सन्तोष थापा/ पर्वत २७ मंसिर
पर्वतमा १५ बर्षपछि विद्यालय सुपरिवेक्षण कार्य शुरु गरिएको छ । शिक्षा कार्यालयको प्रत्यक्ष निगरानी नहुँदा शैक्षिक स्थितिमा ह्रास आएको अवस्थामा पर्वतमा लामो समयपछि अनुगमन गर्न थालिएको हो ।
विस्तारै गाउँगाउका विद्यालयमा शैक्षिक स्थिति विग्रदै गएपछि १५ वर्षपछि जिल्ला शिक्षा अधिकारी सहितको टोली अनुगमन अभियानमा लागेको हो । डेढ दशक सम्म दुर्गम गाउँमा पुगेर कक्षा अबलोकन र बिद्यालयको अनुगमन नगरेका जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु यतिबेला गाउँ पुगेर शैक्षिक र भौतिक स्थितिको अध्यन गरेका हुन् ।
जिल्ला शिक्षा कार्यालय पर्वतले दिएको जानकारी अनुसार कार्तिक महिनाबाट शुरु भएको अभियान अहिले मध्य क्षेत्रमा आइपुगेको छ । जिल्लाका ५५ गाबिसमा रहेका तीनसय ३६ बिद्यालय मध्ये अहिलेसम्म करिब एकसय बिद्यालयमा अनुगमन सकिएको छ । बिद्यालयका निरीक्षकहरुले अहिलेसम्म कक्षा अबलोकन गरेका थिएनन् ।
उत्तरको लेकफाँट गाबिसमा रहेको हिमालय प्राबिमा १६ बर्षपछि जिशिअ र निरीक्षक पुगेका छन् । अहिले मध्य भागका पकुवा ठुलीपोखरी पिपलटारी शंकरपोखरी थापाठाना गाबिसमा बिद्यालय निरीक्षणको काम भैरहेको छ । बिद्यालयमा निरीक्षण अभियान शुरु भएपछि धेरै सुधार भेटिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट ले बताए ुअहिले सम्म फलोअप भएको छैनु उनले भने ु हामी पुगेपछि बिद्यालय ब्यबस्थापन समितिको बैठक बसेर सुधारका लागि प्रयास भैरहेको जानकारी आएको छ ।ु
अभियान पछि स्रोत ब्यक्तिहरुले पनि महिनामा कम्तीमा सात दिन बिद्यालयमा कक्षा अबलोकन गर्नै पर्ने ब्यबस्था गरिएको छ । बिद्यालयमा देखिएका सुधारहरुलाई अन्यत्र बिद्यालयमा पनि लागु गर्न पहल भैरहेको उनले बताए । ुबिद्यालयमा पुग्ने कक्षा अबलोकन गर्ने र बिद्यालयमा देखिएका उपलब्धि र कमजोरीहरुलाई नजिकैबाट नियाल्ने काम भएको छ ।ु उनले भने ।
कार्यालयले सबै गाबिस र बिद्यालयमा पुग्ने अभियान शुरु गरेको छ । गाउँमा रहेका सरकारी बिद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट अनुगमन नहुँदा शैक्षिक गुणस्तर देखि बिद्यालयको स्तर सम्म खस्केको बेला अनुगमन प्रभाबकारी देखिएको छ ।
No comments:
Post a Comment