Nov 12, 2009

कैदीले लेखे पिडित जाहेरवालालाई 'प्रतिज्ञापत्र'

'हरेकले मुद्धा लगाएर जेल पठाउनेलाई श्राप गर्छन्, बदलाको भावना राख्दछन्, सत्रु ठान्दछन् तर तपाई त मेरो जीवनकै अमुल्य पाठशाला हुनुहुन्छ ।' यो वाक्यांश न कुनै चलचित्रको सम्वाद हो नत कुनै उपन्यासको अंशनै । यो वाक्याशं पर्वत कारागारमा रहेर जेल जीवन विताइरहेका एउटा कैदीले पिडित जाहेरवालालाई लेखिएको पत्रको अंश हो ।
जबर्जस्ती करणीको अभियोगमा जेल सजाय भुक्तान गर्दै आएका ति कैदीले कारागारबाटै पिडितलाई प्रतिज्ञापत्रमा यस्तो लेखेका हुन् । पर्वत जिल्ला कारागारमा रहेका भिमबहादुर परियारले आफुले गरेको कार्यप्रति आत्मालोचना गर्दै पिडित महिला लाई यस्तो प्रतिज्ञापत्र लेखेका छन् ।
पत्रमा उनले जेल हालेकोमा पिडित महिलालाई धन्यवाद मात्र होइन प्रशंसा समेत गरेका छन् । आफुले कारागारबाट नयाँ जीवन पाएको बताउँदै सो को प्रतिफल दण्ड र चेतावनी भएको जनाएका छन् । 'मैले नयाँ जीवन पाउनु तपाईकै दण्ड र चेतावनीको आत्मिक प्रतिफल हो जसले मलाई शहनशिल नम्र र पवित्र बनायो ।'
उनले पत्रमा कारागार नै आफ्नो विश्वविद्यालय सरह पवित्र पाठशाला भएको खुलाएका छन् । यसो त परियारले विगत एक वर्षदेखि आफुले रासनपानीका लागि कारागारबाट पाउने रकमबाट प्रतिमहिना एक सय रुपैंया छुट्टाएर शिक्षाबाट बिाचत बनेकी शिवालय गाविस ३ गोदामकी एक बालिकालाई सहयोग गर्दै आएका छन् । उनले सदरमुकामको नारायण उच्च माविमा अध्ययनरत रिता नेपालीलाई शिक्षामा सहयोग गर्दै आएका हुन् ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा स्थानीय संस्था सिड नेपाल र सिडिआरएफ नेपालले कारागारमा नै विभिन्न तालिम र कार्यक्रमहरु साचालन गरेपछि आफुमा सकरात्मक परिवर्तन आएको उनको दाबी छ । यही कारण उनले ती संस्थाहरुलाई समेत धन्यवादका पात्रका रुपमा लिने गरेका छन् । परियारलाई संस्थाहरुले समेत प्राथमिकताका रुपमा सकरात्मक परिवर्तनको बहाक भनेर विभिन्न प्रचारवाजी गर्दै आइरहेका छन् ।
पतिज्ञापत्रप्रति जिज्ञासा उठाउदा उनले आफुले अन्तरमनको प्रगति समिक्षा गर्ने जमर्को गरेको बताए । 'प्रत्यक्ष भेट्न नसकेपनि पत्रमार्फत धन्यवाद जाहेर गर्ने प्रयास गरेको हुँ' उनले बताए ।

No comments:

Post a Comment