सन्तोष थापा/पर्वत १ पुस
पुराना पुस्ताहरुले सिर्जना गरेको कार्यलाई आधुनिकताले ढाकछोप गर्दै गएपछि दुनाटपरीको चलनचल्ती समेत हराउँदै गएको अवस्थामा यहाँका महिलाहरुले भने व्यावसायिक रुपमा उद्योग साचालन गरेर सालको पातबाट दुनाटपरी निर्माण कार्य शुरु गरेका छन् ।
गाउँ गाउँमा घरेलु उद्योगहरुको स्थापना क्रम बढ्दै गइरहेका बेला पर्वतको पकुवा गाविसमा हालैमात्र टपरी उद्योग साचालनमा आएको छ । बनजंगलमा झरेर सडेर गएको बनस्पतिहरुको उपयोग र प्रर्बद्धनसँगै उक्त गाविसमा दुनाटपरी उद्योग साचालनमा आएको हो ।
विगत केही बर्ष अघिसम्म महिलाहरुले दुनाटपरी बनाएर पुजाआजामा थाल र कचौराको रुपमा प्रयोग गरिदै आएपनि पछिल्लो समयमा बजारीय सामाग्रीहरुका कारण दुनाटपरीको चलन हराउँदै गएको थियो । पकुवा ७ का महिलाहरुले स्थानीय उत्पादनको उपयोग गरौं भन्ने मुख्य लक्ष्यका साथ बजारीय सामाग्रीको न्युनिकरणका लागि आफ्नै सकि्रयतामा गाउँमा टपरी उद्योग साचालनमा ल्याएका हुन् ।
महिलाहरुले दुनाटपरी उद्योग खोलेपछि आम्दानी बढ्ने विश्वासमा छन् । लघु उद्यम बिकास कार्यक्रम तथा स्थानीय गैर सरकारी संस्था सेवा नेपालको सहयोगमा ४० हजार रुपैयाँमा मेशिन खरिद गरिएको छ । महिलाले भोज भतेरहरुमा धेरै टपरीहरु चाहिने र बनाउन झण्झटिलो भएको कारण यसको माग बढ्ने बिश्वास लिएका छन् । ुहामीले फुस्रदको समय उपयोग गरेर राम्रै आम्दानी गर्ने बिश्वास लिएका छौ ।’ स्थानीय महिला उद्यमी मीनकुमारी मल्लले भनिन् ।
पुजाआजा बिबाह र ब्रतबन्ध जस्ता कार्यमा भाँडाकुँडाको प्रयोगगर्दा त्यसको सफाईका लागि महिलाहरुले नै सास्ती खेप्नुपरेको र टपरी बनाउन थालेपछि महिलाहरु उक्त झण्झटबाट समेत मुक्त हुने उनीहरुको आशय छ । ुभोजभतेर लाउँदा प्रयोगमा आएका भाँडाहरु सफाईका लागि महिलाहरुलाई नै अघिसारिन्थ्यो’ अर्की उद्यमी गुमाकुमारी शर्माले भनिन् 'दुनाटपरीको प्रयोग बढेपछि महिलाहरुले त्यो कुराबाट मुक्ति पाउनेछन्’ उनले भनिन् ।
उत्पादित टपरीको गाउँमा मात्र नभएर शहरका तारे होटलमा समेत माग भएकाले उद्योग सफल हुने बिश्वास उनीहरुको छ ।'हामीले बनाएका दुना टपरीहरु बिकि्रमा समस्या देखेका छैनौ ।’ शर्माले भनिन् । उनीहरुले उत्पादित टपरीलाई घरेलु सामाग्री विकि्रका लागि सदरमुकाम कुश्मा पोखरा लगायतका ठाउँहरुमा खोलिएका विकि्र केन्द्रबाट बिक्री गर्ने योजना बनाएका छन् ।
टपरी बनाउनको लागि आवश्यक पर्ने पात स्थानीय कपासे सालघारी सामुदायीक बनबाट निशुल्क उपलब्ध गराउने भएको छ । यो जिल्लाको दोस्रो ठुलो सालघारी बन हो । महिलाहरुलाई प्रोत्साहित गर्नको लागि पात निशुल्क रुपमा दिने योजना बनाएको कपासे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जगत बम मल्लले बताए ।
सालको पातबाट बनेका टपरीको माग बजारमा समेत बढेकाले महिलाको लागि उद्यम स्थापना गर्न सहयोग पुर् याइएकॊ सेवा पर्बतका कार्यक्रम संयोजक युधिष्ठिर शर्माले बताए । 'यो उद्यमले विपन्न महिलाहरुको आर्थिक अवस्था उकास्न सहयोग पुर् याउने छ ।’ उनले भने ।
No comments:
Post a Comment