नेकपा एमाले पर्वतका नेता तथा पुर्ब अाचल कमिटी सदस्य गणेश शर्मा पौडेललाई पुत्र शोक परेको छ ।
उहाँका जेष्ठ सुपुत्र भिष्म पौडेलको हिजो जापानमा निधन भएको हो । ब्रेन ट्युमरको अप्रेशनका क्रममा उहाँको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । जापानमा बस्दै आएका पौडेलले जापानीज युबती संग बिबाह गर्नुभएको थियो ।
मृतक पौडेल नेकपाएमाले पर्वतको संगठित सदस्य समेत हुनुहुन्थ्यो । उहाँको निधनमा अनेरास्वबियुका पश्चिमााचल प्रमुख पदमपाणी शर्माले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै दुख प्रकट गर्नुभएको छ । बिज्ञप्तीमा पर्वतको कम्युनिष्ट आन्दोलनका संस्थापक गणेश शर्मा पौडेल र उहाँको परिवारमा पर्न गएको दुख प्रति समबेदना प्रकट गरिएको छ ।
No comments:
Post a Comment