Nov 14, 2009

पर्वत एमाले अधिवेशनको तयारीमा

सन्तोष थापा/पर्वत २८ कात्तिक
नेकपा एमाले पर्वत सातौं जिल्ला अधिबेशनको तयारीमा जुटेको छ । एमाले पर्वतले पौष २५ २६ र २७ मा कुश्माबजारमा अधिबेशन साचालन गरी जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गर्ने भएको छ । अधिबेशनका लागि आवश्यक समिति र उपसमितिहरु तय गरी कार्यभार सुम्पिएको एमाले पर्वतका प्रचार विभाग प्रमुख उदय सुवेदीले जानकारी दिनुभएको छ ।
जस अन्तर्गत जिल्ला कमिटिका सवै सदस्यहरु जिल्लाबाट प्रतिनिधित्व गर्ने जनंगठनका केन्द्रीय सदस्यहरु र जनसंगठनका जिल्ला प्रमुखहरु सदस्य रहने गरी जिल्ला कमिटि सचिव विकास लम्सालको संयोजकत्वमा ३९ सदस्यीय मुल व्यवस्थापन समिति गठन भएको छ । यसका साथै अधिबेशन सम्पन्न गर्नका लागि विभिन्न एकदर्जन उपसमितिहरु समेत गठन भएका छन् ।
एमाले पर्वतले क्षेत्रीय अधिवेशनका लागि समेत स्थान र मिति तय गरेको छ । जसमा क्षेत्र नम्बर १ को आगामी मंसिर १९ र २० गते डिमुवामा र क्षेत्र नं। २ को मंसिर २६ र २७ गते रानीपानीमा साचालन गर्ने भएको छ । हालसम्म ३२ गाउँ अधिबेशन सम्पन्न भएका छन् र बाँकी गाविसहरुमा अधिबेशन सम्पन्न गर्न ताकेता गरिएको पार्टी सचिव विकास लम्सालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment