Apr 20, 2010

वस दुर्घटनाका दुईको मृत्यु १५ घाईते

दक्षिण पर्वतको लुंखुदेउरालीवाट पोखरातर्फ जाँदै गरेको ग१ज १९०९ नं।sाे यात्रुवाहक वस मंगलवार दिउँसो स्याङजाको चिलाउँनेवासमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान जानेमा पर्वतको लुंखुदेउराली-८का ४५ वर्षिय ओमवहादुर मल्ल रहेका छन् । दुर्घटनामा परि मृत्य हुने अन्दाजी ३० वर्षिय महिलाको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईतेहरुमध्ये गम्भीर ६ जनाको चरक हस्पिटल पोखरामा र अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment