Apr 14, 2010

पर्वत दिपुको विमोचन

पर्वतको सदरमुकाम कुश्माबजारबाट नयाँ साप्ताहिकले आफ्नो प्रकाशन शुरु गरेको छ । विशं सहकारी संस्थाद्धारा प्रकाशीत पर्वत दिप साप्ताहिकले वुधवारदेखि प्रकाशन प्रारम्भ गरेको हो ।
साप्ताहिकको क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुःखीले वुधवार एक समारोह विच विमोचन गर्नुभएको थियो । पत्रिकाको विमोचन गर्दै दुःखीले नेपाली पत्रकारिता क्षेत्र जनमुखी र जनपक्षीय हुनुपने बताउनुभएको थियो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी पर्वतका इन्चार्ज नेत्र अधिकारी नेपाली कांग्रेसका आमन्त्रित सदस्य गंगाधर तिवारी नेकपा एमालेका जिल्ला सदस्य उदय सुवेदी नेकपा एकीकृतका तेजेन्द्र पौडेल राप्रपाका इश्वर गिरी राष्ट्रिय जनमुक्ति पार्टीकी जिल्ला अध्यक्ष मनकुमारी पुन नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष ओमप्रसाद घायल धौलागिरि गर्जन साप्ताहिकका सम्पादक कृष्ण केसी अखिल नेपालल शिक्षक संगठनका घनश्याम शर्मा गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गोविन्द पहाडी लायन्स क्लव अफ शिवालय पर्वतका अध्यक्ष लेखनाथ उपाध्याय र चण्डिका सशस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक शुदर्शन शिलवाल लगायतले वोल्नुभएको थियो ।
पर्वत दिपका सम्पादक विष्णुप्रसाद शर्माको अध्यक्षतामा स्ाम्पन्न कार्यक्रमको स्वागत सहसम्पादक कमला केसी र संचालन कार्यकारी सम्पादक गोपाल जिसीले गर्नुभएको थियो ।
यस अघि पर्वतमा निष्पक्ष अभिमत साप्ताहिक मोदीकाली साप्ताहिक धौलागिरि पोष्ट साप्ताहिक प्रकाशन हुँदै आएका छन् भने सामुदायिक रेडियो पर्वत र रेडियो दिदीबहिनी गरी दुई प्रसारण साचारमाध्याम साचालनमा आएका छन् ।

No comments:

Post a Comment