पर्वत २६ कात्तिक
फरक क्षमता भएका अपाङ्गताहरुलाई समाजले हेर्ने नकरात्मक दृष्टिकोणमा परिवर्तन ल्याई सर्वसाधारणलाई सचेत गराउन ुअधुरो यात्रा’ नामक सडक नाटक प्रदर्शन गरिएको छ ।
इन्प्रेड नेपालको सहयोगमा समाजसुधार सेवा माच कुश्माले उक्त नाटक प्रदर्शन गरेको हो । पर्वतका फलामखानी लुंखु र पाखापानी गरी तीन गाविसमा उक्त नाटक प्रदर्शन भइसकेको छ ।
नाटकमा अपाङगता सम्बन्धी चेतना तथा अपाङ्गहरुलाई अवसर दिएमा जस्तो काम पनि गर्न सक्ने पक्षलाई समेटिएको छ । टंकनाथ लामिछानेको लेखन तथा निर्देशनमा तयार पारिएको उक्त कथाबस्तुले माया ममता र शिक्षा दिक्षा समान रुपमा दिन सकेमा अपाङगता भएका व्यक्तिहरुले पनि राम्रो काम गरेर देखाउन सक्छन् भन्ने मुल सन्देश दिन खोजेको छ ।
नाटकमा रमेश श्रेष्ठ थमनारायण पौडेल टंकनाथ लामिछाने सुकमाया राई दिपेन्द्र पाठक गरी पाँच कलाकारले अभिनय गरेका थिए । सोही नाटक सदरमुकाम संगै २५ कात्तिकमा माझफांट र २६ गते धाइरिङ गाविसमा प्रदर्शन गिरंदै छ ।
No comments:
Post a Comment