Apr 18, 2010

पुल निर्माणका लागि समिति गठन

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार देखि बाग्लुङ जिल्लाको नारायणस्थान गाविस जोड्नेगरी पुल निर्माण कार्यको थालनी गरिएको छ । पुल निर्माणका लागि मिनप्रसाद श्रेष्ठको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको छ ।
आइतबार दुवै पक्षका उपभोक्ताहरु बीच भएको भेलाले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ठाकुर प्रसाद शर्मा सचिवमा नारायण प्रसाद पौडेल कोषाध्यक्षमा नेत्र पराजुली र सह सचिवमा सरस्वती शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव शर्मा पौडेल शारदा पौडेल सिता श्रेष्ठ दलबहादुर खड्का शालिग्राम शर्मा लेखनाथ पौडेल पुर्णप्रसाद ढकाल तेजेन्द्र पौडेल रहनुभएको छ ।
उक्त उपभोक्ताहरुको भेलाले संविधान सभामा दुवै जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभाषद्हरुलाई सल्लाहकारमा चयन गरिएको छ । जसमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं संविधानसभा सभाषद् चित्रबहादुर केसी माओवादीका प्रबक्ता एवं सभाषद् दिनानाथ शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभाषद् अर्जुनप्रसाद जोशी सभाषद् गुणाखर बस्याल र सभाषद् रामजी शर्मा पौडेल जिल्ला विकास समिति पर्वतका पुर्व उपसभापति रामशर्मा पौडेल र समाजसेवी खगेश्वरी शर्मा सल्लाहकार रहनुभएको छ भने सुर्यप्रकाश पौडेललाई प्राविधिक सल्लाहकारमा चयन गरिएको छ ।
गाविकालिगण्डकी नदी माथि निर्माण हुने उक्त पुल निर्माण हुने स्थानको दुरी ३ सय १४ मिटर रहेको छ । समिति गठन पश्चात् विस्तृत सर्वेक्षणका लागि आर्थिक संकलन कार्य अगाडि बढाइएको समितिका सचिव नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment