कालै उब्जियो 'नेताहरुको भाषण लेखेर मात्रै हामीले पत्रकारिता क्षेत्रमा छलाङ मार्न सक्दै' सम्पादक ज्युले भनेका यी वाक्यांश मेरा मनबाट समस्याको समाधानका रुपमा तत्कालै आए । अनि हामी शुभ प्रभातको यात्रा तय गर् यौ नेता छाडेर लेकका समाचार संकलन तिर ।
०००
चिसोको मौसम त्यसमा पनि नेपालकै धेरै पानी पर्ने ठाउँ कास्कीको लुम्लेलाई आधारभूमि बनाएर बाटो पार गर्नुथियो हाम्रो यात्रा । म लगायत अन्य मित्रहरु दुर्गा ओम घायल लक्ष्मण विमल र महिला पत्रकार माया सँगैका सहयात्री थियौं । लामो समय पैदलयात्रा गर्नुपर्ने र बाटोमा अनेकौ समस्याको सामना गर्नुपर्ने चुनौति हामीमा थियो हामीलाई अर्को पनि जानकारी थियो जुन कि अन्य जिल्लाबाट समेत महिला पत्रकारहरु जादैनन् भन्ने । ुबाटो लामो छ राती सम्म हिड्नुपर्छ माया तिमी जान सक्छौं ु सोही कुराको पुष्टि गर्दै साथी दुर्गाले सहयात्री बन्ने होडमा लागेकी मायालाई घुमाईफिराई अनुरोध गरे ुम पुरुष भन्दा के कम छु र तीन दिनको बाटो भोकै भएपनि हिड्छु उनी ज्वाप लगाउन सिपालु थिइन् । उनले महिला आरक्षणका कुरा दर्शाउन थालिन् हामी सहमत भयौं । यात्राको प्रारम्भ भयो यात्रा गर्ने अवसर जुराएको थियो माछापुच्छ्रे विकास संघ कास्कीले । हामी करिव आधा घण्टाको सवारी यात्रापछि कास्कीको लुम्लेकाँडे भन्ने स्थानमा पुग्यौं । किन कि स्याङजा कास्की र पर्वतका सवै साचारकर्मीहरुको मिलनबिन्दु त्यही तोकिएको थियो त्यस ठाउँमा पुग्दा साथीहरुको उपस्थिति भैनसकेको भएपछि हामी लुम्लेकाँडेको चिसोसँगै चियागफमा भुल्ने प्रयास गर् यौं केही छिन् सोही समयमा अचानक मोबाइलमा घण्टी बज्यो ुहामी त जाममा पर् यौं नि साथी हो अझै दुई घण्टा नखुल्ने रेु कास्की र स्याङजाको नेतृत्व गरेर आएका एक सहकर्मीले जानकारी गराए । चिया बाँकी नै थियो चियाका सुर्कीसँगै देश र राष्ट्रियताका बहस गर्न थाले मित्रहरु । कहिले नेपाल बन्द कहिले राजमार्ग बन्द त कहिले धर्ना-जुलुस ुउफ देशको स्थितिु धिक्कार्दै थिए सँगैका मित्र ओम घायल ।
ुहामी हिड्दै गरौँु चियाको अन्तिम घुड्कीसँगै एक जना मित्रको अचानक प्रस्ताव आउँछ ुजाडो छ कुर्नु भन्दा हिड्नुनै बेश हुन्छु हामी खुट्टालाई अगाडि लम्कायौं । गन्तव्य थियो पाचासे तर हामी गन्तव्यविहिन जस्तै थियौ पर्वतबाट सोझो बाटो हिड्दा पाँच घण्टाको यात्रा तय गरे पुग्नेमा घुमाउरो बाटो हिड्नु हाम्रो विवसता थियो । यात्रा निरन्तर चलिरह्यो संगैका मित्र लक्ष्मणको मोबाइलमा घण्टी बज्यो त्यो फोन उनले काम गर्ने साचारमाध्यामको थियो विद्युतीय साचारमाध्याममा काम गर्ने उनी अलि ठट्यौला पाराका थिए