Apr 22, 2010

पर्वत कांग्रेसमा चल्यो जुहारी कार्यकर्ता अन्योलमा

नेपाली कांग्रेस पर्वतमा संस्थापन र प्रजातान्त्रिक कांग्रेस पक्षधरका कार्यकर्ता विचको आपसी बिबाद झनै चुलिदै गएको छ । दुवैपक्ष बीचको जुहारी चर्किंदै गएपछि पर्वत कांग्रेस अहिले आरोप प्रत्यारोपमा रुमलिएको छ । नेपाली कांग्रेसको १२ औ महाधिवेशनको तयारी भैरहेका वेला जिल्लामा विवाद समाधानका लागि केही समय अगाडि केन्द्रीय समितिले ३५ सदस्यीय कार्यसम्पादन समिति तोकेर पठाएपनि विवाद साम्य हुन सकेको छ्रै्रन् ।
केन्द्रीय महाधिवेशनको तयारीका लागि जिल्लामा कि्रयाशिल सदस्यता नविकरणका विषयमा चलेको विवादले चर्को रुप लिएपछि कार्यकर्ताहरु चिन्तित वनेका छन् । कि्रयाशील सदस्याताको नविकरण फाराम वैशाख १५ भित्र केन्द्रमा पठाईसक्नु पर्ने भएपनि अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै संस्थापन पक्षका कार्यकर्ताहरुले असन्तुष्टी जनाएपछि विवाद वढ्दै गएको हो । केन्द्रीय सदस्य तथा सहसभापति अर्जुनप्रसाद जोशीले जिल्ला सभापति नवराज गुरुङ्ग र क्षेत्र नं। १ का सभापति लेखवहादुर गुरुङ्गले पर्वतलाई कांग्रेस विहीन वनाउन खोजेको आरोप लगाइरहेका वेला क्षेत्र नं। १ले विहीवार पत्रकार सम्मलेन गरेको छ ।
सम्मेलनमा सदस्यता नविकरणमा प्राविधिक कारणले ढिलाई भइरहेको र १० वैशाखमा वैठक तोकिसकेपछि पनि सहसभापति जोशीले कार्यकर्तारुलाई भड्काउन विज्ञप्तीवाजी गरेको आरोप लगाइएको छ । विवाद भएका जिल्लाहरुका लागि वैशाख मसान्तसम्ममा नविकरण गरेर पठाउँने केन्द्रको नीति रहेकोले कुनै ढिलाई नभएको क्षेत्रीय सभापति लेखवहादुृर गुरुङ्गले वताउनुभयो । उहाँले शुक्रवार सवै गाविसका सभापतिहरुलाई नविकरण फारम वितरण गरिने र सवै कार्यकर्ताहरुलाई परिचालन गरि वैशाख १५ भित्रै केन्द्रमा पठाउने तयारी भैरहेको वताउनुभयो ।
यस विषयमा जिल्ला सभापति नवराज गुरुङ्गले जिल्लामा पार्टीभित्रका समस्याहरु समाधान भैसकेपनि केही व्यक्तिहरुले आफ्नो स्वार्थपुर्तिका लागि कार्यकर्ताहरुलाई भड्काएर पार्टीलाई विगार्न खोजेको आरोप लगाउनुभएको छ । गुरुङ्गले सभासद् जोशीकै कारण सदस्यता वितरणमा ढिलाई भैरहेको आरोप लगाउँदै केन्द्रीय सदस्यजस्तो पदमा रहेको व्यक्तिले मिलाएर लैजानुपर्नेमा कार्यकर्ताहरुलाई भड्काएर संगठनलाई विगार्न खोजेको आरोप लगाउनुभयो ।
उता जोशीले मंगलवार पत्रकार सम्मेलन गरी पार्टी सभापति नवराज गुरुङ्गले आफ्नो सभापति पद गुम्ने डरले अधिवेशनका लागि आलटाल ढिलासुस्ती र अकर्मण्यता देखाएर पर्वत कांग्रेसलाई सदस्यता विहीन वनाउन खोजेको अभिव्यक्ति दिनुभएको थियो ।

No comments:

Post a Comment