Dec 25, 2009

मदिरा सेवन गरेका युवाहरुको आक्रमणबाट आधादर्जन घाइते

पर्वत १० पुस
पर्वतको लुंखुदेउरालीमा मदिरा सेवन गरेका युवाहरुको आक्रमणबाट दुई शिक्षक सहित आधादर्जन घाइते भएका छ्न । 
स्थानीय महेन्द्रज्योति उच्च माविमा आयोजित स्रोत केन्द्रस्तरीय भलिबल प्रतियोगितामा भाग लिन आएका युवाहरुले मदिरा सेवन गरेर आक्रमण गरेपछि विद्यालयका शिक्षक गोपालप्रसाद शर्मा टुकप्रसाद शर्मा र इन्प्रेड नेपालका कर्मचारी थमप्रसाद पौडेल गम्भिर घाइते भएका हुन् भने अन्य चार जना सामान्य घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई उपचारका लागि शुक्रबार विहान पोखरा तर्फ लगिएको छ ।
प्रतियोगितामा सहभागी हुन आएका छिमेकी पाखापानी गाविसको जनविकास माविका विद्यार्थीहरुले उनीहरुमाथि हमला गरेका थिए । पर्वत सदरमुकाम कुश्मा बजारबाट लुंखुदेउराली गाविसमा विद्युत साचालनका लागि विद्युत ट्रान्समिटर लैजादै गरेको ट्रकमा उनीहरुले ढुंगा मुढा गरेका र सोही विषयमा सम्झाइबुझाई गर्दा उनीहरुमाथि युवाहरुले ढुंगामुढा प्रहार गरेर घाइते बनाएको स्थानीयबासीहरुले जानकारी दिएका छन् । 
घटनामा संलग्न तीन युवाहरुलाई स्थानीय लुंखु प्रहरी चौकीले पक्राउ गरेको छ । १० जनाको समुहमा रहेका युवाहरुमध्ये अन्य भने फरार अवस्थामा छन् । फरार युवाहरुको खोजि कार्य भईरहेको प्रहरी जानकारी दिएको छ ।

No comments:

Post a Comment