Apr 18, 2010

महायज्ञमा दानवीरको ओईरो

पर्वत स्याङजा र गुल्मी जिल्लाको संगममा पर्ने पवित्र तिर्थस्थल शालिग्राम सेतीवेणी धाममा लगाइएको महायज्ञमा दानवीहरुको ओइरो लागेको छ । गत चैत्र ३० गते देखि शुरु भएको महायज्ञमा आज सातौं दिन सम्म ८० लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
विश्वकै ठूलो शालिग्रामले परिचित शालिग्रामको संरक्षण गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पर्वतको पैायु क्षेत्रका एकदर्जन गाविस संगै गुल्मी र स्याङजाका प्रभावित गाविसहरुले महायज्ञ साचालन गरेका थिए । महायज्ञमा स्याङजा जिल्लाको पिडीखोला गाविसका छविलाल कुँवरको परिवारले २६ लाख नगद तथा जिन्सी सामानहरु दान गर्नुभएको छ । वैदेशिक रोजगारको शिलशिलामा मस्कोमा बस्दै आएका कुंवरले शालिग्राम र सेतीवेणी क्षेत्र विकासका लागि उक्त सहयोग उपलब्ध गराउनुभएको हो ।
त्यस्तै पर्वत जिल्लाको टकलाक निवासी झिमलाल न्यौपानेले ११ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको आयोजक समितिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानाकारी दिनुभएको छ ।
महायज्ञवाट संकलीत रकमले धर्म संस्कार र संस्कृतिको संरक्षण सम्वद्र्धन र विकास गर्ने विश्व विराट स्वरुप शालिग्ा्राम क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आधुनिक र सुविधायुक्त शव दाहस्थल तथा सुव्यवस्थित स्नान घाटको निर्माण सार्वजनिक शौचालयको निर्माण कि्रयापुत्री वसोवास गृहको निर्माण वैदिक विद्याश्रमको निर्माण तथा संचालन वृद्धाश्रम अतिथि गृह २४ सै घण्टा विद्युत आपुर्ति र सुविधासम्पन्न होटल निर्माण गर्ने लगायतका कार्यहरु गरिने अध्यक्ष तिवारीले वताउनुभएको छ ।

No comments:

Post a Comment