Nov 25, 2009

धानमा फुल लाग्यो फल लागेन

पर्वत÷पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । लामो समयको खडेरीका कारण समयमा रोपाई गर्न नपाउँदा धान उत्पादनमा १५ प्रतिशतले कमी आएको हो । गत बर्ष जिल्लाभरीमा २१ हजार चार सय ५० मेटिूक टन धान उत्पादन भएको थियो ।
जिल्ला कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा विउ वुढो रोपिएको फुल खेल्ने वेलामा झरि परेकोले गेडा नलागेकॊ तथा खडेरीका कारण ढिलो रोपाई भएकोले उत्पादनमा कमी आएको हो । मौसमको प्रतिकुलताले यो वर्षमा धान उत्पादन घटेको जिल्ला कृषि बिकास कार्यालय पर्वतका प्रमुख चन्द्रकान्त खनालले बताउनुभयो ।
धान उत्पादनका पकेट क्षेत्रहरु मानिएका पाङ्ग कटुवाचौपारी पाङ्गराङ्ग वाच्छा वर्राचौर देउपुर लगायतका क्षेत्रमा असोजमा वर्षा परेकाले सवै फुलेको थियो ।
मौसमले कृषकहरुलाई साथ नदिएकोले यसवर्ष उत्पादनमा कमी आएको हो । जिल्लाका विभिन्न क्षेत्रमा गरी ९ हजार २१ हेक्टर जमिनमा धान खेती गरिएपनि सवै क्षेत्रमा सिँचाईको असुविधाले गर्दा उत्पादन घटेको छ ।
विगतका वर्षमा धेरै धान भित्र्याउने गरेका कृषकहरु अहिले १ तिहाईमै चित्त वुझाउन वाध्य भएका छन् । पोहोर साल ४० मुरी धान भित्र्याएका ठुलीपोखरी ५ का गुरुप्रसाद लामिछानेले अहिले जम्मा १० मुरीमात्रै भएको वताउनुभयो । सवै धान फुलेको छ उत्पादन ह्वात्तै घट्यो के खाएर वर्ष फाल्ने हो उहाँको गुनासो छ ।
यसपटक जिल्लाका सवै क्षेत्रमा लगाएको धानवालीमा उत्पादनमा कमी आएको कृषकहरुको गुनासो रहेको छ ।

No comments:

Post a Comment