हुनपनि विस बाइसे उमेरमा पत्रकारिता क्षेत्रमा अल्झिएको जोवन । उनले मोबाइलको ुस्पिकर आउटु गरेर बोले ुकहाँ छौं तिमी जिल्लामा तेत्रा नेताहरु आकाछन्ु बढो कडाईका साथ निर्देशन आयो उनलाई ुखोइ समाचार पठाको ु उनले माफ माग्नु सिवाय विकल्प केही थिएन । म मनमनै घोरिएर सोचेँ आँफु भित्रको अन्तर्कथा अनि अन्तरमनका पानाहरु पल्टाई पल्टाई खोजेँ भविष्यका मार्गहरु । ुके यसरी नै चलिरहला त जीवन ु आफै प्रश्न गर्थेँ मन सँगै उत्तर र समाधानको भिख माग्थेँ ।
०००
कतै जंगल त कतै खर्क कतै उकाली त कतै ओराली कतै घाम त कतै छाँया प्रकृतिले हाम्रो लागि दिएका यी परिदृश्यसँग रुमलिँदै यात्रा गन्तव्य तिर लम्किँदै थियो । हिड्दा हिड्दा हामी छ घण्टाको बाटो पार गरिसकेछौं पिडा भित्रको हाँसो र छेउटुप्पा विनाका गफ हाम्रा खुराक बनेका थिए अन्य साथीहरुले गरेका छलफल र कुराकानीमा धाँजो हालेर हाँसोका रुपमा उडाइदिन्थे साथी लक्ष्मण । मलाई लाग्थ्यो लामो यात्रामा यसैमा थियो मज्जा । मौसम प्रतिकुलता सँगै हाम्रो अघिपछि तुवालो र कुइरोले छेकिरहेको थियो खेदिरहेको थियो । हिमाली दृश्य आफ्नो क्यामरामा कैद गरेर रोजीरोटी सोझाउने सोचमा रहेका पत्रकारहरुलाई कुइरो नै सत्रु बनेर पछ्याइरहेको थियो । सँधै भरी सदरमुकाममा बसेर होरे अरेका समाचार लेखेका पत्रकारलाई तुवालो र कुइरोले जिस्काइरहेको भान हुन्थ्यो । त्यो यात्रा जति छोटियो त्यति नै चुनौती थपिँइरहेका हुन्थे हामीमा । बल्ल तल्ल करिब सात घण्टाको पैदलपछि हामी एकै ठाउँमा मिसिएर परिचित हुन सफल भयौं । काँडे हुने भनिएको हाम्रो मिलनविन्दु भदौरे तमादीमा परिणत भयो ।
०००
कास्की जिल्लाको भदौरे । जुन ठाउँमा पुगेपछि हामी फुलमालाका ऋणी बन्यौ १३ जनाको साचारकर्मी टोली सहित २० जनाको जमात थियो हाम्रो । सवै सहयात्रीहरु फुलमालामा रमाइरहेका बेला म मा सोचाई पर् यो ुसमाज संस्कृति अनि परम्परा । यी शब्दहरु कस्ले निर्माण गर् यो र समाजमा कसरी लागु भएका होलान् ु गुरुङबस्तीमा पाहुनाको रुपमा स्वागत भई फुलमालाले पहिरिएपछि म एकोहोरिएँ लगत्तै मनलाई अन्तै भुलाउने प्रयास गरें । गन्तव्यसम्मका मार्गदर्शक भनेका हाम्रो लागि माछापुच्छे्र विकास संघका जिम्मेवार पदाधिकारीहरु नै थिए । यात्राको सेड्युलमा सामान्य परिचयात्मक कार्यक्रमपछि हाम्रो खाना खाने समय तोकिएको थियो । उकाली र ओरालीले गर्दा होला सवै साथीहरु आहाराको प्रतिक्षालाई लम्बाउने चाहनामा थिएनन् । गुरुङ समुदाय न हो पानी भन्दा पहिला नारेपा कोदोको रक्सी ले स्वागत भयो हामी संगैका कति मित्रहरुलाई आफ्नो चाहना अनुसारका परिकारहरु भन्न नपरी धमाधम टकारिँदा हौसिन्छिन् रौसिन्छन् । कतिपय साथीहरु तिनै रौसिएकाहरुलाई कुरा नै कुरामा उडाइरहेका हुन्थे । ुकालिज बनकुखुरा को मासु सँगै नारेपाको सुर्की ।