पर्वत १० बैशाख
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाक्रीले शैक्षिक सुधारको क्षेत्रमा सरकारले जतिसुकै लगानी गरेपनि सुधारको पक्षमा मौन रहेको बताएकी छिन् । प्रेस चौतारी पर्वतले शुक्रवार विहान गरेको पत्रकार सम्मेलनमा वोल्दै झाकि्रले गुणस्तरीय शिक्षाको नाममा शिक्षामा माफीयाकरण भैरहेको वताउँदै निजि तथा संस्थागत विद्यालयहरु नाफा कमाउनतर्फ मात्र उन्मुख भएकोले यिनीहरुलाई नियन्त्रण गर्नुपर्ने बताइन् ।
शिक्षामा भैरहेको व्यापारीकरणका कारण सर्वसाधारणहरु मारमा परिरहेको वताउँदै झाकि्रले निजी विद्यालयलाई नियन्त्रण गर्नु जरुरी रहेको बताईन् । उनले राज्यले सार्वजनिक विद्यालयहरुको स्तरोन्नती गरी विद्यालय जाने उमेर समुहका वालवालीकाहरुलाई शैक्षिक भत्ताको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी थिइन् । राज्यनै कानुनविहीन वनिरहेकोले निजि क्षेत्रको ज्यादतीपुर्ण कि्रयाकलाप रोक्न सरकारले कुनै चासो नदेखाएको उनको आरोप छ । उहाँले सकारको भर्ना अभियानलाई नाटकको संज्ञा दिँदै यस्तो क्षणिक अभियानले सवै विद्यालयहरु विद्यालयको दायरामा आउन नसक्ने बताईन् ।
अर्को एक प्रसंगमा झाकि्रले जेठ १४ पछि मुलुकमा गम्भीर मुठभेडको स्थिति आउने ठोकुवा गरिन् । माओवादीले वाईसिएलहरुलाई लाठी र वन्दुकको तालिम दिएर आतंकको मनोविज्ञान सिर्जना गरिहेको वताउँदै मुलुकलाई गम्भीर संकटतर्फ धकेल्ने माओवादीको प्रयास र वन्दुकको छायाँमा कहिल्यै शान्ति स्थापना हुन नसक्ने बताइन् । झाकि्रले बन्दुकको भरमा सत्ता कव्जा गरेर एकलौटी गर्ने माओवादीको सपना र माओवादीप्रति अन्य दलको अविश्वासका कारण युग विताउँने काम मात्र भैरहेको बताईन् ।
सोही अवसरमा प्रेस चौतारी पर्वतले जिल्लामै पहिलोपटक पत्रकारीताको शुरुवात गरेको भन्दै पत्रकार हरीहर पोखरेललाई सम्मान गरेको थियो । जिल्लामै पहिलोपटक समाचारमुलक पत्रिका प्रकाशनमा ल्याएर जिल्लाको पत्रकारिता क्षेत्रको शुरुवात गरेको भन्दै पोख्रंेललाई प्रेस चौतारी पर्वतले सम्मान गरेको हो ।
चौतारीका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद शर्माले पोखरेललाई कदरपत्र खादा र फुलमाला ओढाएर सम्मान गरेका थिए ।पर्वतको खानीगाउँ ३ घर भएका पोखरेल हाल बेलायतमा बस्दै आएका थिए । उनले २०४८ सालमा पर्वत दुत नामक साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए ।
No comments:
Post a Comment