Aug 15, 2010
जनजिवन प्रभावित
Aug 14, 2010
यातयातदेखि शैक्षिक संस्थासम्म नखोल्न आग्रह
आदिवादी जनजाति महासंघ पर्वतले आइतबार जिल्ला भित्र सम्पूर्ण शैषिक संस्था होटलव्यावसाय यातयात कलकारखाना साचालन नगर्न आग्रह गरेको छ । महासंघको केन्द्रीय कार्यक्रम अनुसार आइतबार चक्काजामको कार्यक्रम रहेपनि महासंघ पर्वतले भने सम्पूर्ण क्षेत्रसमक्ष बन्दको आह्वान गरेको छ ।
संविधान निर्माण नगरी सभाषद्हरु सत्ताको हानालुछिमा रहेकाले जनदबाब स्वरुप उक्त कार्यक्रम तय भएको आदिवासी जनजाति महासंघका उपाध्यक्ष राजन गुरुङले जानकारी दिनुभयो । शैक्षिक संस्था बन्दको आह्वान गरिएपनि आइतबार साचालन हुने प्रबेशिका परिक्षा २०६६ को पुरक परिक्षालाई कुनै असर नपुर् याइने गुरुङले जानकारी दिनुभयो । महासंघले तीनबर्ष समय वितिसक्दा पनि संविधान लेखनतर्फ कुनै ध्यान नदिएको भन्दै राजनीतिक दललाई दबाब स्वरुप उक्त कार्यक्रम गरेको हो ।
नाग पाचमीको अवसरमा लाखे नाच
नाग पाचमीको अवसरमा पर्वतको सदरमुकाम कुश्माबजार बडागाउँमा अवस्थित नेवार समुदायले लाखे नाच प्रदर्शन गरेका छन् । नेवारी सांस्कृतिक समुह शिवालय ५ का युवाहरुले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त नाच प्रदर्शन गरेका हुन् ।
उनीहरुले आज नाग पाचमीको दिन देखि भाद्र १६ गते कृष्ण अष्टमीको दिन सम्म लगायत विभिन्न नाच हरु देखाउने तयारी गरेका छन् । जस अन्तर्गत लोपोन्मुख हनुमान नाच गाइजात्रा रोपाई नाच बाघ जात्रा लगायतका नाचहरु प्रदर्शन गरिने समुहका सल्लाहकार राम श्रेष्ठले जानकारी दिनुभयो । लोपान्मुख नाचका रुपमा रहेको अनुमान नाच उक्त २५ बर्षपछि देखाउन थालिएको श्रेष्ठले जानकारी दिनुभयो । केही युवाहरुलाई तीन महिनाको तालिम प्रदान गरेर नाच देखाउन लागिएको उहाँले बताउनुभयो ।
एमालेको अगुवा कार्यकर्ता भेला
नेकपा एमालेले आपुनो संगठन सुदृढिकरण अभियान अन्तर्गत जिल्लाका विभिन्न गाविसमा अगुवा कार्यकर्ता भेला साचालन गरेको छ । सोही अन्तर्गत शुक्रबार जिल्लाको दक्षिणी उराम पोखरा गाविसमा गाविसस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
एमालेको राष्ट्रिय प्रतिनिधिका लागि प्रतिनिधि छनोट एवं प्रशिक्षण कार्यक्रममा गाविसका ४० भन्दा बढी एमाले अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजु पौडेल र अाचल कमिटि सदस्य मोती पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
सोही भेलाबाट राष्ट्रिय प्रतिनिधि परिषद्का लािग ५ जना प्रतिनिधि छनोट भएका छन् । छनोट हुने प्रतिनिधिहरुमा खगेश्वर तिवारी प्रेम भूषाल डिल्लीरमण भूषाल दिक बहादुर थापा र जीतबहादुर नेपाली रहनुभएको छ ।
नेकपा एमाले उराम पोखरा गाउँ कमिटि अध्यक्ष दिकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन खेमबहादुर थापाले गर्नुभएकेा थियो ।
जान्नेलाई बहुमुल्य सुनगाभा नजान्नेलाई भैंसीको घाँस
पर्यटकीय क्षेत्रलाई कार्यक्षेत्र बनाएर विगतदेखि नै काम गर्दै आएका विभिन्न संघ संस्थाहरुले तिनै सुनगाभाको पहिचानका लागि हजारौं खर्चेर गोष्ठी र सेमिनार त गर्छन् तर संरक्षण गर्ने जिम्मा पाएका वरपरका बासिन्दालाई चिनाउन नसकेपछि बहुमुल्य बनस्पतिहरुको संरक्षण हुन नसकेको हो । ुसदरमुकाम र शहरमा गोष्ठी र सेमिनार गरेर बनस्पतिको गुणगान गाएपनि हामीलाई जानकारी नभएपछि के गर्ने ु स्थानीयबासी कृष्णबहादुर गुरुङले भन्नुभयो ुभैंसीलाई सुनगाभा खुवाउदा मज्जाले दुध दिन्छ हामी भैंसीलाई हाल्छौंु कुन बनस्पति के कामका लागि प्रयोग हुने भन्ने थाहा नभएपछि आफुहरुले संरक्षण गर्न नसककेको अन्य स्थानीयबासीहरुको समेत गुनासो छ ।
त्यसमा पनि स्थानीय उपभोक्ताहरुले पर्यकटीय क्षेत्रमा नै छाडा रुपमा पशुपालन गर्ने गरेपछि बनस्पतिहरु झनै नािसंदै गएका हुन् । उक्त कार्यलाई रोक्न पछिल्लो समयमा कास्कीका भदौरे तमादी पर्वतका आर्थर चित्रे राम्जा देउराली र स्याङजाका भाज्याङ र बाङसिङ गाविसमा अवस्थित सर्वसाधारणहरुलाई बनस्पतिको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमहरु साचालन गरिदै आएको माछापुच्छ्रे सामुदायिक विकास संस्थाका कार्यक्रम संयोजक रामशरण सेढाईले बताउनुभयो । ुपर्यटकीय क्षेत्रमा रहेका अन्य सम्पदाहरुको संरक्षणमा समेत सहयोग पुग्ने गरी प्रभावित गाविसबासीहरुलाई त्यसको पहिचानका कार्यक्रम साचालन गरेका छौंु उहाँले भन्नुभयो ।
सुनगाभा विभिन्न सुगन्धित तेल र औषधीको रुपमा समेत प्रयोग हुन्छ भने अकेर्ा तर्फ सुन्दर फुलका रुपमा समेत परिचित छ । सुनगाभा संगै अहिले पाचासेमा रहेका पुरानो ताल पुरिएर भैसी बस्ने आहालको आकारमा पुगेपछि तालसंरक्षणका लागि समेत स्थानीयबासीहरुलाई जागरुक बनाइएको सेढाईको भनाई छ । तालको अस्तित्व संगै पाचासे क्षेत्रको पर्याबरण पर्यटन र स्थानियबासीको जनजीवनमा समेत संकट आउने तर्फ चिन्ता बढ्दै गएपछि उक्त कार्यको थालनी गरेको उहाँले बताउनुभयो ।