ु विरामीले खोजेको पनि पानी बैद्यले बताएको पनि पानी भने झैं छुट्टै भिन्नै आनन्दमा रमाइरहेका छन् मित्रहरु । आफुलाई चोखिनिष्ट देखाउने साथीहरुले नारेपा पिउँदै गरेका साथीहरुलाई झस्काउँथे पनि । ुफोटो खिचेर फेसबुकमा हाल्नुपर्छु उनीहरु धाक दिन्थे । फेसबुकको नशा बसेका कतिसाथीहरु तसर्िन्थे पनि । ुकोल तै ु मोही छ गुरुङ समुदायको छेउछाउमा हुर्केर सदरमुकामलाई कर्मभूमि बनाएका दुर्गा नामका मित्रले खानाखाने क्रममा बीचबाट गुरुङमहिलाहरु समक्ष आग्रह पेश गरे । उनको आग्रहपछि गिलासमा मोही टकारियो । खानापछि त्यस गाउँलाई विदाई हात हल्लाउँदै हामी गन्तव्य तर्फ लम्कियौं ।
कुहिरो भित्रको सौन्दर्यताले हामीलाई अलिकति असन्तुष्टि पैदा गरेको थियो । किनकी सँधै भरी हिमालका चुचुराहरु ताक्ने क्यामराहरु चिसोले ओस्सिएर झोलामा थन्किएका थिए भने कति सहयात्रीहरुले निश्चित गन्तब्यका लागि व्याट्री जोगाउनका लागि थन्काएका थिए । मौसमले उचित साथ नदिएकोमा प्रकृतिसँग गुनासो गर्दै थिए केही मित्रहरु त्यहीबेला पाचासेको संरक्षणमा लागि परेका अर्जुन पौडेलले बीचबाटै उत्तर दिए ुमौसमले तपाईहरुलाई अर्कोपटकका लागि प्रतिक्षा गरिरहेको छु समुहमा नै हाँसो फैलियो । यात्राकै क्रममा हामी पाचासेको फेदीमा रहेको भदौरे २ देउरालीमा पुग्यौ । त्यहाँका महिलाहरुले आफ्नो संस्कृतिको संरक्षणका लागि गरेको पहल हाम्रो निम्ति केही खुराक बन्नेवाला थियो । स्थानीय गुरुङ महिलाहरुले आपुनो संस्कृतिका लोपोन्मुख सामानहरु संग्राहलयमा राखेका रहेछन् । संग्राहलयको अवलोकनपछि हामी अब निश्चित गन्तव्यमा सोझिने छौं । त्यहाँ पुग्न हामीलाई झण्डै तीन घण्टाको पैदल उकालो तय भइसकेको थियो । अब त पाहुनाका रुपमा गाउँलेहरुले स्वागत गरेर गलाभरी लगाइदिएका माला समेत भारी हुन पो लागिसकेछन् । सहयात्रीहरुले एकाएक गलाबाट माला झिकेर रुखमा झुण्डाउन थाले हामी पर्वते साचारकर्मी तिनै मालाको सदुपयोगमा लाग्यौ अनि मालैमालाले झाडी भित्रको खर्कमा कोर्यौ ुसाचारकर्मीु भनेर । साथीहरुका क्यामराले त्यो दृश्यलाई पन्छाउन सकेन । एकाएक क्यामरामा लिइहाले मित्रहरु । यात्रा गन्तव्यतिर उन्मुख बनिरहेको छ । बाटोमा दाउरा र घाँसका भारीसँगै युवायुवतीहरु उकाली ओराली गरेको देख्दा गाउँघरमा छँदाका विगतका दिनहरु मानसपटलमा उत्रिए । गाउँघरको उकाली ओरालीकै कारणले होला मलाई उकालीओरालीका गोरेटो त्यति कठिन लाग्दैनन् शहरबजारमा