सदरमुकाम कुश्माबजारमा अवस्थित शिवालय नमुना उच्च माविको २९ औ वार्षिकोत्सव तथा २८ औ अभिभावका दिवस विहिवार सम्पन्न भएको छ । बार्षिकोत्सवको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनका क्रममा जोशीले शैक्षिक विकासका लागि सामुदायिक विद्यालयहरु स्तरबृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै शिक्षा विना मुलुकको विकास हुन नसक्ने वताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष विकास लम्साल नेकपा एकीकृतका गणेश कुँवर राप्रपाका अध्यक्ष रणवहादुर क्षेत्री सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल स्थानीय विकास अधिकारी नरहरी वराल उद्योग वाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठ जिल्ला शिक्षा कार्यालयका खेमराज आचार्य लगायतले वोल्नुभएको थियो ।
त्यसैगरी समाजसेवी लोकनाथ आचार्य मानकुमारी गिरी नारायण उच्च माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष रमाकान्त शर्मा शिक्षक अभिभावक संघका अध्यक्ष खेमनाथ आचार्य अभिभावक राधा लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षाप्रेमी वलराम कर्माचार्यले आफ्ना स्वर्गिय वावु पदमवहादुर कर्माचार्यको स्मृतिमा १० हजार रुपैयाको अक्षयकोष खडा गर्ने वताउनुभएको छ । सो अवसरमा विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
No comments:
Post a Comment