शव नगाड्दा तीर्थस्थल दुर्गन्धित
आफ्नो संस्कृति र परम्परा अनुसार शवलाई व्यवस्थापन नगरी छरपस्ट फाल्ने गरेपछि पर्वत जिल्लाकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मोदीबेनीघाट दुर्गन्धित वनेको छ ।
पर्वत जिल्लाको सदरमुकाम नजिकै रहेको कालीगण्डकी नदी र मोदीखोलाको संगमस्थल मोदीवेनी घाटमा अन्त्येष्टि गर्ने क्रममा गाडिएका शबहरु नदीको वहावले उधिनेर बाहिर निकालेपछि दुर्गन्ध फैलिएको हो ।
घाट नै दुर्गन्धित हुँदा दैनिक शव अन्त्येष्टि गर्न जाने मलामीहरुलाई समस्या पर्नुका साथै कालीगण्डकी नुहाउन जाने श्रद्धालु भक्तजनहरुलाई प
नि समस्या पर्ने गरेको छ । पर्वतका अधिकांश गाविससंगै कास्की र स्याङजा का केही गाविसका समेत शवहरु दाहसंस्कारको लागि मोदीबेणी घाटमा ल्याउने गरिएको छ ।विभिन्न क्षेत्रवाट ल्याएका शवहरुको उचित व्यवस्थापन गर्न नियम वनाएर सवैलाई जानाकारी गराएपनि कार्यान्वयनमा नल्याएपछि यस्तो समस्या भएको मोदीबेणी क्षेत्र धार्मिक तथा पर्यटकीय बिकास समितिका सचिव केशवदास बैरागीले बताउनुभयो । ुआउने मलामी तथा भक्तजनहरुका लागि साइनवोर्ड तथा व्यानरमा त्यहँ भित्र पालना गर्नुपर्ने नियमहरु देखाइएको छ ।ु उहाँले भन्नुभयो ुत्यसतर्फ कसैले ध्यानै दिँदैनन्ु
शव गाडिने परम्परा भएपनि कतिपयले सामान्य रुपमा ढुङ्गाले छोपेर मात्रै छाड्ने गर्नाले गन्हाउने तथा विभिन्न पशुपंक्षीहरुले दुर्गन्धित फैलाउने गरेको वैरागीले वताउनुभयो । शव गन्हाउन थालेपछि पुजाआजाको लागि आउने भक्तजनहरुलाई पुजाआजा गर्न समेत अप्ठ्यारो परिरहेको उहाँले गुनासो गर्नुभयो ।
उक्त मोदीवेनी घाटमा हरेक संक्रान्ति हरीवोधनी हरीशयनी एकादशी लगायत मासीक रुपमा कथा पुराण लगायतका पर्वमा मेला लाग्ने गर्दछ । दैनिकजसो दुई देखि छ वटा सम्म शवहरु दाहसंस्कारको लागि आउने यस्ा स्थानमा घाटको सरसफाई र सरक्षणमा कुनै पक्षवाट पनि आवश्यक पहल नभएको समितिको गुनासो छ ।
जिल्ला विकास समिति प्रभावित गाविस लगायत विभिन्न सरोकारवाला निकायमा पटक पटक सहयोगको आग्रह गर्दा पनि कुनै वास्ता नगरेको अध्यक्ष समितिका अध्यक्ष गोपालदास बैरागीले बताउनुभयो ।
भाइरल ज्वरोको प्रकोपले बिद्यालय बन्द
पर्वत जिल्ला तिलाहार गाबिसको डिमुवा प्राथमिक बिद्यालयमा भाइरल ज्वरोको प्रकोप बढेपछि बिद्यालय बन्द भएको छ । एक साता देखि फैलिएको ज्वरोका कारण विद्यार्थीहरु विरामीहुने क्रम नरोकिएपछि बिहीबार देखि बन्द भएको हो ।
बिद्यालयमा तीन दर्जन भन्दा बढी बिद्यार्थी बिरामी परेका छन् । बिद्यार्थीमा रुघा लाग्ने ज्वरो आउने र घाँटीमा समेत संक्रमण देखिएको विद्यालयका शिक्षक विकास लामिछानेले जानकारी दिनुभयो । बिरामी भएका बिद्यार्थीलाई घरमा आराम गर्न र खानेकुरामा ध्यान दिन सल्लाह दिइएको उहाँले बताउनुभयो । आइतबार बिद्यालय खुल्ने र समस्या देखिमा फेरी बिद्यालय बन्द गर्ने निणर्य पनि भएको छ ।
कांग्रेस पर्वतको सभापतिमा गुरुङ विजयी
पर्वत २८ साउन
नेपाली कांग्रेस पर्वतको १२ औं जिल्ला अधिवेशनबाट लालकाजी गुरुङ सभापतिमा निर्वाचित भएका छन् । गुरुङले आफ्ना प्रतिद्धन्द्धी खगेन्द्र तिवारीलाई ३ सय ४ र १ सय ९४ को मतान्तरले पराजित गराएका छन् ।
त्यस्तै सचिवमा ३ सय ८ मत ल्याई खिमप्रसाद भूषाल निर्वाचित भएका छन् भने उनका प्रत्यासी तोयनाथ भूषालले १ सय ८६ मत प्राप्त गरी पराजय भोगेका छन् । त्यस्तै कोषाध्यक्षमा बसन्तकुमार श्रेष्ठले २ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् भने उनकी प्रतिद्धन्दी ललितकला गुरुङले २ सय ३१ मत प्राप्त गरी पराजय भोगेकी छिन् ।
जिल्लाका दुई निर्वाचन क्षेत्रका ५ सय ३८ मतदाता मध्ये ५ सय २२ मतदाताहरु मतदान प्रकि्रयामा सहभागी भएका थिए ।
Jun 29, 2010
दुई युवामाथि खुकुरी प्रहार
पर्वतका गाविस सचिवहरुद्वारा सामुहिक राजिनामा दिने निर्णय
Jun 22, 2010
सानो जिल्ला ठूलो पहिचान

कालीगण्डकीमा स्टिमर संचालन भएपछि गाउँलेको बाटो छोटियो
राष्ट्रपति रनिङ्ग शिल्ड भवानी बिद्यापीठलाई
कृषकलाई खेती लगाउनको चटारो
Jun 20, 2010
http://www.nayapatrika.net/newsportal/%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE/13507--.html
Jun 4, 2010
पर्वत जिविस र परिषद स्थलमा कुश्माबासीको ताला
Jun 3, 2010
अवकास प्राप्त शिक्षकलाई बाजागाजा सहित विदाई
Jun 1, 2010
जलवायु परिवर्तनको असर न्युनिकरणमा युवा
एमाले नेता पौडेललाई पुत्र शोक
May 30, 2010
अपहरित डा. श्रेष्ठ धौलागिरिमा भएको आशंका
चितवनबाट १३ दिन अघि अपहरणमा परेको भनिएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठ धौलागिरिमा रहेको आशंका गरिएको छ । धौलागिरि अाचलभित्रै रहेको आशंकामा प्रहरीले खोजी अभियान तीब्र पारेको छ ।