बसेर भुंडी बढाएकाहरु अलि असहज नै देखिन्थे । उकालीमा तिनीहरुका लागि हामीनै मार्गदर्शक बन्यौं । संगैका मित्र लक्ष्मणले भैंसी चराउन जाँदा घरगाउँमा उकाली ओराली गर्दाको क्षणमा पातबजाएको क्षणलाई विसे्रका रहेनछन् त्यसै त उकाली अनि बनको बाटो तै पनि साथीले खोजेजस्तो पात भेटाउन सकेनन् उनले झ्यानोको पात भएपनि मुखमा च्यापीहाले अनि गाउन थाले उही गाउँले देउरालीको सम्झनामा
डाँडैको देवी देउराली
माया हो पात बजाउँदै चढे है उकाली
मै बस्छु सम्झि झल्झली ॥

उनले बजाएको पातको सुरिलो धुनलाई मोबाइलमा कैद गर्न अन्य केही मित्रहरु अगाडि अगाडि त_िम्सएका हुन्थे म पनि कम थिइन त्यही खस्रोपातबाट निस्किएको मधुर स्वरसँगै म आफ्ना ओठहरु बजार्ने प्रयास गरेँ गन्तव्य नजिकिँदै छ । हाम्रो विसौनीका लागि उकालीमा चौतारीहरु स्वागतापेक्षी रुपमा तम्तयार रहेका छन् ुकतिबेला आइपुगिन्छ हो सरु पोखरेली मित्र सन्तोषले यात्रा संयोजन गरेका सहयात्री रामशरण सेढाई तिर मुन्टो बटार्दै सोधे ुआइपुगियो अब धेरै छैनु उनले सहानुभुति दर्शाए । यात्रा रोकिएन गन्तव्य चुम्न चलिरह्यो निरन्तर यात्रा ।
०००
रातको नौ बजिसकेछ अब त आइपुग्न लाग्यो २५ सय मिटरको उचाईमा रहेको हाम्रो गन्तव्य करिब-करिब नजिकिँदै थियो । स्याङजा पर्वत र कास्की गरी यी तीन जिल्लालाई कार्यक्षेत्र बनाएर घनीघोटी गरेका सहयात्रीहरुको जन्मभूमि सोध्ने नै हो भने १२ जिल्लाका थियौं कोही पुर्व कोही पश्चिम त कोही सुदुरपश्चिम सम्मका । रातको समय कतिपय साथीहरु चिसोका कारण लड्बढिइरहेका थिए तैपनि सवैले साथ दिएपछि असहज कसैलाई भएन हामी बल्ल तल्ल आइपुग्योै गन्तव्य जहाँ थियो पर्वत कास्की र स्याङजा जिल्लाको संगममा पर्ने २५ सय १७ मिटरको उचाईमा रहेको पाचासे लेक ।
जाडोले कठ्याङग्रीएको शरिरलाई आगोमा तताउने मौका मिल्यो सवै जना आगोले राप्पिएर केही बेरको मनोराजनपछि हामी २५ सय १७ मिटरको उचाईमा रहेको पाचासे भ्यु टावरबाट विकसित बजारहरुको झिलिमिली हेर्ने प्रयास गर् योै्र तर हाम्रो प्रयासले हण्डर खायो कारण थियो साता दिनदेखिको हुस्सु र कुइरो । सोही हुस्सुका कारण पाचासेमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा आएको खराबीका कारण गत आइतबार पर्वत जिल्ला स~ाचार विच्छेद भएको थियो । हामी लेकाली रायो साग संगै गुरुडा चामलको भातले भोको पेटलाई उकासेर विश्राम तर्फ लाग्यौ । हामीहरुका लागि चार कोठे पाहुना घर रेडि नै थियो । उक्त घरमा २० देखि २५ जना सम्मको समुह सजिलै बस्न मिल्ने रहेछ । आफुहरुले पनि पहिलोपटक सोको अनुभव गर्न पाएको पाचासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङ पुष्टि पार्दै थिए । हाम्रो लागि ओड्ने ओछ्याउनेका लागि कुनै आपत्ति थिएन । एउटै बेडमा चारवटा कम्मलले समेत नछेक्ने चिसो सिरेठो भित्र छिरिरहेको थियो । ओडिरहेको कम्मललाई टाउका तिर तान्दा खुट्टाबाट र खुट्टातिर लैजाँदा टाउकाबाट डस्न खोज्थ्यो त्यो पापी चिसोले ।
