Nov 15, 2009

'पहिरो पिडितलाई उच्च शिक्षा सम्म निशुल्कु

पर्वत कात्तिक २९ - पर्वतको थापाठाना गाविस ५ स्थित पत्यारमा गएको पहिरोले बाबुआमा सहित चार सदस्यको मृत्यु भएपछि टुहुरा भएका दुइ बालिकालाई नेपाली सेनाको नं। २३ वाहिनी अड्डा बागलुङले आर्थिक सहयोग प्रदान गरेको छ ।
भुतपुर्व नेपाली सेनामा कार्यरत दुर्गाबहादुर भण्डारीका जिवित दुइ छोरीहरु विन्दु र रेखा भण्डारीलाई वाहिनी र कार्यरत जवान समेतले सहयोग गरेका हुन् ।
कक्षा १२ सम्म उपत्यका सैनिक विद्यालयको छात्रावासमा बसेर पढ्न पाउनॆ व्यवस्था सहित नगद दुइलाख एक हजार सात सय चालिस रुपैया वाहिनीपति विनोज बस्न्यातले हस्तान्तरण गरेका थिए । ुदुइ बालिकालाई सेनाको काठमाण्डौ स्थित आशाकिरण छात्रावासमा बसेर निशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरिएको छु बस्न्यातले भने 'आपतकालिन राहत वितरण गरिरहेकोले सेनाले भण्डारीले पाउने पेन्सनलाई समेत कान्छी छोरी रेखाको नाममा दिने व्यवस्था मिलाइएको छ '
उक्त घटनामा कक्षा ८ मा पढ्ने विन्दु र कक्षा ६ मा पढ्ने रेखा मात्र बाँच्न सफल भएका थिए । घटनामा भण्डारी सहित श्रीमती एक छोरा र एक छोरीको मृत्यु भएको थियो । भण्डारी नेपाली सेनाका पूर्व हुद्दा समेत रहेकोले सेनाका जवान र अधिकृतहरुले नगद समेत संकलन गरी सहयोग गरेका हुन् । हस्तान्तरण गरिएको रकम पर्वत सदरमुकाम कुश्मामा रहेको नयाँ भैरवी दलका गुल्मपति र नावालक छोरीहरुको संयुक्त नाममा ८ बर्षे मुद्दती खातामा राख्ने समेत सेनाले जनाएको छ । हस्तान्तरण कार्यक्रममा नावालिका विन्दु र रेखाले सहयोगबाट खुसी भएको भन्दै भविष्यमा डाक्टर बन्ने लक्ष राखेको बताएका थिए ।

No comments:

Post a Comment