जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भनेझैं यो उखान टुक्का एक सय १२ प्रजातिका सुनगाभामा लागु भएको छ । विश्वमा नै दुर्लुभ मानिएको सुनगाभा फुल प्रभावित क्षेत्रबासीहरुमा ज्ञानको अभावले भैसीको घाँस बन्न पुगेको छ । संरक्षण गर्ने जिम्मा लिएका सर्वसाधारणहरु नै अाजान रहेपछि पर्वत कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पाचासेको लेकमा रहेका सुनगाभा उपयोगविहिन बनेर नासिँदै गएका छन् ।
पर्यटकीय क्षेत्रलाई कार्यक्षेत्र बनाएर विगतदेखि नै काम गर्दै आएका विभिन्न संघ संस्थाहरुले तिनै सुनगाभाको पहिचानका लागि हजारौं खर्चेर गोष्ठी र सेमिनार त गर्छन् तर संरक्षण गर्ने जिम्मा पाएका वरपरका बासिन्दालाई चिनाउन नसकेपछि बहुमुल्य बनस्पतिहरुको संरक्षण हुन नसकेको हो । ुसदरमुकाम र शहरमा गोष्ठी र सेमिनार गरेर बनस्पतिको गुणगान गाएपनि हामीलाई जानकारी नभएपछि के गर्ने ु स्थानीयबासी कृष्णबहादुर गुरुङले भन्नुभयो ुभैंसीलाई सुनगाभा खुवाउदा मज्जाले दुध दिन्छ हामी भैंसीलाई हाल्छौंु कुन बनस्पति के कामका लागि प्रयोग हुने भन्ने थाहा नभएपछि आफुहरुले संरक्षण गर्न नसककेको अन्य स्थानीयबासीहरुको समेत गुनासो छ ।
त्यसमा पनि स्थानीय उपभोक्ताहरुले पर्यकटीय क्षेत्रमा नै छाडा रुपमा पशुपालन गर्ने गरेपछि बनस्पतिहरु झनै नािसंदै गएका हुन् । उक्त कार्यलाई रोक्न पछिल्लो समयमा कास्कीका भदौरे तमादी पर्वतका आर्थर चित्रे राम्जा देउराली र स्याङजाका भाज्याङ र बाङसिङ गाविसमा अवस्थित सर्वसाधारणहरुलाई बनस्पतिको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमहरु साचालन गरिदै आएको माछापुच्छ्रे सामुदायिक विकास संस्थाका कार्यक्रम संयोजक रामशरण सेढाईले बताउनुभयो । ुपर्यटकीय क्षेत्रमा रहेका अन्य सम्पदाहरुको संरक्षणमा समेत सहयोग पुग्ने गरी प्रभावित गाविसबासीहरुलाई त्यसको पहिचानका कार्यक्रम साचालन गरेका छौंु उहाँले भन्नुभयो ।
सुनगाभा विभिन्न सुगन्धित तेल र औषधीको रुपमा समेत प्रयोग हुन्छ भने अकेर्ा तर्फ सुन्दर फुलका रुपमा समेत परिचित छ । सुनगाभा संगै अहिले पाचासेमा रहेका पुरानो ताल पुरिएर भैसी बस्ने आहालको आकारमा पुगेपछि तालसंरक्षणका लागि समेत स्थानीयबासीहरुलाई जागरुक बनाइएको सेढाईको भनाई छ । तालको अस्तित्व संगै पाचासे क्षेत्रको पर्याबरण पर्यटन र स्थानियबासीको जनजीवनमा समेत संकट आउने तर्फ चिन्ता बढ्दै गएपछि उक्त कार्यको थालनी गरेको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment