पर्वत ५ पुस
पर्वत जिल्लाको शंकरपोखरी गाविस -५ स्थित पुर्कोटका एक ५५ वर्षिय व्यक्तिको वाँसको झ्याङ्गबाट खसेर आइतवार विहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मोहलाल खत्री रहेका छन् । गाईबस्तुलाई घाँस काट्न रुखमा चढेका खत्री खसेर घाईते भएपछि उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको मृतकका दाजु यज्ञवहादुर खत्रीले फोनमार्फत जानकारी दिएका छन् ।
खत्रीका अनुसार घाइते मोहलाललाई सदरमुकाम तर्फ लैजांदै गर्दा मुडिकुवा गाविसमा अवस्थित शारदा निमाविको प्राङ्गणमा उनको मृत्यु भएको थियो । उक्त घटनाका विषयमा प्रहरी अबेरसम्म बेखबर थियो ।
No comments:
Post a Comment