भोलिपल्ट विहानै हामी प्रसिद्ध सिद्धबाबाको मन्दिरमा दर्शनका लागि जाने निर्णय गर् यौ सवैजनाको सहमतिपछि हामी त्यसतर्फ गयौ केही छिन् भ्यु टावरबाट समेत अवलोकन गर्ने प्रयास गर् यौ तर समस्या त्यही थियो तैपनि सामान्य कुरा बुझाउन आग्रह गर्दा अध्यक्ष गुरुङले पाचासेको भुमिका बाँध्दै भन्न थाले ुयस ठाउँबाट पर्वत कास्की स्याङजा बाग्लुङ र पाल्पा गरी पाँच जिल्लाका सदरमुकाम देखिँदा रहेछन् यस ठाउँबाट देखिने जिल्लाको मात्रै त उनले हिसाव गनेै्र सकेनन् सवै भन्दा धेरै हिमाल देखिने ठाउँपनि पाचासे नै भएको उनले दाबी गरे नेपालमा पाल्पाको श्रीनगरडाँडा भनेर चिनिएपनि पाचासेबाट अझै धेरै देखिने उनको भनाई थियो एकसय १२ प्रजातिका लोपोन्मुख सुनगाभा यस क्षेत्रमा पाइदा रहेछन् च्यावनप्रासका लागि चाहिने तत्व एकै ठाउँमा मात्रै पाइने स्थान पाचासे पर्यटन विकासका लागि ६३ करोडको १८ बर्षे पाचासे ग्रामिण विकास गुरुयोजना तयार स्रोत विनाको दुई सय मिटर परिधि र १० मिटर गहिराईको ताल यस क्षेत्रका मुख्य आकर्षण रहेछन्ु यस्तै यावत लम्बेतान कुरा फुकाउन शुरु गरे उनले ।
०००
यात्रा छोटिँदै थियो । यात्रामा निस्कने क्रममा दुईघण्टे जाममा परेका सहयात्रीहरु भोलिपल्ट पुन नेपालबन्दको आहारा बन्नेवाला थिए । त्यसैले यात्रा झनै हतारको बन्दै गएको थियो । हामी पाचासेलाई प्रचारमा ल्याएर सहयोग गर्ने बचनबद्धताका साथ विस्तारै बाहिरियौं । हामी विहानी खानाको लागि पर्वतको चित्रेमा झर्नुपर्ने थियो । यात्रामा जाँदा कास्कीको भदौरेमा भागाबसेको समुह दोश्रो दिन पर्वतको चित्रेमा झरेर पाहुना बन्यो । पहिलो दिनको भन्दा फरक थियो त्यहाँ । किन कि समाज र संस्कृतिमा एकरुपता थिएन । भदौरेमा गुरुङ समुदायका मात्रै मानिसहरु थिए भने त्यहाँ अन्य जातजाति पनि थिए । त्यहाँको स्वागत ग्रहण पश्चात् हामी बाटो ततायौ । कास्कीको भदौरे हुँदै तीन जिल्लाको संगममा पुगेको यात्रा पर्वतको चित्रे तिलाहार हुँदै फर्कियो । हामी सहयात्रीहरु पर्वतको डिमुवाबजारमा झरेपछि बाँडियौँ स्याङजा र कास्कीका सहयात्रीहरुलाई छुट्टिका हातहरु हल्लाउँदै हामी फर्किर्यौ । विपरित दिशातर्फ जाने साथीहरुको गन्तव्य कहाँ हुने हो त्यो त थाहा छैन तर हामी फर्कियौं उही श्रमशिविरमा ।
सन्तोष थापा/पर्वत 
