सन्तोष थापा/ पर्वत २८ कात्तिक
पर्वतको सदरमुकाम कुश्माबजारकै छेउमा अवस्थित एक मन्दिरमा दलित समुदायकी महिलाले आधा दशक देखि पुजापाठ गर्दै आउनुभएको छ । शिवालय ३ गोदाम स्थित दलित वस्तीकी डल्ली नेपालीले स्थानी दुर्गाभगवती मन्दिरमा ०६१ सालदेखि निरन्तर पुजा गर्दै आउनुभएको हो । स्थानीय व्राम्ह्ण समुदायका व्यक्तिहरुले दलितलाई मन्दिरमा प्रबेश गर्न नदिएपछि दलितहरु मिलेर ०५० सालमा निर्माण गरेको सो मन्दिरमा नेपालीलाई पुजारी राखिएको हो ।
मन्दिर वरपर वस्ने दमै कार्मी र सार्की जातका दलितहरुले मिलेर निर्माण गरेको मन्दिरमा अन्य जातीहरु भने कमै मात्रामा पुजा गर्न आउने गरेका छन् । चन्दा भैलो र स्थानीवासीहरुको श्रमदानपछि निर्माण गरिएको मन्दिरमा दलितहरुकै पहलवाट पुजापाठ साचालन भएपछि ५० वर्षीय नेपाली जिल्लामा नै उदाहरणीय महिला बन्नुभएको छ । ुपँँच वर्षदेखि निरन्तर रुपमा पुजा गर्दै आएकी छु नेपालीले भन्नुभयो 'पहिले ब्राम्हण जातका बाहुन रहेका र पछि उनीहरुले दलितहरुलाई पुजा गर्न नदिएपछि मलाई राखिएको ' उहाँले भन्नुभयो । उक्त मन्दिरमा पुजापाठका लागि उनीमात्रै होइन भइपरि आएका बेला अन्य सार्की र परियार जातहरुले समेत चलाउने गरेका छन् ।
मन्दिरमा विवाह व्रतवन्ध लगायतका अन्य शुभकार्यहरु गर्नुपरेमा मन्दिरबाट नै गर्ने गरेको स्थानीय दिलबहादुर परियारले बताउनुभयो । पुजारी महिलालाई उनीहरुले मासिक एक हजार दिने गरेका छन् । दलितहरुले पुजापाठ तथा अन्य विभिन्न सहयोग संकलनबाट अहिले मन्दिरको नाममा दुई लाख ८० हजारभन्दा वढि कोष खडा गरेका छन् ।
No comments:
Post a Comment