पर्वत १८ जेठ
विश्वमा भैरहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि पर्वतका युवाहरु लागिपरेका छन् । युवाहरु अभियान नै साचालन गरेर जिल्लाको गाउँ गाउँमा सचेतना जगाउँदै हिडेका छन् ।
वढ्दो जनसख्या र मानविय कि्रयाकलापका कारणवाट जलवायु परिवर्तन भैरहकेा बेला जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको संजालले विभ्ािन्न अभिायन संचालन गर्ने भएको हो । विश्व वातावरण दिवसको अवसर पारेर संजालले वृक्षारोपण जलवायु परिवर्तन सम्वन्धी सडक नाटक अन्तरकि्रया र सेचतना र् याली सदरमुकाम कुश्मावजारमा संचालन गर्ने भएको छ । जलवायु परिवर्तनका लागि युवाहरुको संजाल काठमाण्डौको सहयोगमा जिल्ला संजाल पर्वतले अभियान संचालन गर्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
जिल्ला स्थित उर्जा तथा वातावरणीय शाखा एकता युवा क्लव र एनवाईसिए को संयुक्त पहलमा जलवायु परिवर्तन न्युनिकरणका लागि सचेतना कार्यक्रमहरु संचालन गर्ने संयोजक परशुराम सुवेदीले वताउनुभयो । विश्वमै भैरहेको जलवायु परिवर्तनलाई नेपालले खासै असर नगर्ने भएपनि न्युनिकरण गर्ने उपायहरु अवलम्वन गर्नतर्फ नागरीकहरुलाई उन्मुख गराउन सवैको चासो पुगोस् भनेर यो कार्यक्रम गर्न लागिएको सुवेदीले वताउनुभयो ।
No comments:
Post a Comment