बाग्लुङ प्रहरीले एक माओवादी जनसेनालाई आइतबार अनमिन प्रमाणिकरण गरेको हतियार सहित पक्राउ परेपछि झनै आशंका फैलिएको हो । प्रहरीले पर्वत र बाग्लुङको सिमानामा पर्ने मालढुंगामा हतियार सहित सल्यानको लक्ष्मीपुर-७ घर भै पँँचौ डिभीजनमा कार्यरत शेरबहादुर पुन मगरलाई पक्राउ गरेको हो । मगर माओबादी मगरात राज्य समितिका इन्चार्ज हेमन्तप्रकाश ओलीसुर्दशनको अंगरक्षक रहेको जनाइएको छ ।
प्रहरीले पोखरा बागलुङ्ग राजमार्गको प्रबेश क्षेत्रदेखि गाउँ गाउँमा समेत खोजी गरिरहेको छ । पर्वतका जिल्ल्ाा प्रहरी प्रमुख हरिराज वाग्लेले संभाबित स्थानमा प्रहरी परिचालन गरि दिनभर खोजी गरिरहेको जानकारी दिए । पर्वतको बनौ हुँदै लेकफँँट तर्फ लैजाँदै गरेको आशंकामा प्रहरीले दुबै तर्फबाट खोजी गरिरहेकेा छ । लेकफँँटबाट िहंडेको प्रहरी टोली र सदरमुकाम कुस्माबाट गएको प्रहरी टोली बनौ पुगिसेकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसैबीच आइतबार अकस्मात बसेको जिल्ला सुरक्षा समितिको बैठकले पर्वत जिल्लामा भित्रिने तथा बाहिने सवारी चेकजँँच गर्ने भएको छ । चेक जाँचका लागि प्रहरी परिचालन गरिने एक सुरक्षा निकायका प्रतिनिधिले जानकारी दिए ।
उता बाग्लुङ जिल्लामा समेत सोही हल्लाले बजार पिटेको थियो । यता एकीकृत नेकपा माओवादीका पर्वत सेक्रेटरी कृष्ण विकले भने उक्त कुरा भ्रामक भएको जनाएका छन् । डा।श्रेष्ठ आफुहरुको सम्पर्कमा नरहेको बताउदै माओवादीलाई झुट्टा आरोप लगाएको दावी गरे ।
May 27, 2010
PARBAT WELFARE SOCIETY BBQ AND GET TOGETHER
26 May, 2010
फार्नवोरो -:
May 26, 2010
छ सय बर्ष पछि कुलपुजा
७० बर्षिय ठगप्रसादको बलात्कार प्रयास विफल
बलात्कार प्रयासमा परेकी यहाकी एक युवती समाजबाट न्याय नपाएपछि मानसिक तनाबमा परेकी छन । समाज नै पिडकको संरक्षण र प्रहरी प्रशासन समक्ष गए ज्यानै लिने धम्की आएपछि पर्वतको बालाकोट ६ निगाली घर भएकी साबित्रि अधिकारी तनाबमा परेकी हुन । भोर्ले-२ स्थित माइतघरमा बृद्ध आमा मात्रै भएका कारण परिवारसंगै माइतघरमा बस्दै आएकी उनलाई श्रीमानको फोन आएको बहानामा स्थानीय ठगप्रसाद सापकोटाले आफ्नो घरमा बोलाएर गत जेठ ५ गते बलात्कार प्रयास गरेका थिए ।
गुहार माग्दै सापकोटालाई घरभित्रको भुईमा लडाएर बलात्कारबाट बचेकी उनले समाजबाट न्याय नपाएपछि र पटक पटक प्रहरीमा गए ज्यान लिने धम्कीपछि आफु मानसिक तनाबमा परेको बताइन । ुसमाजले घटनालाई गाउमै मिलाउनुपर्छ भनेपछि मैले प्रहरी प्रशासनमा उजुरी नदिने निष्कर्षमा पुगे तर आज मंगलबार ६ दिन बितिसक्दा पनि मलाई समाजले न्याय दिएनु अधिकारीले रुदै मंगलबार टेलीफोनबाट भनिन्-ुउसठगप्रसादलाई उल्टै गाउँबाट भगाउने काम भयो । प्रहरी प्रशासनमा उजुरी दिए ज्यान मार्ने धम्की आउन थालेका छन ।ु
उनले समाजले अन्याय गरेपछि आफु समाजमा बसेर बाच्न सक्ने अवस्था नभएको पनि बताइन । ुपिडकलाई संरक्षण र पीडितलाई अन्याय गर्ने समाजमा म कसरी बाच्नेु उनले प्रश्न गर्दै भनिन् । घटनालाई पाच दिनभित्र गाउमै मिलाउने जिम्मा स्थानीय जनकल्याण आमा समुहले लिएपनि ६ दिन बित्न लाग्दापनि बेवास्ता गर्नुका साथै तनाब गराउने काम गरेको उनको भनाई थियो ।
ुठगप्रसादले आफ्नो घरमा थुनिसकेपछि जसरी पनि इज्जत लुटीसक्यो त्यसैले त उसकै घरमा जानुपर्छ भनेर दैनिक जसो मलाई मानसिक तनाब गराउने काम समाजले गराएको छु उनले भनिन्-ुम आमा श्रीमान दुई÷दुई वटा श्रीमान छाडेर ७० बर्षको दुई÷दुई वटा श्रीमति भएको बृद्धसंग कसरी जाने ु उनले धम्की र समाजले गरेको अन्यायले बौलाउने अवस्थामा पुगेको भन्दै सदरमुकाममा रहेका साचारकर्मीलाई टेलीफोन गरेर साचारमाध्यममार्फत न्याय दिलाइन र आफ्नो सुरक्षाको माग गरेकी छन ।
May 24, 2010
तीन घण्टाकी सुत्केरी परिक्षाहलमा
पर्वतको दुर्लुङ्ग गाविस १ की सरस्वती शर्माले वच्चा जन्मेको तीन घण्टापछि कक्षा १२ को परिक्षामा सम्मिलित भएकी छिन् । पर्वतको सदरमुकाममा साचालित गुप्तेश्वर बहुमुखी क्याम्पस परिक्षा केन्द्रमा शैक्षणिक मुल्यांकन विषयको परिक्षामा उनी सहभागी भएकी हुन् ।
उनले सोमबार विहान ४ बजे जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा शिशुलाई जन्म दिएकी थिइन् । सुत्केरी शर्मा तथा नबजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको जिल्ला अस्पताल पर्वत्ाले जनाएको छ । शिशु अस्पतालमा नै राखेर शर्मालाई छुट्टै स्थानमा राखेर परिक्षामा सहभागी गराइएको थियो ।
May 22, 2010
जनता झुक्याउन निजी अस्पतालमा युनिटीको बोर्ड
पानी खोज्न बिद्यार्थी र गाउँले खोला इनार चाहर्दै
अज्ञात रोगका कारण पशु मर्न थाले
May 21, 2010
