Apr 20, 2010

पर्वत कांग्रेसमा फेरि चुलियो आन्तरिक विवाद

नेपाली कांग्रेस एकिकरणपछि १२ औं महाधिवेशनको संघारमा लागिरहँदा पर्वतमा आन्तरिक विवाद चुलिदै गएको छ । जिल्ला तहदेखि क्षेत्रगत तहसम्म पार्टी भित्रै आन्तरिक विवाद मच्चिएपछि कांग्रेस पर्वत कि्रयाशिल सदस्यविहिन हुने अवस्था खड्किएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले केन्द्रबाट प्राप्त निर्देशनलाई पालना नगरेको भन्दै सहसभापति तथा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायतका केही कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयेाजना गरी केन्द्रीय सदस्य जोशी लगायतका कार्यकर्ताहरुले जिल्ला कार्य समितिले कि्रयाशिल सदस्यता वितरणमा आलटाल ढिलासुस्ती र अकर्मण्यता देखाएर पर्वत कांग्रेसलाई सदस्यता विहिन जिल्लामा लैजान खोजेको आरोप लगाएका छन् ।
गत चैत २७ र २८ मा बसॆको जिल्ला सम्पादन समितिको बैठकले कि्रयाशिल सदस्यता बृद्धिका लागि क्षेत्रीय कार्य समितिलाई फाराम वितरण गर्ने सहमति भएको थियो । थप छलफलका लागि बैशाख ६ गते कांग्रेस क्षेत्रीय समितिको बैठक तोकिएपनि जिल्ला सभापति नवराज गुरुङ र क्षेत्र नं। १ का क्षेत्रीय सभापति लेखबहादुर गुरुङले फाराम नै उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।
केन्द्रीय समितिले बैशाख १५ गते भित्र कि्रयशिल सदस्यता फाराम बुझाउन निर्देशन दिएपनि सभापतिले नेतृत्व रक्षाका निम्ति आलटाल गरेको जोशीले आरोप लगाउनुभयो । कार्यकर्तालाई विश्वास दिलाउन नसकेपछि जिल्ला अधिबेशन नै गर्न नदिने र महाधिवेशनमा समेत प्रतिनिधित्व नगराउने सुनियोजित चलखेल गरॆको उहाँको आरोप थियो ।
उता सभापति गुरुङले केन्द्रबाट फाराम कम आएकाले थप फाराम मगाएपछि एकैसाथ वितरण गर्ने गरी रोकिएको बताउनुभयो । पुन १० बैशाखमा सम्पादन समितिको बैठक बोलाइएको र सोही दिनबाट फाराम वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment