Nov 12, 2009

दलित छात्रबृत्तिको रकम प्रअले झ्वाम

पर्वत २५ कात्तिक
दलित बिद्यार्थीका लागि आएको दुई वर्षको छात्रवृत्ति रकम बिद्यालयका प्रधान्ााध्यापकले नै दुरुपयोग गरेको खुलासा भएको छ । पर्वतको भोिक्सङ्ग ३ वाघमारामा रहेको शिवालय प्राविमा छात्रबृत्ति रकम प्रअ दिपक मल्लले नै दुरुपयोग गरेको खुलासा भएको हो ।
मल्लले आर्थिक ०६४÷०६५ र ०६५÷६६ का लागि विद्यालयका १६ जना दलित बालबालिकाका लागि आएको छात्रबृत्ति रकम वितरण नै नगरी दुरुपयोग गरेको पुष्टि भएको छ ।
दुबै आर्थिक वर्षमा प्राथमिक तहका १६ जना विद्यार्थीले तीन सय ५० का दरले पाउनुपर्ने रकम विद्यार्थीलाई वितरण नगरि मल्लले आफै खर्चेका हुन् । छात्रबृत्ति रकम अहिलेसम्म कुनै दलित बिद्यार्थीले नपाएपछि अभिभाबकहरु तथा दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन् । अभिभावकहरुले आफ्ना छोराछोरीले पाउनॆ छात्रबृत्तिको विषयमा पटक पटक सोधपुछ गर्दा प्रअ मल्लले आलटाल गर्दै पन्छाउने गरेको अभिभावकहरुको गुनासो छ । 'जहिले जाँदा पनि अल्मलाउने काम मात्रै गर्दै आएका छन' नातिनीहरुले दुई बर्ष देखि छात्रबृत्ति रकम नपाएको गुनासो गर्दै अभिभाबक तिलबहादुर बिकले भने ।
प्रअले रकम हिनामिना गरेको सार्बजनिक भएपछि जिल्लामा कि्रयाशिल दलित अधिकार निगरानी समुह छुवाछुत निगरानी समुह राष्ट्रिय दलित विकास संस्था पर्वत लगायतले गरेको अध्ययनका क्रममा कुनै दलित बिद्यार्थीले छात्रबृत्ति पाउन नसकेको अभिभाबक र शिक्षकहरुले खुलासा गरेका छन् । स्थानीय अभिभाबक र शिक्षकहरुले समेत रकम बितरण भएको जानकारी नपाएको बताएका छन् । 'विद्यालयका अध्यक्षलाई नै छात्रबृत्ति रकम सम्बन्धी कुनै जानकारी छैन' अध्ययन पछि फर्केका दलित अधिकार निगरानी समुहका संयोजक लालबहादुर हरिजनले भने ।
उक्त छात्रबृत्ति रकम सम्बन्धित निकायमा खर्च गराउन प्रयास गरिएको र जिल्ला शिक्षा कार्यालयले समेत स्रोत केन्द्रका प्रतिनिधि मार्फत अध्ययन अनुसन्धान गरेर निचोड निकाल्ने आश्वासन दिएको राष्ट्रिय दलित विकास संस्थाका अध्यक्ष उद्विर नेपालीले बताए ।

No comments:

Post a Comment