गजल
ईश्वरले गरिवलाई चाए यो मन अर्कै हुन्थ्यो ॥
आपतकालिन अवस्थामा भौतारिन्छ यो मन
उनले साथ दिन आए यो मन अर्कै हुन्थ्यो ॥
यो दुनिया महंगीको मारमा सँधै भरी
खोले सिस्नु सँगै खाए यो मन अर्कै हुन्थ्यो ॥
पसिनाको मुल्य जस्तै हामी दुईको माया
अजम्बरी माया लाए यो मन अर्कै हुन्थ्यो ॥
झुपडीविहिन गरिब जस्तै बेसहारा जिन्दगी
विरहको गीत गाए यो मन अर्कै हुन्थ्यो ॥
गजल
मर्काइ हिडदा खेरी चेसमा कति राम्री देखिएकी ।
एसो हेर्दा नक्कली छ तर साह्रै राम्री रैछे
हिड्दा मैले देुको लेसमा कति राम्री देखिएकी ॥
भित्री मन कस्तो पोछ कुन्नी थाहा छैन
मैले हेर्दा त्यो फेसमा कति राम्री देखिएकी ।
पापी रैछे निष्ठुरीत पछि मैले थाहा पाएँ
मननै रैन्छ मात्र वेशमा कति राम्री देखिएकी ॥
कालो केश कालै भेषमा कति राम्री देखिएकी
मर्काइ हिडदा खेरी चेसमा कति राम्री देखिएकी ।
गजल
खहरेको झरनालाई खडेरी झँै सुकाएर
भौतारिँदै चिच्याएर सडकमा पागल बनी
कति दिन बस्ने होर बास्ताविकता लुकाएर
कलकलाउँदा मुनाहरु उखेलेर फ्याँकेपिछ
शान्ति मिलोस् त्यो मनमा यो मुटुलाई दुखाएर
सोच विचार गति कन पाइला चाल्नु सदा सदा
नहिड्नु है जिन्दगीमा आफ्नो इज्जत चुकाएर
सदा तिम्रो जिन्दगीमा हाँसो खुशी छाइरहोस्
पाए हुन्छ जिन्दगीमा तिम्ले दिल फुकाएर
गीत
सम्झनाको तिर्खा मेरो कैले मेटिएला
कुवा पानी धमिलो छ सङलो पानी कलको
कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को
झल्को लाग्ने बानीबाट कैले चेतिएला
सम्झनाको तिर्खा मेरो कैले मेटिएला
घाँस दाउरा काट्न जान्थ्यौँ हामी वन पाखा
पाखा भरि गुिाजइन्थ्यो उनकै गीतको भाखा
त्यही भाखा कहाँ पुग्यो होला यतिबेला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला
गुप्तेश्वर गुफाभित्र जोगी बस्यो ध्यान
त्यस्तै ध्यानमा हामी बसे आउँथ्यो कि ज्ञान
ज्ञान आए स्वर्ग जाने बाटो भेटिएला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ॥
हावाहुरीले विद्यालय सँगै दर्जनौं घरका छाना उडायो एक शिक्षक सहित ६ विद्यार्थी घाइते
May 14, 2010
कांग्रेस पर्वतमा कार्यकर्ताको ताला
चट्याङबाट ८ घाइते
May 7, 2010
पर्वत सदरमुकाम दिनभर तनावग्रस्त पर्वतमा साँझ साढे आठ देखि विहान साढे चार बजेसम्म कफ्र्यु झडपमा एक प्रहरी सहित १९ घाईते ९ माओवादी कार्यकर्ता हतियारसहित पक्राउ
माओवादी बाहेकका अनय सदरमुकाम कुश्माबजारबासीहरु आमहड्तालको प्रतिकारमा उत्रिएर माओवादी कार्यकर्ता तथा पार्टी कार्यालय तोडफेाड समेत गरेका थिए ।दुवै पक्षबीच भएको झडपका क्रममा १९ जना कार्यकर्ताहरु घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचारपश्चात घर फर्किसकेका छन् । जसमध्ये माओवादी पक्षका १५ जना कार्यकर्ताहरु घाईते भएका थिए ।
घाईते हुनेमा माओबादीका जिल्ला सदस्य यम बिक सहित एक दर्जन माओबादी कार्यकर्ता घाइते भएका छन् भने तिन जना स्थानियबासी पनि घाइते भएका थिए । घाईतेहरुमा स्थानीय युवा राजेश खाम्चा मगर चन्द्रबहादुृर नेपाली दिपक सुनार गोबिन्द सुनार तिला गिरी सोम पुन गंगाबहादुर नेपाली राजेश सुनार सोम पुन राजेश सुनार रामबहादुर सुनार आनन्द पुन थमबहादुर परियार रामकृष्ण बिक र महेन्द्र नेपाली रहेका छन् ।
माओवादी प्रदर्शनका क्रममा कार्यकर्ताहरुले घरेलुहतियार समेत प्रदर्शन गरेपछि प्रहरीले नौ जना कार्यकर्ता पक्राउ गरेको थियो । माओबादीले निकालेको जुलुस मैत्रीचोकबाट शिबालयचोक तर्फ लाग्दै गर्दा २ थान तरबार र एक थान फलामको पाइप सहित प्रहरीले भबिन्द्र किराती याम पुन दिपक पुन बिरेन्द्र पुन गोबिन्द गुरुङ्ग बिजय पुन महेन्द्र पुन र बिक्रम पुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हतियार नियन्त्रणमा लिने क्रममा प्रहरी जवान काजीराम श्रेष्ठ घाइते भएका थिए । उनको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जबानको टाउकोमा आठ ओटा टाँगा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाकै विषयलाई लिएर एकीकृत नेकपा माओवादीले साँझ पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनका माओवादी जिल्ला सहइन्चार्ज तथा संविधानसभा सभाषद् गुणाखर बस्यालले शान्तिपुर्ण आन्दोलन गरिरहेका वेला उत्तेजित पार्ने खालका कि्रयाकलापहरु भएपनि आफुँहरु शान्तिपुर्ण आन्दोलनको पक्षमा रहेको बताएको थियो । प्रशासन र प्रहरीले समेत असहयोग गरेको गुनासो गर्दै बस्यालले आफुहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिनुभएकेा थिो । माओवादीले प्रतिकार गर्ने क्षमता हुँदाहुँदै पनि आफुँहरुले संयमता अपनाएको उहाँको भनाई थियो ।
