Apr 14, 2010

ऊर्जा प्रविधिको प्रदर्शनी

वैकल्पिक उर्जाको प्रचार प्रसार तथा वजारिकरण गर्ने उद्देश्यले जिल्ला उर्जा तथा वतावरणीय संजाल पर्वतले बुधबार एकदिने ऊर्जा प्रदर्शनी गरेको छ । वैकल्पिक उर्जासँग सम्वन्धी जिल्ला स्थित विभिन्न संघ संस्थाहरुको सहयोगमा गरिएको प्रदर्शनीमा गोवरग्यास सोलार वायोवि्रकेट सुधारिएको चुल्हो हाइड्रोपावरका सामाग्रीहरु पेल्ट्रिक सेट लगायतका राखिएको थियो ।
प्रदर्शनीमा राखिएका सामाग्रीहरु अवलोकनका तथा किनमेलका लागि जिल्लाका विभिन्न क्षेत्रवाट सर्वसाधारणहरुको घुँईचो लागेको थियो । प्रदर्शनीमा सामुदायिक वनका उपभोक्ताहरुले उत्पादन गरेका विभिन्न लप्सी क्याण्डी अचार मह लगायतका घरेलु उत्पादनहरु समेत राखिएको थियो ।

No comments:

Post a Comment