Dec 27, 2009

रोजगारका लागि एउटै गाविसका ५ सय युवा खाडीमा

पर्वत १० पुस
रोजगारीको अभावमा पर्वतको बाजुङ गाविसका ५ सय युवाहरु खाडी मुलुकमा गएका छन् । बाजुङ गाविसका १ देखि ९ वडाका अधिकाँश न्युन गरिब परिवारका युवाहरु रोजगारिका लागि मलेसिया कतार दुवै साउदी लगायतका देशमा गएका हुन् । 
गाउँमा रोजगारिको कुनै अवसर नभएपछि उच्च व्याजदरमा ऋण लिएर युवाहरु वैदेशिक रोजगारका लागि खाडि देश गएका छन् । रोजगारीको लागि जाने अधिकाँश युवाहरु २० देखी ३० वर्ष उमेरका रहेका छन् । लाखौं रुपैया ऋण लिएर एकै घरका चार जना सम्म खाडी देश गएका छन् । ुखेतवारी थोरै छ खाने बाटो केही भएन स्थानीय धनबाहदुर विकले भन्नुभयो ुआर्थिक अवस्था कमजोर भएकोले चारै जना छोराहरुलाई चार लाख रुपैंया ऋण काढेर कतार पठाएको छु । ु सवै छोराहरु कतार गएको तीन बर्ष विति सक्न लाग्दा पनि अझै दुई लाख ऋण तिर्न बाँकि रहको विकले गुनासो गर्नुभयो । 
गाउँका झण्डै ५० प्रतिशत सर्बसाधरणहरुको एक वर्ष सम्म खान पुग्ने खेतवारी नभएपछि युवाहरु विदेशीने क्रम वढेको स्थानीय भक्तवहादुर कुँव्ारले वताउनुभयो । ुयुवाहरु रोजगारीको शिलशिलामा विदेशिएपछि गाउँनै शुन्य भएको छु कुँवरले बताउनुभयो ुगाउँलेलाई आपतविपत पर्दा युवाहरु नभएपछि अप्ठ्यारो पर्ने गरेको छु उहाँले भन्नुभयो ।

1 comment:

  1. Mero gau ma ta jhan malami jane yuba nai chioina,Ramji Balami.Makawanpur,Bajrabarahi 2

    ReplyDelete