उता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एक विज्ञप्ती प्रकाशीत गरी अपराधी र प्रतिकि्रयावादी शक्तिहरुको चलखेललाई निस्तेज पार्न सम्प्ाुर्ण कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरिएको छ । जिल्ला सभापति नवराज गुरुङ्गद्धारा जारी विज्ञप्तीमा सहमति र समझदारीवाट जिल्ला उत्पन्न विषम परिस्थितिलाई न्युनिकरण गर्न राजनैतिक पार्टी शान्ति सुरक्षाका अङ्गहरु प्रशासन उद्योगपति पत्रकार तथा नागरीक समाजलाई आग्रह गरिएको छ ।
प्रशासनले आज बेलुका साढे ८ बजेदेखि सदरमुकाम कुश्माबजारको बडागाउँचौर देखि जिल्ला प्रहरी कार्यालय सम्म र शिवालय १ को खरेहा देखि दक्षिण पश्चिमको सम्पूर्ण बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।
Apr 24, 2010
'शिक्षामा राज्यको लगानी बालुवामा पानी'
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाक्रीले शैक्षिक सुधारको क्षेत्रमा सरकारले जतिसुकै लगानी गरेपनि सुधारको पक्षमा मौन रहेको बताएकी छिन् । प्रेस चौतारी पर्वतले शुक्रवार विहान गरेको पत्रकार सम्मेलनमा वोल्दै झाकि्रले गुणस्तरीय शिक्षाको नाममा शिक्षामा माफीयाकरण भैरहेको वताउँदै निजि तथा संस्थागत विद्यालयहरु नाफा कमाउनतर्फ मात्र उन्मुख भएकोले यिनीहरुलाई नियन्त्रण गर्नुपर्ने बताइन् ।
शिक्षामा भैरहेको व्यापारीकरणका कारण सर्वसाधारणहरु मारमा परिरहेको वताउँदै झाकि्रले निजी विद्यालयलाई नियन्त्रण गर्नु जरुरी रहेको बताईन् । उनले राज्यले सार्वजनिक विद्यालयहरुको स्तरोन्नती गरी विद्यालय जाने उमेर समुहका वालवालीकाहरुलाई शैक्षिक भत्ताको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी थिइन् । राज्यनै कानुनविहीन वनिरहेकोले निजि क्षेत्रको ज्यादतीपुर्ण कि्रयाकलाप रोक्न सरकारले कुनै चासो नदेखाएको उनको आरोप छ । उहाँले सकारको भर्ना अभियानलाई नाटकको संज्ञा दिँदै यस्तो क्षणिक अभियानले सवै विद्यालयहरु विद्यालयको दायरामा आउन नसक्ने बताईन् ।
अर्को एक प्रसंगमा झाकि्रले जेठ १४ पछि मुलुकमा गम्भीर मुठभेडको स्थिति आउने ठोकुवा गरिन् । माओवादीले वाईसिएलहरुलाई लाठी र वन्दुकको तालिम दिएर आतंकको मनोविज्ञान सिर्जना गरिहेको वताउँदै मुलुकलाई गम्भीर संकटतर्फ धकेल्ने माओवादीको प्रयास र वन्दुकको छायाँमा कहिल्यै शान्ति स्थापना हुन नसक्ने बताइन् । झाकि्रले बन्दुकको भरमा सत्ता कव्जा गरेर एकलौटी गर्ने माओवादीको सपना र माओवादीप्रति अन्य दलको अविश्वासका कारण युग विताउँने काम मात्र भैरहेको बताईन् ।
सोही अवसरमा प्रेस चौतारी पर्वतले जिल्लामै पहिलोपटक पत्रकारीताको शुरुवात गरेको भन्दै पत्रकार हरीहर पोखरेललाई सम्मान गरेको थियो । जिल्लामै पहिलोपटक समाचारमुलक पत्रिका प्रकाशनमा ल्याएर जिल्लाको पत्रकारिता क्षेत्रको शुरुवात गरेको भन्दै पोख्रंेललाई प्रेस चौतारी पर्वतले सम्मान गरेको हो ।
चौतारीका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद शर्माले पोखरेललाई कदरपत्र खादा र फुलमाला ओढाएर सम्मान गरेका थिए ।पर्वतको खानीगाउँ ३ घर भएका पोखरेल हाल बेलायतमा बस्दै आएका थिए । उनले २०४८ सालमा पर्वत दुत नामक साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए ।
…lzIffdf /fHosf] nufgL, afn'jfdf kfgLÚ
kj{t, !) a}zfv
cg]/f:jljo'sL s]Gb|Lo cWoIf /fds'df/L emfqmLn] z}lIfs ;'wf/sf] If]qdf ;/sf/n] hlt;'s} nufgL u/]klg ;'wf/sf] kIfdf df}g /x]sf] atfPsL l5g\ . k|]; rf}tf/L kj{tn] z'qmjf/ ljxfg u/]sf] kqsf/ ;Dd]ngdf jf]Nb} emflqmn] u'0f:t/Lo lzIffsf] gfddf lzIffdf dfkmLofs/0f e}/x]sf] jtfpFb} lglh tyf ;+:yfut ljBfnox? gfkmf sdfpgtkm{ dfq pGd'v ePsf]n] logLx?nfO{ lgoGq0f ug'{kg]{ atfOg\ .
lzIffdf e}/x]sf] Jofkf/Ls/0fsf sf/0f ;j{;fwf/0fx? df/df kl//x]sf] jtfpFb} emflqmn] lghL ljBfnonfO{ lgoGq0f ug'{ h?/L /x]sf] atfO{g\ . pgn] /fHon] ;fj{hlgs ljBfnox?sf] :t/f]GgtL u/L ljBfno hfg] pd]/ ;d'xsf jfnjfnLsfx?nfO{ z}lIfs eQfsf] Joj:yf ug'{kg]{df hf]8 lbPsL lyOg\ . /fHog} sfg'gljxLg jlg/x]sf]n] lglh If]qsf] HofbtLk'0f{ lqmofsnfk /f]Sg ;/sf/n] s'g} rf;f] gb]vfPsf] pgsf] cf/f]k 5 . pxfFn] ;sf/sf] egf{ cleofgnfO{ gf6ssf] ;+1f lbFb} o:tf] Ifl0fs cleofgn] ;j} ljBfnox? ljBfnosf] bfo/fdf cfpg g;Sg] atfO{g\ .
csf]{ Ps k|;+udf emflqmn] h]7 !$ kl5 d'n'sdf uDeL/ d'7e]8sf] l:ylt cfpg] 7f]s'jf ul/g\ . dfcf]jfbLn] jfO{l;Pnx?nfO{ nf7L / jGb'ssf] tflnd lbP/ cft+ssf] dgf]lj1fg l;h{gf ul/x]sf] jtfpFb} d'n'snfO{ uDeL/ ;+s6tkm{ ws]Ng] dfcf]jfbLsf] k|of; / jGb'ssf] 5fofFdf slxNo} zflGt :yfkgf x'g g;Sg] atfOg\ . emflqmn] aGb'ssf] e/df ;Qf sJhf u/]/ Psnf}6L ug]{ dfcf]jfbLsf] ;kgf / dfcf]jfbLk|lt cGo bnsf] cljZjf;sf sf/0f o'u ljtfpFg] sfd dfq e}/x]sf] atfO{g\ .
