पर्वत पुस
निर्माण सम्पन्न हुने क्रममा रहेको मुलुककै अग्लो झोलुङ्ग पुलमा निर्माण कार्य सम्पन्न नहुँदै हेर्न आउनेको भीड लाग्ने गरेको छ । पर्वतको सदरमुकाम कुश्माबजारलाई मोदीखोला पारी रहेको कटुवाचौपारी जोड्ने गरी बनाउन लागिएको पुलमा हेर्न आउनेका संख्या बढ्दै गएको हो ।
क्रल एकसय ३५ मिटर अग्लो र तीनसय ४४ मिटर लम्बाई पुल मुलुककै दोश्रो लामो पुल पनि हो । करिव ९५ प्रतिशत काम सम्पन्न भइसकेको समितिले जनाएको छ । अहिले पुल अवलोकनका लागि छिमेकी कास्की बाग्लुङ म्याग्दी पाल्पा लगायतका आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने कतिपय बाह्य पर्यटकहरुको पनि आकर्षण बढ्दै गएको छ । कालिगण्डकी नदीमा र् याफ्टिङका लागि आउने पर्यटकहरुलाई उक्त पुलले समेत आकर्षण थपेको समितिका अध्यक्ष शिवशर्मा पौडेलले जानकारी दिनुभयो ।
ठेकेदारको लापाबार्हीका कारण समयमा निर्माण सम्पन्न नभएपनि पौष महिना भित्र निर्माणकार्य सम्पन्न गरेर माघ महिनामा साचालनमा ल्याउने उपभोक्ता समितिको दाबी छ । एक बर्ष भित्र सम्पन्न गर्ने गरी ०६४ माघबाट निर्माण कार्य शुरु भएपनि ठेकेदारको बेवास्ताका कारण झण्डै एकबर्ष ढिला हुन पुगेको हो । ुठेकेदारको गैह्र जिम्मेवारी पनले गर्दा समयमै पुरा गर्न सकिएन ।ु अध्यक्ष पौडेलले भने 'अब भने पुल बनिसक्योु उहाँले भन्नुभयो ।
सदरमुकाम कुस्माबजारको बडागाउँ डिलबाट कटुवाचौपारीको छेउखन्ना मोदीखोलाको गहिरो खोचलाई पार गर्न पूलको निर्माण भैरहेको छ । पुल निर्माणमा सरकारको झोलुङ्गे पुल बिभागको करिब दुई करोड लाग्ने अनुमान गरिएको छ । पुल निर्माण संगै ज्ञादी शंकरपोखरीकाका बासिन्दाले उत्पादन गरेको तरकारी र दुध १० मिनेटमा नै कुस्मा ल्याउन सकिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
पुल निर्माण संगै कटुवाचौपारी पिपलटारी शंकरपोखरी थापाठाना कार्किनेटा खौलालाँकुरी ठुलीपोखरी मुडिकुवा लगायतका एक दर्जन गाबिसबासीहरु प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । पुल निर्माणसंगै सदरमुकाम कुस्माको ब्यापारिक कारोबारमा बृद्धि हुने अपेक्षा राखिएको छ । पुलबाट साहसीक खेल बिाजम्प पनि साचालन गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताउनुभयो । ुखेलका लागि पर्यटन विकास समिति गठन गरेर तयारी गर्न आग्रह गरिएको छु उहाँको भनाई थियो ।
No comments:
Post a Comment