Apr 22, 2010

पुस्तकालय विकासका लागि पाँच उपसमिित

पाठकहरुको अभावमा प्रभावित बन्दै गएको पर्वत सदरमुकाम कुश्माको एक मात्र पुस्तकालय गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयको विकासमा पहल थालिएको छ ।
२०५६ सालमा स्थापना भएको उक्त पुस्तकालय स्थापनाकालखण्डको केही समयसम्म अपेक्षाकृत प्रगति हासिल गरेपनि पछिल्लो समयमा आधुनिक प्रविधिको विकाससंगै प्रभावित बन्दै गएपछि पुस्तकालयप्रति पाठकहरुलाई आकर्षण थप्ने उद्देश्यले विभिन्न उपसमितिहरु निर्माण गरेर विकासमा जोड दिइएको हो ।
पुस्तकालयको हालै सम्पन्न तेश्रो अधिवेशनबाट निर्वाचित कार्य समितिले आइतबार साचालक समितिको बैठक बसी पाँच उपसमितिहरु गठन गरेको छ । जसमध्ये आरके अदिप्त गिरिको संयोजकत्वमा पत्रिका प्रकाशन उपसमिति बैभवदिप श्रेष्ठको संयोजकत्वमा साहित्यिक उपसमिति सन्तोष थापाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति केशव पुरीको संयोजकत्वमा आर्थिक उपसमिति र भरतविवस पौडेलको संयोजकत्वमा अतिरिक्त कि्रयाकलाप उपसमिति गठन गरिएको छ ।
पुस्तकालयले विगतका समयमा प्रकाशन गर्दै आएको र केही बर्षयताबाट प्रकाशन स्थगित भएको सगुन नामक साहित्यिक पत्रिकालाई प्रकाशनमा निरन्तरता दिने भएको छ । पत्रिका प्रकाशनका लागि राजेन्द्र पहाडी प्रधान सम्पादक शान्तिनारायण श्रेष्ठ सम्पादक आरके अदिप्त गिरि कार्यकारी सम्पादक र केशव पुरी कानुनी सल्लाहकार रहने गरी सम्पादन मण्डल समेत तयार गरेको छ ।

No comments:

Post a Comment