;f]xL cj;/df k|]; rf}tf/L kj{tn] lhNnfd} klxnf]k6s kqsf/Ltfsf] z'?jft u/]sf] eGb} kqsf/ x/Lx/ kf]v/]nnfO{ ;Ddfg u/]sf] lyof] . lhNnfd} klxnf]k6s ;dfrf/d'ns klqsf k|sfzgdf NofP/ lhNnfsf] kqsfl/tf If]qsf] z'?jft u/]sf] eGb} kf]v|+]nnfO{ k|]; rf}tf/L kj{tn] ;Ddfg u/]sf] xf] .
rf}tf/Lsf s]Gb|Lo pkfWoIf b'uf{k|;fb zdf{n] kf]v/]nnfO{ sb/kq, vfbf / km'ndfnf cf]9fP/ ;Ddfg u/]sf lyP . kj{tsf] vfgLufp“ # 3/ ePsf kf]v/]n xfn a]nfotdf a:b} cfPsf lyP . pgn] @)$* ;fndf kj{t b't gfds ;fKtflxs klqsf k|sfzg u/]sf lyP .
नारायण उच्च माविको बार्षिकोत्सव
पर्वत सदरमुकाम कुश्माबजारमा साचालित जिल्लाकै एकमात्र विज्ञान संकाय भएको नारायण उच्च माविले ४३ औं बार्षिकोत्सव तथा २८ औं अभिभावक दिवस मनाएको छ । विद्यालय स्थापनाको ५० बर्ष पुगेर हालै स्वर्ण महोत्सव मनाएको उक्त विद्यालयले शुक्रबार बार्षिकोत्सव मनाएको हो ।
विद्यालयको बार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद भट्टले राज्यले शिक्षा सम्बन्धि सार्वजनिक गरेको निति र कार्ययोजनालाई सही रुपमा विद्यालयहरुले पालना गरेमा शैक्षिक सुधारमा टेवा पुग्ने बताउनुभएको थियो । नारायण उच्च मावि जिल्लाका अन्य विद्यालयहरुको तुलनामा पटक पटक नमुना विद्यालय बन्न पुगेको स्मरण गर्दै उहाँले अन्य सामुदायिक विद्यालयहरुले समेत गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा लेखापाल बलबहादुर केसीले २ करोड ६८ लाख बराबरको आय व्यय सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा विद्यालयले ०६० सालमा लगाएको धान्याचलमा चन्दादान गर्ने पहिलो महिला देवी कुमाललाई सम्मान समेत गरेको थियो । जिल्ला विकास समितिमा कार्यालय सहयोगीको रुपमा कार्यरत कुमालले विद्यालयलाई ५० हजार सहयोग उपलब्ध गराउनुभएको थियो । धनाढ्य वर्गका चन्दादाताहरुले चन्दा बोलेर पनि रकम उपलब्ध नगराएको स्मरण गराउँदै पिछडिएको महिलाबाट पाएको सहयोगको उच्च कदर गर्दै कुमाललाई सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक बसन्तकुमार सिकेले बताउनुभयो । धान्याचलमा ६४ लाख बोलकबोल रकम भएपनि ४४ लाख रुपैंया अझै उधारो चन्दाको रुपमा सिमित रहेको छ ।
कार्यक्रममा २०६५ सालमा एसएलसी परिक्षामा विद्यालयबाट उत्कृष्ठ अंक प्राप्त गर्ने छात्रा सुस्मा आचार्यलाई नारायण उच्च मावि भूतपुर्व विद्यार्थी संघले पुरस्कत गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष हेमनाथ आचार्य भुपुविद्यार्थी संघका अध्यक्ष बसन्तकुमार कर्माचार्य विद्यार्थी रामकृष्ण लामिछाने विद्यालयकी छात्रा मिनु अधिकारी खरेहा प्राविका प्रअ नारायण गिरि अभिभावक गंगाआचार्य लगायत अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो ।
पत्रकार पोखरेल सम्मानित
जिल्लामै पहिलोपटक समाचारमुलक पत्रिका प्रकाशनमा ल्याएर जिल्लाको पत्रकारिता क्षेत्रको शुरुवात गरेको भन्दै पोख्रंेललाई प्रेस चौतारी पर्वतले सम्मान गरेको हो । चौतारीले शुक्रबार एक सम्मान कार्यक्रमको आयेाजना गरी कदरपत्र खादा र फुलमालाले सम्मान गरिएको हो ।
पर्वतको खानीगाउँ ३ घर भई हाल बेलायतमा बस्दै आएका पोखरेलले २०४८ सालमा पर्वत दुत नामक साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । ।
पोखरेललाई प्रेसचौतारी नेपालका राष्ट्रिय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाक्री प्रेस चौतारीका जिल्ला अध्यक्ष इन्द्रमान खत्री नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायलले सम्मान गर्नुभएको थियो ।
Apr 22, 2010
शिवालयको वार्षिकोत्सव
उद्घाटनका क्रममा जोशीले शैक्षिक विकासका लागि सामुदायिक विद्यालयहरु स्तरबृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै शिक्षा विना मुलुकको विकास हुन नसक्ने वताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष विकास लम्साल नेकपा एकीकृतका गणेश कुँवर राप्रपाका अध्यक्ष रणवहादुर क्षेत्री सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल स्थानीय विकास अधिकारी नरहरी वराल उद्योग वाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठ जिल्ला शिक्षा कार्यालयका खेमराज आचार्य लगायतले वोल्नुभएको थियो ।
त्यसैगरी समाजसेवी लोकनाथ आचार्य मानकुमारी गिरी नारायण उच्च माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष रमाकान्त शर्मा शिक्षक अभिभावक संघका अध्यक्ष खेमनाथ आचार्य अभिभावक राधा लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षाप्रेमी वलराम कर्माचार्यले आफ्ना स्वर्गिय वावु पदमवहादुर कर्माचार्यको स्मृतिमा १० हजार रुपैयाको अक्षयकोष खडा गर्ने वताउनुभएको छ । सो अवसरमा विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
पुस्तकालय विकासका लागि पाँच उपसमिित
२०५६ सालमा स्थापना भएको उक्त पुस्तकालय स्थापनाकालखण्डको केही समयसम्म अपेक्षाकृत प्रगति हासिल गरेपनि पछिल्लो समयमा आधुनिक प्रविधिको विकाससंगै प्रभावित बन्दै गएपछि पुस्तकालयप्रति पाठकहरुलाई आकर्षण थप्ने उद्देश्यले विभिन्न उपसमितिहरु निर्माण गरेर विकासमा जोड दिइएको हो ।
