Dec 31, 2009

ट्याक्टरको ठक्करबाट बृद्धाको मृत्यु

पर्वत १५ पुस
सदरमुकाम कुस्मास्थित बडागाउबाट डम्डारेखोलातर्फ जादै गरेको ग१त १५६९ नम्बरको ट्याक्टरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ । ठक्करबाट पर्वतको शालिजा-९ की ८२ बर्षिय कलामती पाइजा पुनको टेक्टरको ठक्करले बुधबार ज्यान गएको हो । पोखरा बागलुङ्ग राजमार्गमा पर्ने पर्वतको शिबालय - ९ डम्डारे खोला नजिक ठक्कर दिएकी बृद्धा पुनलाई उपचारकालागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । टेक्टर चालक प्रताप सुनार र टेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बृद्धाको मृत्यु भएपछि मृतकका आफन्तले चालकलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै दिनभर पोखरा-बागलुङ्ग राजमार्गको कुस्मा खण्ड बन्द गराएका थिए । मृतकका आफन्तलाई उचित क्षतिपुर्ती दिने सहमति पछि साँझबाट अबरुद्ध राजमार्ग सुचारु भएको छ ।

No comments:

Post a Comment