Apr 24, 2010

पत्रकार पोखरेल सम्मानित

पर्वत जिल्लामाम पहिलोपटक पत्रकारीताको शुरुवात गरेको भन्दै पत्रकार हरीहर पोखरेललाई सम्मान गरिएको छ ।
जिल्लामै पहिलोपटक समाचारमुलक पत्रिका प्रकाशनमा ल्याएर जिल्लाको पत्रकारिता क्षेत्रको शुरुवात गरेको भन्दै पोख्रंेललाई प्रेस चौतारी पर्वतले सम्मान गरेको हो । चौतारीले शुक्रबार एक सम्मान कार्यक्रमको आयेाजना गरी कदरपत्र खादा र फुलमालाले सम्मान गरिएको हो ।
पर्वतको खानीगाउँ ३ घर भई हाल बेलायतमा बस्दै आएका पोखरेलले २०४८ सालमा पर्वत दुत नामक साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । ।
पोखरेललाई प्रेसचौतारी नेपालका राष्ट्रिय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाक्री प्रेस चौतारीका जिल्ला अध्यक्ष इन्द्रमान खत्री नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायलले सम्मान गर्नुभएको थियो ।

No comments:

Post a Comment