पुस्तकालयको हालै सम्पन्न तेश्रो अधिवेशनबाट निर्वाचित कार्य समितिले आइतबार साचालक समितिको बैठक बसी पाँच उपसमितिहरु गठन गरेको छ । जसमध्ये आरके अदिप्त गिरिको संयोजकत्वमा पत्रिका प्रकाशन उपसमिति बैभवदिप श्रेष्ठको संयोजकत्वमा साहित्यिक उपसमिति सन्तोष थापाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति केशव पुरीको संयोजकत्वमा आर्थिक उपसमिति र भरतविवस पौडेलको संयोजकत्वमा अतिरिक्त कि्रयाकलाप उपसमिति गठन गरिएको छ ।
पुस्तकालयले विगतका समयमा प्रकाशन गर्दै आएको र केही बर्षयताबाट प्रकाशन स्थगित भएको सगुन नामक साहित्यिक पत्रिकालाई प्रकाशनमा निरन्तरता दिने भएको छ । पत्रिका प्रकाशनका लागि राजेन्द्र पहाडी प्रधान सम्पादक शान्तिनारायण श्रेष्ठ सम्पादक आरके अदिप्त गिरि कार्यकारी सम्पादक र केशव पुरी कानुनी सल्लाहकार रहने गरी सम्पादन मण्डल समेत तयार गरेको छ ।
पर्वत कांग्रेसमा चल्यो जुहारी कार्यकर्ता अन्योलमा
केन्द्रीय महाधिवेशनको तयारीका लागि जिल्लामा कि्रयाशिल सदस्यता नविकरणका विषयमा चलेको विवादले चर्को रुप लिएपछि कार्यकर्ताहरु चिन्तित वनेका छन् । कि्रयाशील सदस्याताको नविकरण फाराम वैशाख १५ भित्र केन्द्रमा पठाईसक्नु पर्ने भएपनि अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै संस्थापन पक्षका कार्यकर्ताहरुले असन्तुष्टी जनाएपछि विवाद वढ्दै गएको हो । केन्द्रीय सदस्य तथा सहसभापति अर्जुनप्रसाद जोशीले जिल्ला सभापति नवराज गुरुङ्ग र क्षेत्र नं। १ का सभापति लेखवहादुर गुरुङ्गले पर्वतलाई कांग्रेस विहीन वनाउन खोजेको आरोप लगाइरहेका वेला क्षेत्र नं। १ले विहीवार पत्रकार सम्मलेन गरेको छ ।
सम्मेलनमा सदस्यता नविकरणमा प्राविधिक कारणले ढिलाई भइरहेको र १० वैशाखमा वैठक तोकिसकेपछि पनि सहसभापति जोशीले कार्यकर्तारुलाई भड्काउन विज्ञप्तीवाजी गरेको आरोप लगाइएको छ । विवाद भएका जिल्लाहरुका लागि वैशाख मसान्तसम्ममा नविकरण गरेर पठाउँने केन्द्रको नीति रहेकोले कुनै ढिलाई नभएको क्षेत्रीय सभापति लेखवहादुृर गुरुङ्गले वताउनुभयो । उहाँले शुक्रवार सवै गाविसका सभापतिहरुलाई नविकरण फारम वितरण गरिने र सवै कार्यकर्ताहरुलाई परिचालन गरि वैशाख १५ भित्रै केन्द्रमा पठाउने तयारी भैरहेको वताउनुभयो ।
यस विषयमा जिल्ला सभापति नवराज गुरुङ्गले जिल्लामा पार्टीभित्रका समस्याहरु समाधान भैसकेपनि केही व्यक्तिहरुले आफ्नो स्वार्थपुर्तिका लागि कार्यकर्ताहरुलाई भड्काएर पार्टीलाई विगार्न खोजेको आरोप लगाउनुभएको छ । गुरुङ्गले सभासद् जोशीकै कारण सदस्यता वितरणमा ढिलाई भैरहेको आरोप लगाउँदै केन्द्रीय सदस्यजस्तो पदमा रहेको व्यक्तिले मिलाएर लैजानुपर्नेमा कार्यकर्ताहरुलाई भड्काएर संगठनलाई विगार्न खोजेको आरोप लगाउनुभयो ।
उता जोशीले मंगलवार पत्रकार सम्मेलन गरी पार्टी सभापति नवराज गुरुङ्गले आफ्नो सभापति पद गुम्ने डरले अधिवेशनका लागि आलटाल ढिलासुस्ती र अकर्मण्यता देखाएर पर्वत कांग्रेसलाई सदस्यता विहीन वनाउन खोजेको अभिव्यक्ति दिनुभएको थियो ।
Apr 20, 2010
पुर्व खेलाडीको सहयोगमा अचलस्तरीय रनिङ शिल्ड
पुर्व खेलाडी तथा कलाकार शंकर लामिछानेको सहयोगमा पर्वतमा अाचलस्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गरिएको छ । लामो समयदेखि जिल्लामा खेल गतिविधिहरु शुन्य वनिरहेको वेला पर्वत जेसिजले लामिछानेको सहयोगमा अहिलेसम्मकै उच्च पुरस्कार राशीको प्रतियोगिताको आयोजना गरेको हो ।
शिवालय ४ घर भई रोजगारीका लागि अस्ट्रेलिया बस्दै आएका शंकर लामिछानेले प्रतियोगिता साचालनका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो । उहाँले केही समय अगाडि पर्वत जिल्लाको खेदकुद विकासका निम्ति मासिक १५ हजारको दरले सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।
पर्वत जेसिजले लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ र १२ गते गरी दुई दिन सम्म प्रतियोगिता साचालन गर्ने भएको हो । प्रतियोगितामा धौलागिरि अाचलका पर्वत वाग्लुङ्ग म्याग्दी र मुस्ताङका खेल समुहहरु सहभागी गराइने भएको छ । गाउँगाउँमा रहेका खेलाडीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको पर्वत जेसीजका अध्यक्ष प्रकाश कर्माचार्यले वताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद शिल्ड र प्रमाणपत्र द्धितियलाई १५ हजार मेडल र प्रमाणपत्र तथा तृतियलाई १० हजार मेडल र प्रमाणपत्र पुरस्कार राशी तोकिएको छ । खेलाडीहरु आकर्षणका लागि छिमेकी जिल्लाका उद्योग वाणिज्य संघ खेलकुद विकास समिति र जेसीजका शाखाहरुसँग समन्वय गरिएको छ । प्रतियोगिताको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसमा संयोजक खड्गवहादुर गुरुङ्ग आर्थिक संयोजक राजन जोशी प्रचारप्रसार संयोजकमा राजनकुमार जोशी व्यवस्थापन संयोजकमा युवराज पुन स्वयंसेवक संयोजकमा जिवन पुन सुरक्षा संयोजकमा अशोक गुरुङ्ग उद्घाटन व्याच तथा माच व्यवस्थापनमा रविन कुमार जोशी रहनुभएको छ ।
पर्वत कांग्रेसमा फेरि चुलियो आन्तरिक विवाद
नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले केन्द्रबाट प्राप्त निर्देशनलाई पालना नगरेको भन्दै सहसभापति तथा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायतका केही कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयेाजना गरी केन्द्रीय सदस्य जोशी लगायतका कार्यकर्ताहरुले जिल्ला कार्य समितिले कि्रयाशिल सदस्यता वितरणमा आलटाल ढिलासुस्ती र अकर्मण्यता देखाएर पर्वत कांग्रेसलाई सदस्यता विहिन जिल्लामा लैजान खोजेको आरोप लगाएका छन् ।
