Nov 25, 2009

खेलकुद गतिविधिमा सुरक्षानिकायको हालिमुहाली बडाचौरमा शसस्त्रपछि देविस्थानमा सेना राख्ने तयारी

पर्वत÷जिल्लाको देबिस्थान गाबिसमा रहेको माझीगाउँ खेलमैदानमा नेपाली सेनाको नयाँ भैरबी दल गुल्मलाई स्थानान्तरण गर्ने तयारी भएपछि स्थानियबासीले बिरोध स्वरुप प्रदर्शन गरेका छन् ।
खेलमैदानको रुपमा बिकास गरिदै लगेको उक्त चौरमा सेना राख्दा खेलकुद गतिबिधी ठप्प हुनुका साथै सर्वसाधारणहरु असुरक्षीत हुने भन्दै सदरमुकाम कुश्म्ाावजारमा आइतवार प्रदर्शन गरेका हुन् । सदरमुकाम कुस्माबजारको गोदाममा रहेको नयाँभैरवी दल गुल्मलाई देबिस्थान ८ माँझीगाउँ चौरमा स्थानान्तरणका लागि तयारी शुरु गरेको छ । खेलमैदान वरीपरीका देबिस्थान ८ भुसालचौरका करिब १ सय जना बासिन्दाले सरकारी तयारीको बिरोध गर्दै प्रदर्शन गर्नुका साथै प्रशासन कार्यालयमा बिरोधपत्र समेत बुझाएका छन । माझीगाउँ चौर जिल्लाको एक मात्र खेलमैदान र फराकिलो क्षेत्रफल भएको स्थान हो । सदरमुकाम कुस्माबजारको बड्गाउँमा खेलकुद बिकास समितिको नाममा रहेको ८३ रोपनी खेल मैदानमा एक दशक पहिले शसस्त्र प्रहरीको चण्डिका गण राखिएपछि बैकल्पिक रुपमा यसलाई खेल मैदान बनाउन शुरु गरिएको छ । करिब साढे ७२ रोपनीमा फैलिएको उक्त चौरमा सेनाको गुल्म स्थापना गरे स्थानीय एक सय परिवारको निकास वन्द हुनेभएकाले राख्न अस्वीकार गरेको स्थानीयवासीहरुले जनाएका छन्
स्थानियबासीले खेलकुद मैदानमा सेनाको गुल्म स्थानान्तरण गर्ने निणर्य तत्काल फिर्ता गर्न समेत माग गरेका छन् । सेना बस्दा चौरको छेउमा रहेका एक सय घरपरिवारको घर प्रत्यक्ष प्रभावित हुनुका साथै गाई भैसी फुकाउन तथा शव दाहसंस्कारका लागि ज्यामीरेघाटमा जान नमिल्ने स्थानियबासी रामप्रसाद भुसालले वताउनुभएको छ । ुहामीले कुनै पनि हालतमा सेना राख्न दिदैनौ भुसालले भन्नुभयो त्यसका लागि जुनसुकै मुल्य चुकाउन पनि तयार छौ ।ु
२०१८ साल देखि ब्यक्तिको नाममा दर्ता भएको उक्त चौर सन्धि सर्पन भएको भन्दै स्थानियबासीले अदालतमा मुद्दा समेत चलाएका थिए । बिभिन्न तहका अदालतको प्रकृया पुरा गर्दै २०५९ सालमा सर्बोच्च अदालतले सन्धिसर्पन नै कायम हुने फैसला गरेपछि बिबाद टुंगिएको थियो ।
सेनाको गुल्म स्थानान्तरणको बिरोधमा उत्रिएका स्थानियबासीले खेलकुद मैदान बनाउन भने गत बर्ष सहमति दिएका थिए । स्थानिबासीको सहमति पछि जिल्ला खेलकुद बिकास समितिले साढे तीन लाखको लागतमा मैदान सम्याउने काम गरेको बिगठीत समितिका अध्यक्ष देबेन्दराज पाण्डेले बताउनुभएको छ । ुसमितिले यस बर्ष करिब १० लाखको लागतमा मैदानमा थप पुर्बाधार बनाउने योजना बनाएको वताएको छ पाण्डेको भनाई छ ।
उक्त विरोधका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रकृया शुरु भएपनि गुल्म सरीनहालेको र स्थानियबासीको बिरोध आएको बताउनुभयो । उहाँले स्थानीयवासीहरु बिरोधमा उत्रिएकोले बिबाद समाधान गरेर मात्रै अगाडि वढ्ने वताउनुभएको छ ।

1 comment:

  1. Bhusalchaoru ma kunai pani halatma sena rakhna dinu hunna ra yas chaurlai kehlkudmaidanko rupma nai bikas garinu parchha, yo ta distirct kai gahana ho, ra yaslai jogayera rakhnu parchha, sena kunai pani halatma basna dinu hunna hai

    ReplyDelete