Nov 25, 2009

बंगुरपालनका कारण गुप्तेश्वर गुफा दुर्गन्धित


नजिकै रहको वस्तीमा गरिएको बंगुरपालनका कारण पर्वत जिल्लाको सदरमुकाम कुश्मावजार नजिकै रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफा संकटमा पर्न थालेको छ । दुर्गन्ध फैलीन थालेपछि दैनिक सयौको संख्यामा दर्शनका लागि आउने दर्शनार्थीहरुलाई समस्या उत्पन्न भएको छ ।
धार्मिक स्थललाई सफा र स्वच्छ राख्नुपर्छ भन्ने अज्ञानताका कारण जथाभाबी रुपमा बंगुरका खोर राखिएकाले दुर्गन्धित वन्दै गएको हो । प्रबेशद्वारमा बंगुरको दिशा बगेर आउने नाली भएकोले दुर्गन्धका कारण गुफाका दर्शनार्थीहरु नाक मुख थुनेर भित्र जानुपर्ने वाध्यता रहेको छ ।
गुफाका दुई प्रबेशद्वार मध्ये जिल्ला प्रहरी कार्यालयनेरवाट पस्ने प्रबेशद्वारमा बंगुरका एक दर्जन खोर वनाएर वंगुर पाल्दै आएका छन् । विगत एक दशक देखि बंगुरपाल्दै आएपनि हटाउन गरेको आग्रहलाई वेवास्ता गरेको जनाइएको छ । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय बिकास संस्थाका सदस्य महेन्द्र जोशीका अनुसार बंगुरपालनलाई हटाउन तथा ब्यबस्थित बनाउन बंगुरपालक कृषकहरु असहमत भएकाले समस्या भएको हो । खोरहरु हटाउन पटक पटक आग्रह गर्दा पनि ब्याबसायीहरुले नमानेको जोशीको गुनासो छ ।
बंगुरपालेको स्थान देखि पाँचसय मिटर तल गुफाको प्रबेशद्वार भएकोले फोहोर वगेर गुफानजिकै पुग्ने भएकोले दुर्गन्ध वढ्दै गएको छ । बंगुरको दिसालाई सेफ्टी टयाङ्की बनाएर जम्मा गर्ने हो भने पनि दुर्गन्ध कम हुने सरोकारवालाहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालयले केही दिन पहिले ब्याबसायीलाई केही समय पहिला ब्यबस्थित गर्न वा हटाउन निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सबैतिरबाट गुनासो आएकाले ब्यबस्थित गर्न आग्रह गरिएको बताउनुभयो ।
आफ्नो पेशा नै धरासायि हुने हुनाले वंगुर पालन पेशावाट विस्थापीत वन्न नसकिने स्थानीय लक्ष्मण जिसीले वताउनुभएको छ ।

No comments:

Post a Comment