÷पर्वत २८ कात्तिक
पर्वतका अधिकांश गाविसका सर्वसाधारणहरु गोबरग्यांस प्रति आकर्षित भएका छन् । सँधैभरी चुलोमा दाउरा बालेर जीविका चलाउँदै आएका सर्वसाधारणहरु स्वास्थ्य प्रति सचेत बन्दै गएपछि आकर्षण बढ्दै गएको हो । गोवरग्याँस प्लाण्टको प्रयोगबाट स्वास्थ्यमा सुधार संगै घर समेत सफा सुग्घर रहने गरेको प्रयोगकर्ताहरुको अनुभव छ ।
बढ्दो वन विनासका कारण वातावरणमा परेको प्रतिकुल प्रभावबाट वातावरण संरक्षण गर्न समेत गोवरग्यँँसले सहयोग फउने भएकोले अहिले अन्तराष्ट्रिय जगतले समेत चासो देखाईरहेको छ । बर्षेनी ग्याँसको महंगी र नपाईने समस्याबाट समेत उपभोक्तालाई राहात मिल्न जाने हुँदा शहरी उपभोक्ताहरुको समेत यस तर्फ चासो बढेर गएको छ ।
पर्वत जिल्लामा केही बर्षयता गोवरग्याँस सहयोग कार्यक्रमको सहयोग साथै जिविसः जिल्ला उर्जा तथा वातावरण शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा बिभिन्न निर्माण कम्पनि मार्फत यस्ता गोवरग्याँस प्लाण्ट निर्माण भईरहेको जिविस जिल्ला उर्जा तथा वातावरण शाखाले जनाएको छ ।
गोबर ग्याँस प्लाण्ट निर्माण गर्नको लागि नेपाल सरकारको अनुदान १२ हजार सात सय दलित जनजातिको लागि प्रोत्साहन स्वरुप दुई हजार पाँचसय र गोवर ग्याँसमा चर्पी जडान गरेबापत जिल्ला उर्जा तथा वातावरण शाखाको तीन हजार ५ सय गरि अनुदानको व्यवस्था भएको हँुदा उपभोक्ताको स्थानीय लागतमा गोवरग्याँस निर्माण गर्न सकिने उर्जा विकास अधिकृत मन्जु सिलाकारले जानकारी दिनुभयो ।
No comments:
Post a Comment