गत चैत २७ र २८ मा बसॆको जिल्ला सम्पादन समितिको बैठकले कि्रयाशिल सदस्यता बृद्धिका लागि क्षेत्रीय कार्य समितिलाई फाराम वितरण गर्ने सहमति भएको थियो । थप छलफलका लागि बैशाख ६ गते कांग्रेस क्षेत्रीय समितिको बैठक तोकिएपनि जिल्ला सभापति नवराज गुरुङ र क्षेत्र नं। १ का क्षेत्रीय सभापति लेखबहादुर गुरुङले फाराम नै उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।
केन्द्रीय समितिले बैशाख १५ गते भित्र कि्रयशिल सदस्यता फाराम बुझाउन निर्देशन दिएपनि सभापतिले नेतृत्व रक्षाका निम्ति आलटाल गरेको जोशीले आरोप लगाउनुभयो । कार्यकर्तालाई विश्वास दिलाउन नसकेपछि जिल्ला अधिबेशन नै गर्न नदिने र महाधिवेशनमा समेत प्रतिनिधित्व नगराउने सुनियोजित चलखेल गरॆको उहाँको आरोप थियो ।
उता सभापति गुरुङले केन्द्रबाट फाराम कम आएकाले थप फाराम मगाएपछि एकैसाथ वितरण गर्ने गरी रोकिएको बताउनुभयो । पुन १० बैशाखमा सम्पादन समितिको बैठक बोलाइएको र सोही दिनबाट फाराम वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
वस दुर्घटनाका दुईको मृत्यु १५ घाईते
ज्यान जानेमा पर्वतको लुंखुदेउराली-८का ४५ वर्षिय ओमवहादुर मल्ल रहेका छन् । दुर्घटनामा परि मृत्य हुने अन्दाजी ३० वर्षिय महिलाको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईतेहरुमध्ये गम्भीर ६ जनाको चरक हस्पिटल पोखरामा र अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Apr 18, 2010
महायज्ञमा दानवीरको ओईरो
विश्वकै ठूलो शालिग्रामले परिचित शालिग्रामको संरक्षण गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पर्वतको पैायु क्षेत्रका एकदर्जन गाविस संगै गुल्मी र स्याङजाका प्रभावित गाविसहरुले महायज्ञ साचालन गरेका थिए । महायज्ञमा स्याङजा जिल्लाको पिडीखोला गाविसका छविलाल कुँवरको परिवारले २६ लाख नगद तथा जिन्सी सामानहरु दान गर्नुभएको छ । वैदेशिक रोजगारको शिलशिलामा मस्कोमा बस्दै आएका कुंवरले शालिग्राम र सेतीवेणी क्षेत्र विकासका लागि उक्त सहयोग उपलब्ध गराउनुभएको हो ।
त्यस्तै पर्वत जिल्लाको टकलाक निवासी झिमलाल न्यौपानेले ११ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको आयोजक समितिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानाकारी दिनुभएको छ ।
महायज्ञवाट संकलीत रकमले धर्म संस्कार र संस्कृतिको संरक्षण सम्वद्र्धन र विकास गर्ने विश्व विराट स्वरुप शालिग्ा्राम क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आधुनिक र सुविधायुक्त शव दाहस्थल तथा सुव्यवस्थित स्नान घाटको निर्माण सार्वजनिक शौचालयको निर्माण कि्रयापुत्री वसोवास गृहको निर्माण वैदिक विद्याश्रमको निर्माण तथा संचालन वृद्धाश्रम अतिथि गृह २४ सै घण्टा विद्युत आपुर्ति र सुविधासम्पन्न होटल निर्माण गर्ने लगायतका कार्यहरु गरिने अध्यक्ष तिवारीले वताउनुभएको छ ।
पुल निर्माणका लागि समिति गठन
आइतबार दुवै पक्षका उपभोक्ताहरु बीच भएको भेलाले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ठाकुर प्रसाद शर्मा सचिवमा नारायण प्रसाद पौडेल कोषाध्यक्षमा नेत्र पराजुली र सह सचिवमा सरस्वती शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव शर्मा पौडेल शारदा पौडेल सिता श्रेष्ठ दलबहादुर खड्का शालिग्राम शर्मा लेखनाथ पौडेल पुर्णप्रसाद ढकाल तेजेन्द्र पौडेल रहनुभएको छ ।
उक्त उपभोक्ताहरुको भेलाले संविधान सभामा दुवै जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभाषद्हरुलाई सल्लाहकारमा चयन गरिएको छ । जसमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं संविधानसभा सभाषद् चित्रबहादुर केसी माओवादीका प्रबक्ता एवं सभाषद् दिनानाथ शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभाषद् अर्जुनप्रसाद जोशी सभाषद् गुणाखर बस्याल र सभाषद् रामजी शर्मा पौडेल जिल्ला विकास समिति पर्वतका पुर्व उपसभापति रामशर्मा पौडेल र समाजसेवी खगेश्वरी शर्मा सल्लाहकार रहनुभएको छ भने सुर्यप्रकाश पौडेललाई प्राविधिक सल्लाहकारमा चयन गरिएको छ ।
गाविकालिगण्डकी नदी माथि निर्माण हुने उक्त पुल निर्माण हुने स्थानको दुरी ३ सय १४ मिटर रहेको छ । समिति गठन पश्चात् विस्तृत सर्वेक्षणका लागि आर्थिक संकलन कार्य अगाडि बढाइएको समितिका सचिव नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बर्षा परेपछि रोकियो अखण्डकृतन
शनिवार देखि वर्षा परेपछि आइतवार दिउँसो अखण्डकृतन समापन गरेका हुन् । चैत २६ देखि अखण्डकृतन शुरु गरेका खुर्कोट गाबिस-४ भट्टेखेत र पाङ गाविसका बासिन्दाहरुले ११ दिनपछि पानी परेपछि रोकिएको आयोजक समितिका घनश्याम भट्टले जानकारी दिनुभएको छ ।
भजन कृतनका क्रममा सर्वसाधारणहरुको सहयोगबाट एक लाख २५ हजार रकम संकलन भएको भट्टले जानकारी दिनुभयो । उक्त रकमबाट नै अखण्डकृतनलाई पुर्णता दिन सहयोग पुगेको उहाँले बताउनुभयो । लामो समय अखण्ड कृतन गर्नुपरेपनि वाली नाली लगाउन पाएपछि उनीहरु निकै हर्षित वनेका छन् ।
Apr 14, 2010
संगठन बनेको ८ घण्टामै राजीनामा
यता समितिका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पोख्रेलले भने पुनम आफैले माइनुट उठाएर पदभार सम्हालेको बताउँदै निजले षड्यन्त्रमुलक तबरबाट विज्ञप्ति प्रकाशित गरेर खेद जनाएको बताउनुभयो ।