Nov 25, 2009

प्रतिस्पर्धी सेवा सँगै वित्तिय संस्थाहरुको ओईरो

केही बर्ष यता पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा वित्तिय संस्थाहरु साचालन हुने क्रम बढ्दै गएको छ । यस्ता संस्थाहरुले प्रतिस्पर्धी सेवा सुविधासँगै सेवाग्राहीहरुको आकर्षण बढाउने तबरबाट जिल्ला भित्रिएका छन् ।
पर्वतमा वैंक बिकास वैंक तथा सहकारी संस्थाहरु धमाधम खुलेका छन् । अहिले पर्वतमा चार निजी क्षेत्रका विकास बैंक तीन सरकारी बैंक र एक दर्जनभन्दा वढि सहकारी संस्थाहरु साचालनमा आएका छन् । निजी क्षेत्रका बैंकमा गत वर्षमात्रै गण्डकी विकास बैंक काष्ठमाण्डप विकास वैंक र एभरेष्ट बैंक गरी तीन शाखा स्थापना भएका थिए भने भर्खरै मात्र विश्व विकास बैंकको छैटोै शाखाको रुपमा साचालनमा आएको छ ।
पछिल्लो समयमा खुलेको विश्व विकास बैंकले भने सेवा संचालनसँगै जिल्लामा नै पहिलोपटक एटीएम सेवा संचालन गर्ने जानकारी दिएको छ । पछिल्लो समयसम्म एभरेष्ट बैंकले एटिएम कार्ड वितरण गरेपनि सेवा साचालनमा भने ल्याउन सकेका थिएनन् ।
जिल्लाको व्यापारीक विकासका लागि बैंकहरुको स्थापनाले टेवा पुगेको छ । सरकारी बैंकको रुपमा रहेका बैंकहरुवाट छिटोछरितो सेवा प्रदान गर्न नसकिरहको अवस्थामा धमाधम निजि क्षेत्रका बैंकहरुले शाखा स्थापना गरेपछि सर्वसाधारणहरुले सर्वसुलभ रुपमा सेवा पाएका छन् । तर यस्ता बैंकहरुले ग्रामिणबासीहरुलाई भने सर्वसुलभ सेवा उपलब्ध गराउन सकेका छैनन् ।
बैंकहरु ग्रामिण भेगमा पुग्न नसकेपछि सर्वसाधारणहरु ठूलो समय र रकम खर्च गरेर बैंकिङ्ग सेवाका लागि सदरमुकाम झर्नुपर्ने अवस्था छ । एभरेष्ट बैंकले छिमेकी जिल्ला बाग्लुङ्गमा घरदैलो बैङ्किङ्ग सेवा साचालन गरेपनि पर्वतमा भने उक्त सेवा साचालनमा ल्याउन सकेको छैन । प्रथम चरणमा बाग्लुङ भक्तपुर र नेपालगाजबाट सेवा साचालन भएकोपनि पर्वत शाखा उक्त चरणमा पर्न नसकेको पर्वत शाखा प्रमुख अर्जुन पौडेलले बताए ुघरदैलो बैंङ्किङ्ग सेवा साचालन त गर्छौ तर निश्चित समय छैनु उनले भने ।
पछिल्लो समयमा गाउँगाउँमा पनि सहकारी वित्तीय संस्थाहरु खुल्न क्रम वढेको छ । बैकहरु जतिसुकै खुलेपनि उचित व्याज दिन नसकेको सर्वसाधारणहरुको गुनासो रहेको छ । सदरमुकामका स्थापना भएका बैंकहरुले अन्य सेवाहरु लागु गरेपनि अहिलेसम्म एटीएम सेवा दिन सकेका छैनन्

No comments:

Post a Comment