Jun 3, 2010

अवकास प्राप्त शिक्षकलाई बाजागाजा सहित विदाई


पर्वत, १९ जेठ
पर्वतको खानीगाउँ गाविसमा अवस्थित भवानी विद्यापिठ उच्च माविका प्रधानध्यापक चेतनाथ कुंवरले ३७ बर्ष लामो शिक्षणपेशा पछि अनिवार्य अवकास प्राप्त गर्नु भएको छ । अवकास प्राप्त शिक्षक कुंवरलाई बुधबार अभिभावक विद्यार्थी र भुतपुर्व विद्यार्थीहरुले बाजागाजा सहित भव्यताका साथ विदाई गरेका छन् ।
पर्वतको मुडिकुवा ५ घर भएका शिक्षक कुंवरले सोही विद्यालयमा मावि तह अध्ययन गरेर २०३० सालदेखि शिक्षण पेशा सम्हाल्नुभएको थियो । २०५४ सालदेखि प्रधानध्यापकको भूमिका निभाउँदै आउनुभएका कुंवरले उमेरको हद नाघेपछि अवकास प्राप्त गनुृ्रभएको हो । नेपाल सरकार शिक्षा विभागको ६० बर्ष उमेर पुगेपछि शिक्षकले अनिवार्य रुपमा अवकास लिनुपर्ने प्रावधान रहेको छ ।
विद्यालयले बुधबार आयोजना गरेको विदाई समारोहमा बोल्ने अभिभावक भुतपुर्व विद्यार्थी विद्यार्थी बुद्धिजीवी स्थानीय राजनीतिक दलका प्रतिनिधि शिक्षक लगायतका बक्ताहरुले शिक्षक कुंवरले विद्यालय साचालनमा पुर् याएको योगदानको उच्च कदर गर्दै भावी दिनमा पनि सदैव सहयोग र सद्भावको आवश्यकता रहेको बताएका थिए ।
समारोहमा विद्यालयका भुतपुर्व विद्यार्थी समेत रहनुभएका नेकपा एमाले पर्वतका अध्यक्ष एवं अल्मुनाई एशोसिएन पर्वतका अध्यक्ष विकास लम्सालले शिक्षक कुंवरले विद्यालयमा पुर् याएको योगदानको प्रशंसा गर्दै विद्यालय व्यवस्थापनका लागि शिक्षक कुंवरको निरन्तर सहयोगको खाँचो रहेको बताउनुभएको थियो ।
समारोहमा परिवारको तर्फबाट विमला भण्डारी कुंवरले आभार प्रकट गर्नुभएको थियो भने अन्य नेपाली कांग्रेसका प्रतिनिधि हिरामणी शर्मा नेकपा एमालेका गाउँ प्रतिनिधि चन्द्रबहादुर नेपाली अभिभावक नारायण प्र्रसाद लामिछाने विद्यालय व्यवस्थापन समितिका भुतपुर्व अध्यक्ष विष्णु शर्मा लम्साल नागरिक समाज संयोजन समितिका विष्णुशर्मा लम्साल विद्यालयका शिक्षक कृष्ण पौडेल भुपु विद्यार्थी तुलसीराम तिवारी भवानी विद्यापिठ उच्च माविका खानीगाउँका श्रोत व्यक्ति पदमपाणी भूषाल विद्यार्थी पारस सापकोटा माजु शर्मा सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका निमित्त प्रधानध्यापक पदमपाणी शर्मा गौडेलको अध्यक्षतामा सम्पन्न समारोहको साचालन शिषक कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो भने शिक्षक नयाँनाथ सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
समारोह बीच निर्वतमान हुनुभएका प्रधानाध्यापक कुंवरले निमित्त प्रधानाध्यापक पदमपाणी शर्मा गौडेललाई प्रधानाध्यापकको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।

No comments:

Post a Comment