Jun 22, 2010

कालीगण्डकीमा स्टिमर संचालन भएपछि गाउँलेको बाटो छोटियो

कालीगण्डकी ुएु जलबिद्युत आयोजना निर्माणको क्रममा बनेको जलासयमा इन्जिन युक्त स्टिमर साचालनमा आएपछि दक्षिण पर्वतका गाउँलेको बाटो छोटिएको छ ।
कालीगण्डकी ुएु जलबिद्युत आयोजनाको बाँध रहेको मिर्मी देखि पर्वतको सेतीबेणीबजार सम्म सात किलोमिटर लामो जलासयमा २०५८ साल देखि स्टिमर साचालनमा आएको छ । अहिले बिभिन्न आकारका आठ वटा स्टिमर साचालनमा रहेका छन । स्टिमर संचालनमा आएपछि सामान ढुवानीमा समेत सहज भएको छ ।
जलासयमा मोटर र जीपको इन्जिन भएका ८ वटा स्टिमर साचालनमा आएका छन । जीपको इन्जिन जडान गरिएका स्टिमरे ४६ र टर्बो तथा आइचर गाडीको इन्जिन प्रयोग भएका स्टिरमले १ सय ८० जना सम्म यात्रु बोक्छन । यसले गर्दा स्याङ्गजाको कृष्णगण्डकी पिडीखोला पर्वतको शालिग्राम रानीपानी वहाकी र गुल्मीको अर्बेनी तथा हर्मीचौर लगायतका एक दर्जन गाबिसबासी प्रत्यक्ष लाभान्बित भएका छन भने धार्मिक तथा पर्यटकीय स्थल सेतीबेणीमा आउने र्दशनार्थी र पर्यटकका लागि पनि सुबिधा पुगेको शालिग्रामका मोती थापाले बताउनुभयो । स्टिमरमा यात्रुहरुका लागि बिमा समेत गरिएको छ ।
पहिले खच्चड र भरियाबाट बोकाउँदा प्रति किलो चार रुपैया तिर्दै आएका गाउँलेले ५० पैसा तिरे पुग्छ भने गाडीबाट ढुवानी गर्न भन्दा पनि धेरै सहज भएको छ । ुढुवानीका लागि सबैभन्दा सस्तो माध्यम स्टिमर भएको छ ।ु ब्याबसायी महेश पराजुलीले भन्नुभयो । मिर्मीको स्टिमर साचालन हुने ठाउँ र अन्तिम बिन्दु सेतीबेणीमा सामान भर्ने तथा झार्ने क्रममा केही झण्झटीलो हुने भनाई उहाँको छ ।
सेतीबेणी देखि मिर्मी सम्म मोटरबाटो निर्माणको काम भैरहेको छ । मुलुककै उत्तर दक्षिण जोड्ने कालीगण्डकी राजमार्गको ट्रयाक खोल्ने काम सडक बिभागले गरिरहेको छ । करिब ६ किलोमिटर लामो ट्रयाक यस बर्ष पुरा गर्ने लक्ष्य रहेको डिभजन सडक कार्यालय पोखराका इन्जिनियर नारायण भण्डारीले बताउनुभयो । यो सडक पक्की भएपछि मात्र स्टिमरको साचालनमा कमि आउने स्थानियबासीको भनाई छ ।

No comments:

Post a Comment