सात महिना लामो खडेरीले अत्तालिएर पानी पार्ने आशमा भगवानसँग अखण्डकृतन गरेर पुकार गरेका खुर्कोट वासीहरुले पानी परेलगत्तै अखण्डकृतन रोकेका छन् ।
शनिवार देखि वर्षा परेपछि आइतवार दिउँसो अखण्डकृतन समापन गरेका हुन् । चैत २६ देखि अखण्डकृतन शुरु गरेका खुर्कोट गाबिस-४ भट्टेखेत र पाङ गाविसका बासिन्दाहरुले ११ दिनपछि पानी परेपछि रोकिएको आयोजक समितिका घनश्याम भट्टले जानकारी दिनुभएको छ ।
भजन कृतनका क्रममा सर्वसाधारणहरुको सहयोगबाट एक लाख २५ हजार रकम संकलन भएको भट्टले जानकारी दिनुभयो । उक्त रकमबाट नै अखण्डकृतनलाई पुर्णता दिन सहयोग पुगेको उहाँले बताउनुभयो । लामो समय अखण्ड कृतन गर्नुपरेपनि वाली नाली लगाउन पाएपछि उनीहरु निकै हर्षित वनेका छन् ।
No comments:
Post a Comment