नेपाली कांग्रेस निकट तरुण दल शिवालय गाउँ समितिका सचिव करन नेपाली पुनमले संगठन निर्माण भएको ८ घण्टा नवित्दै राजीनामा दिएका छन् । बुधबार विहान गठन भएको उक्त समितिको सचिव पदमा रहेका पुनमले दिउँसो विज्ञप्ति जारी गरी आफुलाई शुभकामना आदानप्रदान कार्यक्रम भनेर संगठन भित्र राखेको भन्दै खेद जनाएका छन् ।
यता समितिका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पोख्रेलले भने पुनम आफैले माइनुट उठाएर पदभार सम्हालेको बताउँदै निजले षड्यन्त्रमुलक तबरबाट विज्ञप्ति प्रकाशित गरेर खेद जनाएको बताउनुभयो ।
No comments:
Post a Comment