stcparbat@gmail.com

Dec 1, 2009

पर्वतमा सुन्तला महोत्सव शुरु

पर्वतमा नेपालमा नै पहिलो पटक सुन्तला महोत्सव मंगलबार देखि शुरु भएको छ । जिल्लामा उत्पादित सुन्तला लगायत अन्य घरेलु कृषिजन्य उत्पादनहरुको प्रर्बद्धन गर्ने उद्देश्यले मंगलबारदेखि विहिबार सम्मुलघु घरेलुबन जन्य बस्तुहरुको प्रर्दशनी तथा सुन्तला महोत्सब-२०६६ु आयोजना गरिएको हो ।
महोत्सवमा स्थानिय उद्यमीहरुले उत्पादन गरेका कृषि तथा वनजन्य सामाग्रीहरु र सुन्तलाहरु प्रर्दशनीमा राखिएको छ । महोत्सवमा लघु घरेलु कृषिजन्य जडिवुटीका उद्यमीहरु प्रोत्साहन गर्ने जिल्लामा उत्पादित सुन्तलाको वजारीकरण प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने लोपोन्मुख संस्कृतिहरुको संरक्षण गर्ने र लोक संस्कृतिको जगर्ना गर्ने मुख्य उद्देश्य रहेको छ ।
महोत्सवमा प्रबेश स्टलको निशुल्क व्यवस्था गरिएको छ । महोत्सबमा ५० हजार भन्दा वढि दर्शकले अबलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । ुसाना उद्यमीहरुले स्टल भाडा तिरेर सामान ल्याउन नसक्ने भएकाले बजार प्रबद्र्धनमा सघाउ पुगोस् भन्ोर निशुल्क व्यवस्था गरिएको आयोजक समितिका संयोजक शिवशर्मा पौडेलले जानकारी दिए ।
महोत्सवमा ६० स्टल राखिएका छन् । विशेष गरी उत्तरी पर्वतमा पाइने अल्लोका कपडा पातिचौरमा ढाका उत्पादन केन्द्रमा बनेका ढाकाका सामाग्रीहरु बँँसखर्कको सुन्तलाको सर्बत देखि लप्सी अदुवा क्याण्डी मह आरुबखडा र नास्पतीको जाम जैविक कफी हस्तकला काष्ठकला सुधारीएको चुल्हो बनमाराबाट तयार पारिएको वि्रकेट फलामबाट बनेका सामानहरु जस्ता पर्वतका गाउँगाउँमा हुने उत्पादन समेत प्रर्दशनी र बिक्रीका लागि राखिएको छ ।
महोत्सवको शुरुको दिन पाँच पाचेबाजा समुहबीच पाचेबाजा प्रतियोगिता साचालन गरिएको थियो । प्रतियोगितामा भुकताङ्ले खुर्कोट कटुवाचौपारी माझफाँट र लेखफाँटको समुहले भाग लिएका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वत र जिल्ला विकास समिति पर्वतको मुल आयोजनामा साचालन भएको उक्त महोसत्वको मंगलबार कुश्माबजार स्थित नेपाल घरेलु तथा साना उद्योग महासंघका राष्ट्रिय अध्यक्ष लता प्याकुरेलले उद्घाटन गरेकी थिइन् । उनले कार्यक्रममा बोल्दै स्थानीय रुपमा उत्पादन तथा तयार भएका सामाग्रीहरुलाई प्रयोगमा जोड दिन आग्रह गरेकी थिइन् । गुणस्तरहीन बजारीय सामाग्रीहरु प्रयोग भईरहेकाले उद्यमीहरु निरुत्साहित बन्दै गएको गुनासो समेत उनले गरिन् । ुउद्यमीहरुलाई फसल उत्पादन तथा सामाग्री निर्माणमा प्रोत्साहन गर्न स्थानीयस्तरमा नै खपत गर्न तत्पर हुनुपर्छु उनले भनिन् ।