सन्तोष थापा÷ पर्वत, १ मंसिर
पर्वतको थापाठाना ८ की एक स्थानीय ३८ बर्षिय महिलालाई सोही ठाउँका ६८ बर्षिय बृद्धले जर्बजस्ती करणी गरेपछि फरार भएका छन् । विगत ६ महिना अगाडि जवर्जस्ती करणी गरेका स्थानीय जितवहादुर खत्रीले श्रीमती स्वीकार गरेपनि ६ महिनापछि छाडेर फरार भएपछि महिला अलपत्र परेकी छिन् ।
भारतीय सेनामा कार्यरत रहि अवकास रहेका खत्रीले गत २० असोजमा करणी गरेको गाउँले समक्ष स्वीकार गरेका थिए । उनले जवर्जस्ती करणी गरेको पुष्टि भएपछि पिडित र पिडक सहित स्थानीय ठाकुर शर्मा बुद्धबहादुर कार्की यामबहादुर कार्की शिव कार्की फत्त बहादुर नेपाली लगायतको उपस्थितिमा खत्रीले महिलालाई श्रीमतीको रुपमा स्वीकार गरेका थिए । महिलाले समेत सोही रोहबरमा श्रीमान् मानी निजसँग बस्न माजुर भएकी थिइन् ।
सोही रोहबरमा नै गाउँलेहरुले पिडीत महिलाका दुई छोरा र दुई छोरीलाई राहत स्वरुप ५० हजार दिलाउन खत्रीलाई कागजात बनाएका थिए । अहिले खत्री फरार रहेपछि पिडित महिला ६ महिनाको गर्भ लिएर कानुनी सहयोगका लागि सदरमुकाम धाएकी छिन् ।
श्रीमती स्वीकार गरेपछि खत्रीसँग पेन्सन वुझ्न पोखरा गएको र उनी आफुलाई अलपत्र पारेर पोखरावाटै फरार भएको पिडीत महिलाको गुनासो रहेको छ । पोखरा सँगै भएको वेला मलाई अलपत्र छाडेर खत्रीका दुई छोराले उनलाई लगे पिडीत महिलाले भनिन्-'अहिले घर न घाट भएकी छु ' पिडित महिला गाउँबाट विस्थापित बनेकी छिन् । खत्रीको खोजी गरि आवश्यक न्याय दिलाईदिन माग गरेकी छिन् ।
खत्रीले आफुलाई पटक-पटक गर्भ फाल्न भनेर विभिन्न औषधी खुवाउने गरेको महिलाको गुनासो छ । औषधी खुवाएपनि अहिलेसम्म गर्भमा कुनै प्रभाव नदेखिएको उनको भनाई छ । खत्रीको खोजी गरी महिलाको उद्धार गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पठाइएको कानुनी सहायक राजेन्द्रप्रसाद भुषालले बताए । पिडीत महिलाका श्रीमान् भारतमा नोकरी गर्दै आएका छन् ।
No comments:
Post a Comment