Jun 22, 2010

राष्ट्रपति रनिङ्ग शिल्ड भवानी बिद्यापीठलाई

पर्वत, ८ असार
जिल्ला खेलकुद बिकास समिति पर्वतले गत शुक्रबारदेखि आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड भवानी बिद्यापिठ उच्चमाबि खानीगाउँले हात पारेको छ ।
भवानी बिद्यापिठ उच्चमाबिले ५ स्वर्णपदक सहित २८ अंक हासिल गर्दै रनिङ्गशिल्ड हात पारेको हो । त्यस्तै त्रिभुवन उच्चमाबि शंकरपोखरी द्धितिय र नमुना आवासिय माबिले तृतिय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा जिल्लाका ४७ विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा एथलेटिक्स तर्फका बिभिन्न प्रतियोगिता र छात्र तथा छात्रा भलिबलमा प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा सम्प्ान्न भएको पुरुष तर्फको भलिबल प्रतियोगितामा नबजागृत उच्चमाबि तिलहारले उपाधि हात पारेको छ । प्रतियोगितामा सुर्य माबि होस्राङ्गदीले दोस्रो र भवानी बिद्यापिठ उच्चमाबिले तेस्रो स्थान हासिल गरेका थिए । छात्रा तर्फको भलिबल प्रतियोगिता भने महेन्द्रशिखरी उच्चमाबि प्रथम नेपालतारा उच्चमाबि दोस्रो र नमुना आवासिय माबि तेस्रो भएका थिए ।

No comments:

Post a Comment